Wednesday, September 2, 2015

हिन्दू राज्यको अभियान रोक्नुको कारण खुमबहादुरले सकडमै गरे खुलासा (भिडियो सहित)


काठमाडां, १६ भदौ । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको नेतृत्वमा हिन्दू गणराज्य स्थापनाको माग गर्दै विगत देखि विभिन्न कार्यक्रम हुँदै आएका छन् । संविधानसभा भवनस्थित नयाँ बानेश्वरमा मंगलबार गरेको भएको कार्यक्रम प्रहरीले पानीको फोहोरा प्रहार गरी कार्यकर्तालाई तितरवितर पारेको भोलिपल्ट बुधबार भने खुमबहादुर नेतृत्वका कार्यकर्ताले औषत रुपमा शान्तिपूर्ण प्रदर्शन गरे । वृद्धवृद्धा तथा जोगी, सन्यासी सहितको प्रदर्शन चलिरहेका बेला खुमबहादुरले हिन्दू गणराज्य स्थापनाको माग गर्दै भइरहेको अभियान तत्कालका लागि स्थगित भएको घोषणा गरे । उनले नयाँ संविधानको अव आउने मस्यौदा सम्मका लागि सबै कार्यक्रम स्थगित गरिएको बताए । पार्टीको केन्द्रीय समितिमा हिन्दू राज्य बनाउने बारेमा आवाज उठेको र अब मस्यौदाको संसोधन कस्तो आउँछ त्यसपछि कार्यक्रम तय गर्ने उनको भनाइ छ । नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले ’धर्म निरपेक्षता’ हटाउन संविधानको विधेयकमाथि संसोधन हाल्ने निर्णय गरेको उनले जानकारी दिए । उनले यस्तो घोषणा गरे प्रदर्शनस्थलबाट हिँडेपनि हिन्दूवादीहरुको प्रदर्शन भने अपरान्ह ४ बजेसम्म चलेको थियो । बेला बेला सवारी साधान अवरोध गर्न पुगेका हिन्दूवादी कार्यकर्ताले प्रहरीले रोकेको थियो । -मिडिया एन पी बाट

0 comments:

Post a Comment