Showing posts with label health. Show all posts
Showing posts with label health. Show all posts

Sunday, July 3, 2016

गर्भवतीको जाँच मोबाइलबाट

इलाम, १९ असार । गर्भवतीले कुन कुन समयमा गर्भको परीक्षण गराउने, खोप लगाउने भन्ने लगायत सम्पूर्ण विषयमा अब उनीहरूले मोबाइलबाटै जानकारी पाउने भएका छन् । 

मोबाइलबाट जानकारी पाउने मात्र होइन गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाइने भएको छ । जिल्लामा पहिलो पटक गर्भवतीका लागि घर घरमै मोबाइल सेवा पु¥याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा करुणा फाउन्डेसन नेपालले यहाँका गाविसमा गर्भवतीका लागि सो सेवा सञ्चालन गरेको हो । शिशु र आमा दुवैको स्वास्थ्य राम्रो होस्, अपाङ्गता हुन नपाओस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयम्सेविकाबाट गर्भवतीको गर्भ दर्ता गर्न थालिएको हो । रास

Saturday, July 2, 2016

गर्भमै मृत बच्चा बोकेर बित्यो २१ दिन !

१९ असार, काठमाडौं ।  बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा भर नजिकै जंगलमा दाउरा बोक्न गइन् ।
पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् ।


परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी राजधानी दैनिकमा समाचार छ ।आर्थिक अवस्था दयनीय भएका कारण जिल्ला अस्पतालसम्म पुर्‍याएर सुत्केरी गराउने क्षमता उनका श्रीमान् पासवान नेपालीसँग भएन । त्यसपछि दुईै दिन मिठु घरमै व्यथा सहेर बस्न बाध्य भइन् ।
पुर्‍याइयो । स्वास्थ्यकर्मीले सुत्केरी व्यथा लागेको तर लडेका कारण बच्चालाई असर परेको हुन सक्ने बताए । अाजको
बेथाले च्याप्दै लगेपछि एक सातापछि मिठुलाई गाविस नजिकै सञ्चालित स्वास्थ्य शिबिरमा लगियो । त्यहाँ किचकित्सकले अल्ट्रासाउन्ड गरेपछि बच्चा पेटमै मरेको थाहा भयो । डाक्टरहरुले बच्च मििरसकेको र आमो समते ज्यान जोखिममा रेको औंल्याउँदै तत्काल उपचारका लागि सदरमुकाम मार्तडी लैजान सुझाव दिए । उनले जसोतसो ऋण गरेर २० हजार जम्मा गरे र जिल्ला अस्पताल लगे । त्यहाँ  स्त्रीरोग विशेषज्ञ डा. राजन न्यौपानेले शल्यक्रिया गरेर बच्चा निकाले ।
जब बच्च निकालियो, तब पासवानले आँखै अगाडि देखे मरेको बच्चा । मिठुको पेटमा नै महिनासम्म सकुशल हुर्किएको छोरीको २१ दिन अघि नै पेटमै मृत्यु भइसकेको रहेछ । लड्नासाथ तत्काल उपचार गर्न सकिएको भए बच्च बाँच्न सक्ने डाक्टरहरुले बताए ।

तपार्इंको नङ कति फोहोर ?

रोगबाट बच्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेकै राम्रोसँग हात धुनु हो भनिन्छ । डाक्टर होउन् वा घरका अभिभावक सबैले तपार्इंलाई पनि हात सफा राख्ने सल्लाह दिने गरेको याद आउँछ होला ।

खाना खानुअघि तथा दिसापिसाब गएर आइसकेपछि साबुनपानीले राम्रोसँग हात धोएमा झाडापखाला, आउँ लगायतका धेरै रोगबाट बच्न सकिन्छ । हातमा धेरै किटाण हुने भएकाले हात सफा नराख्दा ती किटाणुहरु खाना खाने बेलामा मुखहुँदै सरीर भित्र प्रवेश गर्दछन् ।
विभिन्न रोगबाट बच्नका लागि हात धुनैपर्ने हुन्छ । तर एउटा कुरा के सत्य हो भने जति धेरै धोएपनि हातबाट पूर्ण रुपमा ब्याक्टेरियाहरु निर्मूल भने हुँदैनन् ।
आजभन्दा करीब सय वर्ष पहिले डाक्टरहरुले पत्ता लगाएका थिए की पटक पटक हात धुँदा पनि हातबाट किटाणुहरु पूर्ण रुपमा निर्मुल हुँदैनन् भन्ने कुरा । तर यसको कारण पत्ता लाग्नमा भने ७५ वर्ष गुज्रियो ।
सन् १९७० को दशकमा छन् । वैज्ञानिकहरुले यसको कारण पत्ता लगाए । उनीहरुका अनुसार सबैभन्दा धेरै किटाणुहरु औँलाको नङमा रहन्छन् । त्यसैले यदि तपाइँले आफ्ना औँलाको नङहरु राम्रोसँग सफा राख्नेहो भने किटाणुहरु कम फैलिन्छन् । अनुसन्धानबाट के पत्ता लागेको छ भने औँलाका नङको भित्र जुन ठाउँ हुन्छ त्यो वास्तवमा किटाणुहरुको चिडियाखाना नै हो ।
बाहिर जति हात सफा गर्दापनि नङभित्रको यो ठाउँको फोहोर सफा हुन पाउँदैन, त्यसलाई कोट्याएरै फ्याँक्नुपर्ने हुन्छ । त्यहाँ साबुन पनि छिर्न सक्दैन । अझ हात धुँदा यो ठाउँको पानी लामो समयसम्म नसुक्ने भएकाले त्यहाँ जिवाणुहरु हुर्किने राम्रो वातावरण रहन्छ ।
सन् १९८८ मा अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयमा एक अनुसन्धान भयो । जसमा स्वयंसेवी तथा सबै कर्मचारीहरुको हातको नमूना लिइयो । नमूना परीक्षणका क्रममा पाइयो की नङभित्रको जुन ठाउँ हुन्छ त्यो हातका अन्य ठाउँभन्दा बढि फोहोर तथा ब्याक्टेरियायुक्त हन्छ । उक्त ठाउँमा लाखौँ ब्याक्टेरिया पाइन्छन् । जबकी एउटा हातको अन्य ठाउँमा हजारौँसम्म ब्याक्टेरियाहरु पाइन सक्छन् ।
इसमा हामीले पाल्ने लामा नङ तथा नक्कली नङले पनि भूमिका खेल्दछन् । अमेरिकामा गरिएको एक अध्ययन अनुसार नक्कली नङ लगाउने मानिसहरुमा सामान्य नङ मात्र भएका मानिसहरुमा भन्दा धेरै ब्याक्टेरिया पाइने गरेका छन् । शोधकर्ताहरुका अनुसार पालिस लगाएका नङहरुमा नलगाएकाहरुमा भन्दा कम ब्याक्टेरिया पाइने गरेको छ ।
यी सबै उदाहरणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने नङलाई छोटो तथा सफा राख्नु निकै आवश्यक हुन्छ । जसका कारण नङभित्र धेरै किटाणु रहन पाउँदैनन् । त्यस्तै नियमित रुपमा नङ पालिस लगाउने र छिटो छिटो नङपालिस सफा गरेर नयाँ लगाउने नङको भित्र पनि किटाणु कम हुन्छन् ।
हरेक वष विश्वमा झण्डै ३० लाख मानिसहरु झाडापखालाका कारण मर्ने गर्दछन् । यदि हात राम्रोसँग सफा राख्ने हो भने यी मध्ये १० लाखको ज्यान जोगाउन सकिने विज्ञहरु बताउँछन् । यदि  नङलाई सफा तथा छोटो राख्नेहो भने अझै धेरैलाई बचाउन सकिन्छ ।
यी सबै कुरा सुनिसकेपछि अब नङ पाल्ने रहर त हरायो होला हैन ?

ब्रेन ट्युमरको उपचारमा अहिलेसम्मकै ठूलो उपलब्धी

वैज्ञानिकहरुले ब्रेन ट्युमरको उपचारमा अहिले सम्मकै ठूलो उपलब्धी हासिल गरेका छन् । ब्रेन ट्युमरको उपचारमा प्रयोग गर्ने औषधिलाई रक्त अवरोध हटाएर मष्तिष्कमा रहेको ट्युमरसम्म पूराउन वैज्ञानिकहरु सफल भएका हुन् ।

बेलायतको युनिभर्सिटी अफ साउथ पोर्टस्माउथस्थित ब्रेन ट्युमर रिसर्च सेन्टरले एस्पि्रन औषधिको एक यस्तो घुलनशील द्रव्य विकशित गरेको छ जसले मस्तिष्कसम्म कुनैपनि पदार्थ पुग्ने बाटोमा रहेको तगारो हटाएर ट्युमरसम्म औषधिलाई पुग्ने बाटो बनाइदिन्छ । प्रयोगशालामा परीक्षणका दौरान यस बाट मष्तिष्कका स्वस्थ कोशिकाहरुलाई हानी नपूराइकन क्यान्सर कारक ग्लियोब्लास्टोमा कोशिाहरुलाई नष्ट गर्न सकिन्छ ।
युनिभर्सिटकिा ब्रेन ट्युमर अनुसन्धान केन्द्रका प्रमुख स्यू फ्यारिंगटनका अनुसार यो अनुसन्धान भविष्यमा मस्तिष्क क्यान्सर रोगको उपचारमा गेेम चेन्जर बन्न सक्दछ । अन्य क्यान्सरका तुलनामा ४० वर्षको उमेरभन्दा पहिले ब्रेन क्यान्सरबाट धेरै मानिसको मृत्यु भएको पाइन्छ ।
मस्तिष्कमा रगत, मस्तिष्क तगारो यस्तो ढालस्वरुपमा रहेको हुन्छ जसले मस्तिष्कलाई विभिन्न जिवाणुहरुबाट बचाउँदछ । यसले मस्तिष्कसम्म केवल रगत, पानी तथा केही ग्यास र घुलनशील अणुहरुलाई मात्र जान दिन्छ । यो निकै नै सुरक्षित प्रणाली स्वस्थ मानिसमा अत्यावश्यक छ तर यहीँ प्रणालीका कारण ब्रेन ट्युमर भएको मानिसको उपचारका लागि प्रयोग गरिने औषधि मस्तिष्क सम्म पुग्न पाउँदैन ।
यद्यपि गत वष नै वैज्ञानिकहरुको एक टोलीले केमो थेरापी विधिद्धारा औषधिलाई ठीक ठाउँमा पूराउने विधि पत्ता लगाएका थिए । तर बेलायती वैज्ञानिकहरुले पत्ता लगाएको पछिल्लो विधि सबैभन्दा सरल तथा भरपर्दो देखिएको छ । एजेन्सी

Thursday, June 30, 2016

करेलादेखि तुलसीसम्म : पत्थरी हटाउने १० घरेलु उपाय

आज भोलि पत्थरी रोगका कारण धेरै व्यक्ति समस्यामा छन् । यसका रोगीका संख्या बढ्दो छ । खाने कुरमा ध्यान पुर्याउने हो भने घरमै बसेर यस रोगको रोकथाम गर्न सकिन्छ । यहाँ यस रोगबाट बच्नका लागि केही घरेलु उपायहरु प्रस्तुतः
१. तुलसी : तुलसीको ५–६ पत्तालाई एक कप पानीमा उमाल्नुहोस् । यसमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।
२. करेला : करेला खानुहोस् वा यसको जुस पिउनुहोस् । यसमा म्याग्नेशियम र फ्रोस्फोरस नामक तत्व हुन्छ , जसले पत्थरी कम गर्छ ।
३. केरा : केरामा भिटामिन बि 6 पाइन्छ । यसले पत्थरी हुनबाट जोगाउँछ । दैनिक आफ्नो डाइटमा ३–४ केस्रो केरा खानुहोस् वा यसको सेक पिउनुहोस् ।
४. ध्यूकुमारी : ध्यूकुमारीमा भिटामिन बी६ र पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । दैनिक रुपमा बिहान–बिहान यसको जुस पिउनुहोस् ।
५. कागती पानी : कागतीमा साइट्रिक एशिड पाइन्छ । यसले क्याल्सियमलाई पत्थरी बन्नबाट रोक्न सक्छ । पत्थरी भएको खण्डमा दैनिक २–३ ग्लास कागती पानी पिउनुस् ।
६. प्याज : प्याजमा पोटाशियम र भिटामिन बी पाइन्छ , जसले पत्थरीबाट राहत दिन्छ । यसको रसमा सख्खर मिसाएर खानुहोस् । तपाईलाई राहत मिल्छ ।
७. मिश्री : दुई ग्लास पानीमा आधा कप मिश्री, सुप र सुख्खा धनियाँ रातभर भिजाउनुहोस् । बिहानै यसलाई छानेर खानुहोस् । पत्थरीको समस्या कम हुन्छ ।
८. चेरी : यसमा भिटामिन सि र एन्टी अक्सीडेन्टस् पर्याप्त मात्रा हुन्छ । दैनिक रुपमा चेरीको सेवन गर्नाले पत्थरीको समस्या कम भएर जान्छ ।
९. खरबुजा : खरबुजामा पोटाशियम र पानी पर्याप्त मात्रामा हुन्छ । दैनिक रुपमा खरबुजा खाने वा यसको जुस पिउनाले राहत मिल्छ ।
१०. अंगूर : अंगूरमा पाटोशियम र पानी भरपुर मात्रामा पाइन्छ । यसलाई नियमित खानाले वा नियमित रुपमा यसको जुस पिउनाले पत्थरीको समस्या कम भएर जान्छ ।
एजेन्सीको सहयोगमा
-

बैतडीमा १७० जना एचआइभी सङ्क्रमित

बैतडी, १६ असार । बैतडीमा १७० जना एचआइभी सङ्क्रमित रहेको पाइएको छ । 

पछिल्लो सर्वेक्षणबाट जिल्लाभरिमा १७० जनामा एचआइभीको सङ्क्रमण पत्ता लागेको हो । यसमा ८४ पुरुष र ८६ जना महिला रहेका छन् । तीमध्ये १८ जना बालबालिका रहेका एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था बहुउद्देश्यीय विकास समाज कार्यक्रमका संयोजक लोकेन्द्र पन्तले जानकारी दिनुभयो । 

“एचआइभी सङ्क्रमितमध्ये ११६ जनाले मात्र एआरटी औषधि लिइरहेका छन्,” उहाँले भन्नुभयो – “चवन्न जना नयाँ सङ्क्रमित पत्ता लागेका छन् ।” नयाँ पत्ता लागेकाले एआरटी औषधि सुरु नगरेको बताइएको छ । 


एआरटी औषधि ११६ मध्ये ८४ जनाले मात्रै नियमित रुपमा सेवन गरिरहेका छन् । 

औषधि सुरु गरेकामध्ये १७ जनाको मृत्यु भइसकेको र दुई जना हराइरहेका बहुउद्देश्यीय विकास समाजले जनाएको छ । 

यस्तै, नौ जनालाई बैतडीबाट अन्यत्र स्थानान्तरण गरिएको बताइएको छ । पाँच जना सङ्क्रमितलाई भने औषधि रोकिएको कार्यक्रम संयोजक पन्तले बताउनुभयो । उहाँले भन्नुभयो – “औषधिको असर देखा पर्न थालेपछि उनीहरुलाई औषधि रोकिएको हो ।” 

एचआइभी सङ्क्रमितमा अहिले विभिन्नखालका समस्या रहेका स्वयम् सङ्क्रमितहरुले बताएका छन् । 

एआरटी औषधिसँगै पोषिलो खानेकुराको आवश्यकता पर्ने भएको भए पनि सङ्क्रमितले पोषिलो खानेकुरा नपाएको बताएका छन् । सङ्क्रमितको आर्थिक अवस्था ज्यादै नाजुक भएकाले जीविकोपार्जन गर्न धौधौ भएको बैतडी प्लसका अध्यक्ष पद्मसिंह मौनीले बताउनुभयो । राज्यका निकायहरु मौन हुँदा आफूहरु समस्यामा परेको भन्दै उहाँले भन्नुभयो – “सङ्क्रमितमध्ये धेरैजसो महिला एकल भएकाले झन् समस्या रहेको छ ।” 

यस्तै सङ्क्रमित बालबालिकालाई पनि यस्तै समस्या रहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पु¥याउन एमपिडिएस र सेवक मित्र नामका गैरसरकारी संस्थाले सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त भने हुन सकेको छैन । 

अठार निर्दोष बालबालिका पनि सङ्क्रमित 

बैतडीमा १८ जना निर्दोष बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमित आमाबुबाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनुपरेका छन् । 

सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् । एचआइभी सङ्क्रमित बालबालिकालाई बैतडीमा बहुउद्देश्यीय ग्रामीण विकास समाजले प्रतिमहिना रु एक हजारका दरले सामाजिक सुरक्षा अनुदान दिइरहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सजिलो होस् भन्ने हेतुले सामाजिक सुरक्षा अनुदान दिइरहेको बहुउद्देश्यीय ग्रामीण विकास समाजका कार्यक्रम संयोजक पन्तले बताउनुभयोे । 

जिल्लामा १८ जना एचआइभी सङ्क्रमित बालबालिका रहेकामा १४ जनालाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराइएको छ । उहाँले भन्नुभयो – “दुई जनाको परिवारले अनुदान लिन मानेको छैन ।” 

एचआइभी सङ्क्रमित बालबालिकाको उपचारका लागि पनि संस्थाले सहयोग गरिरहेको समेत उहाँले बताउनुभयो । अहिले पनि एचआइभी सङ्क्रमित बालबालिकालाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेकाले समस्या भएको छ । 

सङ्क्रमितमाथिको भेदभाव कायमै 

एचआइभी सङ्क्रमितलाई समाजमा अझै पनि भेदभावको दृष्टिकोणले हेर्ने गरिएको छ । 

एचआइभी सङ्क्रमितका समस्या र अपनाउन सकिने उपायका बारेमा राज्यका निकाय मौन बसेकाले भेदभाव कायमै रहेको बैतडी प्लसका अध्यक्ष मौनीले बताउनुभयो । 

“जिल्लाभरि रहेका सङ्क्रमितहरु विभिन्न समस्या खेपिरहेका छन्,” उहाँले भन्नुभयो – “सरकारका निकायहरुले एचआइभी सङ्क्रमितका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” 


कतिपय ठाउँमा अझै पनि एचआइभीका बारेमा आवश्यक ज्ञान नभएकाले सङ्क्रमितहरु खुलेर बाहिर आउन सकेका छैनन् । रासस 

Wednesday, June 29, 2016

मधुमेहबाट जोगिन पर्याप्त निद्रा आवश्यक

वर्तमानको अति व्यस्त जिवनशैली तथा असन्तुलित तथा अस्वस्थकर खानपानका कारण धेरै मानिसहरु मधुमेह जस्ता जटिल रोगहरुको सिकार भईरहेका छन् ।
यदि तपाइँ पनि आफुमा मधुमेहको जोखिम कम गर्न चाहनुहुन्छ भने तपाइँले आफ्नो निद्रामा पूरा ध्यान दिनु निकै आवश्यक हुन्छ । हो, पर्याप्त तथा भरपूर निद्रा मानिसमा मधुमेहको खतरा कम गर्नमा सहयोगी हुन्छ । हालै गरिएको एक शोध अनुसार पर्याप्त निद्रा लिने मानिसमा टाइप टू मधुमेह हुने खतरा निकै कम हुन्छ ।

अमेरिकाको लस एन्जल्स बायोमेडिकल रिचर्स इन्स्टिच्युट  शोधकर्ताहरुका अनुसार हप्तामा ३ रातको मिठो निद्राले पनि धेरै हदसम्म सरीरमा इन्सुलिनको सक्रियता बढाइदिन्छ । इन्सुलिनको कमीका कारण मधुमेहको लक्षण देखा पर्ने हुँदा पर्याप्त निद्राले इन्सुलिनको मात्रा बढाइदिने भएकाले मधुमेहको जोखिम कम हुन्छ ।
प्रमुख शोधकर्ता डाक्टर पिटर लिउका अनुसार मानिसले निद्राको घण्टामा वृद्धि गर्दा सरीरको इन्सुलिनको प्रयोग गर्ने क्षमता बढ्दछ र पाका मानिसहरुमा टाइप टू मधुमेहको जोखिम कम हुन्छ ।
इन्सुलिनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न जिम्मेवारी निर्वाह गर्दछ । त्यसैले अधिक कामका कारण पर्याप्त निद्रा लिन नपाई मधुमेहको जोखिममा परेका मानिसहरुले सुत्ने घण्टामा वृद्धि गर्ने हो भने मधुमेहको जोखिम घट्ने लिउको भनाई छ ।

Monday, June 27, 2016

स्वास्थ्य क्षेत्रमा डरलाग्दो खेल : नक्कली डाक्टर उत्पादनमा मन्त्रीकै संलग्नता !

असार १३, काठमाडौ–देशका ठूला अस्पतालमा नक्कली डाक्टरको विगविगी रहेको सार्वजनिक भएसँगै त्यस्ता नक्कली डाक्टरको उत्पादनमा सरकारका मन्त्री र उच्च अधिकारीनै संलग्न रहेको तथ्य फेला परेको छ । विभागीय मन्त्री, सचिव लगायत सरकारकै उच्च तहमा रहेका कर्मचारीले आर्थिक चलखेलका आधारमा नक्कली स्वास्थ्यकर्मी उत्पादनको लाइसेन्स बाँड्ने गरेको भेटिएको हो । सम्वन्धित विषयमा ज्ञानै नभएकालाई लाइसेन्स दिने र अदक्ष कामदार उत्पादन गर्न मन्त्री र सम्वन्धित विभागीय कर्मचारी स्वयं लागि परेको पाइएको हो । ठूलो आर्थिक चलखेलका कारण स्वास्थ्य मन्त्रीले त्यस्ता नक्कली कामका फाइल मन्त्रालयभित्रै बसेर तोक लाउने गरेको र सम्वन्धित अधिकारीलाई समेत निर्देशन दिने गरेको भेटिएको छ । यसको एउटा गतिलो प्रमाणका रुपमा हालै नेपाल औषधी व्यवसायी संघलाई औषधी व्यवसायी सहायक प्रशिक्षण सम्वन्धी तालिमको अनुमती दिएवाट पुष्टी हुन्छ ।  
स्वास्थ्य मन्त्री रामजनम चौधरी र औषधी व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल समेतको संलग्नतामा ‘सहायक औषधी व्यवसायी’ का नाममा त्यस्ता अदक्ष स्वास्थ्यकर्मी उत्पादनको काम अघि वढेपछि तथ्य वाहिर आएको हो । मन्त्री चौधरी र महानिर्देशक खकुरेल लगायतले मिलेर औषधी व्यवसायी संघलाई त्यस्ता कर्मचारी उत्पादनका लागि तालिम संचालन गर्ने अनुमति प्रदान गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार अन्तर्राष्ट्रिय प्रचलन भन्दै संघले ल्याएको प्रस्ताव महानिर्देशक खकुरेल र मन्त्रीले सहर्स स्वीकार गरेका छन् । ‘मन्त्री र महानिर्देशककै मिलेमतोमा अयोग्य र ज्यानमारा स्वास्थ्यकर्मीलाई लाइसेन्स दिने काम भैरहेको छ’, स्रोतले भन्यो, ‘फार्मेसीको फ पनि नआउनेलाई कसरी लाइसेन्स दिने भन्नेमा समेत सोचिएको छैन ।’ फार्मेसीमा सहायकको रुपमा काम गर्ने, औषधी भण्डार गर्ने, फर्मासिष्ट, सहायक फर्मासिष्टसंग काम गर्ने, चिकित्सक, स्वास्थ्यकर्मीको प्रेस्कृप्सन बमोजिम औषधी दिने लगायतका काममा त्यस्ता अदक्ष उत्पादनलाई काम लगाउन सकिने भन्दै तालिमको लागि अनुमती दिएको स्रोतको भनाइ छ । फार्मेसी विषयमा राम्रो दख्खल राख्नेले समेत औषधी वितरण गर्न तथा फार्मेसी संचालन गर्न समस्या भैरहेको र प्रेसकृप्सन अनुसार दिएको औषधी समेत फरक पर्दा मानिसको मृत्यु समेत भएको घटना आइरहेकै वेला अयोग्यलाई पनि त्यो अनुमती दिन मन्त्री र महानिर्देशकको मिलेमतो देखिएको हो । यो घटना वाहिर आएपछि अहिले नेपाल फर्मास्यूटिकल एशोसिएसन, ग्रयाजुयट फर्मासिष्ट एसोसिएसन, हस्पीटल फर्मासिष्ट एसोसिएसन अफ नेपाल, नेपाल फार्मेसी संघ लगायतले ध्यानाकर्षण समेत गराएका छन् । नेपाल फर्मास्यूटिकल एशोसिएसनका अध्यक्ष सशिकांत चौधरी, ग्रयाजुयट फर्मासिष्ट एसोसिएसनका उपाध्यक्ष अनुरोध घिमिरे, हस्पीटल फर्मासिष्ट एसोसिएसन अफ नेपालका महासचिव प्रदिप लम्साल, नेपाल फार्मेसी संघका उपाध्यक्ष सफिउर रहमान लगायतका पदाधिकारीले मन्त्री र महानिर्देशकको मिलेमतोमा भएको औषधी व्यवसायी सहायक प्रशिक्षण सम्वन्धी तालिम खारेजको माग गर्दै प्रधानमन्त्री, स्वास्थ्य मन्त्री औषधी व्यवस्था विभाग र नेपाल फार्मेसी परिषद्मा ध्यानाकर्षण पत्र वुझाएका छन् ।

Sunday, June 19, 2016

१० मिनेट वक्षस्थल हेर्दा ५ वर्ष बढ्छ आयु

विभिन्न अध्ययनहरुले बताएका छन् की पुरुषहरु महिलाका वक्षस्थल प्रति सबैभन्दा बढि आकषिर्त हुन्छन् । अब पुरुषहरुलाई महिलाका वक्षस्थलमा नजर पूराउने नयाँ बहाना मिलेको छ । एक अध्ययन अनुसार महिलाका वक्षस्थल हेर्नाले पुरुषको आयु बढ्दछ ।

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा केही समयअघि छापिएको एक शोध अनुसार दिनहुँ औषतमा १० मिनेट महिलाको वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले हेर्ने पुरुषहरुको आयु ५ वर्ष बढ्दछ ।
जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले के दाबी गरेका छन् भने महिलाका वक्षस्थलमा १० मिनेट सम्म नजर दौडाउनु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह हो ।
पाँच वर्षमा झण्डै २ सय जना पुरुषमा गरिएको अध्ययन सर्भेक्षणबाट शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
शोधकर्ताहरुका अनुसार जो पुरुषहरु महिलाका वक्षस्थलमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ । साथै उनीहरुमा हृदयगति पनि सन्तुलित हुन्छ ।
शोधकर्ता डाक्टर क्यारन वेदरवी भन्छन्ः सेक्सको इच्छाले मानिसमा रक्त संचारलाई सन्तुलित बनाउँदछ, जसको अर्थ हुन्छ राम्रो स्वास्थ्य ।

Saturday, June 18, 2016

बाथ रोगबारे जानौं

४ असार, काठमाडौं। बाथरोगबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने नेसनल बाथ रोग सेन्टरले काठमाडौँको सुनधारामा आज तस्बिर प्रदर्शनी आयोजना गरेको छ ।
सेन्टरको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित तस्बिर प्रदर्शनीमा नेपालमा देखिएका विभिन्न बाथ रोगको जानकारी सहितका तस्बिर प्रदर्शन गरिएको छ । बाथ रोगले शरीरमा प्रत्यक्ष असर पार्ने समस्याका बारेमा तस्बिर मार्फत महत्वपूर्ण जानकारी हासिल गर्न सकिने बताइएको छ । सेन्टरले एक साताका लागि निःशुल्क रगत परीक्षण गर्ने पनि बताइएको छ ।
तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालमा करिब ३६ लाख जनालार्ई विभिन्न प्रकारका बाथ रोग भएको जानकारी दिँदै यसको समयमै उपचारका पहँुचमा बिरामी अझै पुग्न नसकेको उल्लेख गरे। उनले भने—‘‘यो तथ्याङ्कको १० प्रतिशत बिरामीले मात्र उपचारको दायरामा आउन सकेका छन् । नब्बे प्रतिशत बिरामी अझै पनि उपचारको पहुँचमा आउन नसकेको अवस्था छ ।’’
बाथ रोग विशेषज्ञ डा विनीत वैद्यले बाथ मानव शरीरको अस्थिरपञ्जरलाई अस्थिर बनाई दुखाउने रोग भएको बताए । उनले भने—‘‘शरीरभित्रै उत्पत्ति हुने रोग भएकाले जोर्नी दुखेर र मांसपेसीको कारणले हुने बाथले छाला, आँखा, मुटु र मिर्गाैलालाई असर गर्छ । ’’
बाथ सयौँ किसिमको हुने भएकाले कुन प्रकारको बाथ हो भनी थाहा पाउन रगत परीक्षण गरी त्यसबाट हुने जटिलताबाट बच्न सकिने उनको भनाइ छ ।
बाथ जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । बालक, युवा र वृद्धवृद्धा सबैलाई हुने यो रोग नसर्ने रोग दीर्घरोग हो । नेपालमा युरिक एसिडबाट हुने, हाडजोर्नी सुन्निने, दुख्ने, हड्डी खिइने र मेरुदण्डको हड्डी दुख्ने खालका बाथका समस्या बढी देखिन्छ । नेपालमा बालबालिकालाई पनि अत्यधिक मात्रामा बाथ रोगको समस्या देखिएको चिकित्कको भनाइ छ ।
डा कक्षपतिका अनुसार बाथ रोग खास गरी दुखाइबाट सुरु हुन्छ । हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, बिहान उठ्दा हिँड्न समस्या हुने, हात मुठ्ठी पार्न समस्या हुने, घुँडा, कुहिनोजस्ता जोर्नी दुख्ने, ज्वरो आउने, मेरुदण्डको हड्डी सुन्निने र दुख्ने गर्छ । त्यसैगरी छातीका करङ दुख्ने र पिसाब पोल्ने पनि हुन सक्छ । बाथ भएमा गर्भवतीको गर्भ खेर जाने हुन सक्छ । दुखाइ दोहोरिएर हुने जस्ता लक्षण जुनसुकै बाथ भएमा पनि देखिन सक्ने साझा लक्षण हुन् ।
यस्ता समस्या देखिएपछि बाथ रोगका चिकित्सकलाई देखाउनुपर्छ । रगतको र अन्य विशेष जाँच गरेपछि मात्र कुन प्रकारको बाथ हो र कस्तो औषधि चलाउने भन्ने स्पष्ट हुन्छ । बाथ रोग पूर्ण रुपमा निको नभए पनि यसबाट अन्य समस्या नहोस् भन्नाका लागि रोकथाम भने गर्न सकिन्छ ।

Wednesday, June 8, 2016

नङ पोलिश पनि यति महँगो !

काठमाडौं, २६ जेठ । नंङ पोलिश महिलाका लागि अत्यावश्यक सौन्दर्य सामाग्री मानिन्छ । कति महिलाको सौख नै नयाँ नयाँ र महँगा नङ पोलिश किनेर लगाउने रहेको हुन्छ ।

एउटा नङ पोलिश बिएमडब्लु कारभन्दा पनि महँगो हुन्छ भन्दा अनौठो लाग्न सक्ला ? तर यो सत्य कुरा हो । हालै बजारमा आएको नयाँ नङ पोलिश किन्ने पैसाले ५ वटासम्म बिएमडब्लु कार किन्न सकिन्छ ।
यो नयाँ नङ पोलिश एजेचर ब्राण्डको हो जसको बजार मूल्य २ करोड ५६ लाख रहेको छ । यसलाई ब्ल्याक डाइमण्डको नामले पनि चिनिन्छ । ब्ल्याक डाइमण्डकोे मुख्य विशेषता भनेको यसमा २६७ क्यारेटको ब्ल्याक डाइमण्ड प्रयोग गरिएको छ । यो नयाँ नङ पालिशलाई अहिलेसम्म २५ जना महिलाले किनिसकेका छन् ।

Tuesday, June 7, 2016

निःशुल्क प्लास्टिक सर्जरी शिविर सुरु

भक्तपुर, २६ जेठ । मध्यपुर नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पताल मध्यपुर थिमिमा निःशुल्क चारदिने प्लास्टिक सर्जरी शिविर सञ्चालन गरिएको छ । 


कोरियाको रोज क्लब संस्थाको सहकार्यमा मङ्गलबारदेखि आगामी शुक्रबारसम्म सञ्चालन हुने उक्त शिविरमा शरीरका विभिन्न भागमा आगोले पोलेको, खँुडे भएको, आँखा टाँस्सिएको, विभिन्न घाउलगायत विभिन्न अङ्गको निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन गरेको कोरिया नेपाल मैत्री अस्पतालका निर्देशक डा डि के रौशनले जानकारी दिनुभयो । 

रोज क्लबका डा मुन ह्युन पाइलको नेतृत्वमा सातजना सर्जन डाक्टरसहित २५ जनाको टोलीले चार दिनको अवधिमा शिविरमा आएका सम्पूर्ण बिरामीको स्वास्थ्य जाँच तथा प्लास्टिक सर्जरी गर्ने बताउनुभयो । 

शिविरको पहिलो दिन मङ्गलबार ६ वटा आँैला भएकाको एउटा औँला काटेको, ढाडमा मासु पलाएका, पुराना घाउको खत मिलाएको, जलेको दाग हटाउने विभिन्न भागमा आएको डल्लाको सर्जरीलगायत १५ जनाको प्लास्टिक सर्जरी गरेको सर्जरीमा सहभागी अस्पतालका डा मजेशप्रताप मल्लले जानकारी दिनुभएको छ । रासस 

पत्याउनुहुन्छ ? नियमित बदाम खाँदा अायुँ लम्बिन्छ

 जेठ २५, बदाम सबैलाई मनपर्ने ड्राइफुड हो । यो बदाम स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ । अमेरिकाको न्यु इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार दैनिक एक मुठ्ठी बदाम खाने मानिसहरुको आयु नखानेहरुको तुलनामा लामो हुन्छ ।

ब्रिघामको डाना फार्बर क्यान्सर इन्सिच्युट, वुमन्स हस्पिटल र हार्भर्ड स्कुल अफ पब्लिक हेल्थका बैज्ञानिकहरु ३० वर्षमा १ लाख २० हजार मानिसहरुमा गरिएको अनुसन्धानपछि यस्तो निष्कर्षमा पुगेका हुन् ।
अध्ययनमा दैनिक रुपमा बदाम खानेहरु नखानेहरुको तुलनामा बढी स्लीम भएको पाइएका थिए । यद्यपि अहिलेसम्म बदाम खानाले तौल बढ्छ भन्ने विश्वास गरिन्छ, यसलाई अनुसन्धानकर्ताहरुले गलत ठह¥याएका छन् ।स्वास्थ्य खबरबाट

यसो गर्नुहोस ग्यास्ट्रिक पुरै निर्मुल हुन्छ

डा. हेमराज कोइराला

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।

आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ। जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।

अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।

जटिलताहरूः
– यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।

उपचारः
– ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।

व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।

विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।
३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।

सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।

Monday, June 6, 2016

क्षयरोगविरुद्ध कडा नयाँ औषधि

जेष्ठ २५, काठमाडौं: सरकारले हाल दिइरहेको औषधिले काम गर्न छोडेपछि क्षयरोगका बिरामीलाई चिकित्सकै प्रत्यक्ष निगरानीमा कडाखाले नयाँ औषधि दिइने भएको छ । सामान्य औषधिले काम नगर्ने (बहुऔषधि प्रतिरोधी­) क्षयरोगका बिरामीलाई निःशुल्क रूपमा कडाखाले औषधि खुवाउने निर्णयमा सरकार पुगेको हो ।
 
स्वास्थ्य सेवा विभाग राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. विकास लामिछानेका अनुसार विश्व स्वास्थ्य संगठनको सिफारिसमा ‘बेडाक्युलिन' नामको औषधि दिने निर्णय गरिएको छ । आगामी साउनदेखि क्षयरोगका बिरामीलाई दिने तयारी गरिएको अत्यन्तै संवेदनशील उक्त औषधि खाएपछि छोटो समयमा रोग निको हुने सम्भावना प्रबल हुन्छ । तर प्रतिअसर (साइड इफेक्ट) धेरै हुने भएकाले चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र उक्त औषधि खानुपर्छ ।

 
‘हाल दिइरहेको सामान्य औषधिले कतिपय बिरामीमा रहेको क्षयरोगको कीटाणु मार्न सकेन । त्यसले गर्दा अरूमा सर्ने जोखिम पनि बढ्यो । त्यस्ता बिरामीलाई हामीले नयाँ औषधि दिने तयारी गरेका हौं', लामिछानेले सोमबार अन्नपूर्णसँग भने, ‘तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । यो औषधि साउनसम्ममा बिरामीलाई दिनेगरी हामीले गृहकार्य थालेका छौं ।'
 
लामिछानेका अनुसार औषधि कडा भएकाले मुटुसम्बन्धी प्रतिअसर देखिनसक्ने भएकाले मुटुरोग विशेषज्ञको समन्वय र सम्बन्धित प्राविधिक सल्लाहकार समितिले सिफारिस गरेका बिरामीलाई मात्रै खुवाउनुपर्छ । त्यसका लागि तत्काललाई अस्पतालको नजिक रहेका बिरामीलाई औषधि दिने तयारी भएको लामिछानेले बताए । अन्तर्राष्ट्रिय मुलुकहरूमा लामो समयदेखि प्रयोगमा आइरहेको ‘बेडाक्युलिन' नेपालमा पनि प्रभाकावरी हुने संगठनको विश्वास छ ।
 
चिकित्सकका अनुसार क्षयरोग पत्ता लागे पनि समयमै नियमित रूपमा औषधि नखाने, खान थाले पनि बीचमै औषधि छोड्ने, जथाभाबी औषधि खाने, उपचारका क्रममा चिकित्सकले लापरबाही गर्ने, अस्वस्थकर जीवनशैली अपनाउनेजस्ता कारणले ‘बहुऔषधि प्रतिरोधी­' क्षयरोगको समस्या देखिएको हो । ‘बहुऔषधि प्रतिरोधी­' क्षयरोगीबाट अन्य सामान्य मानिसमा क्षयरोग सबैभन्दा छिटो सर्ने जोखिमसमेत रहन्छ । नेपालमा कुल क्षयरोगीको दुई दशमलव दुई प्रतिशत क्षयरोगीमा ‘बहुऔषधि प्रतिरोधी­' क्षयरोग भएकाहरूबाट सरेको तथ्यांक छ ।
 
नेपालमा तीन सयभन्दा बढी ‘बहुऔषधि प्रतिरोधी­' क्षयरोगका बिरामी भएको अनुमान गरिएको छ । तत्काललाई करिब एक सयजना बिरामीलाई ‘बेडाक्युलिन' दिने तयारी भएको हो । बिस्तारै मुलुकका अन्य जिल्लामा पनि यो सेवा विस्तार गर्ने सरकारको योजना छ । सरकारले हाल क्षयरोगको एउटा बिरामीलाई निको पार्न २० लाख रुपैयाँसम्मको औषधि दिने गरेको छ । त्यति धेरै रकम खर्चेर औषधि खुवाए पनि क्षयरोगका बिरामी बाँच्ने सम्भावना ७० प्रतिशतमात्र रहने लामिछानेले बताए ।
 
श्वासप्रश्वासको माध्यमबाट एकअर्कामा सर्ने क्षयरोगबाट ग्रसित मानिसको एकिन तथ्यांक सरकारसँग छैन । केन्द्रका अनुसार ३५ हजार चार सय ३८ मानिस सरकारको सम्पर्कमा आएका छन् । करिब १० हजार क्षयरोगका बिरामी सम्पर्कमा आउन नसकेको र उनीहरूको खोजी भइरहेको सरकारी अधिकारीले बताउँदै आएका छन् । हराएका बिरामीले रोग सार्ने जोखिम निकै भएकाले उनीहरूको खोजी गर्न जरुरी भएको लामिछानेले बताए । नियमित रूपमा औषधि सेवन गर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्षयरोग निको हुने गर्छ । तर जनचेतनाको कमी, ढिलो उपचार, नियमित औषधि सेवन नगर्नु, जथाभाबी औषधि खानुजस्ता कारणले क्षयरोगी रोग फैलाउने माध्यमसमेत बनेका छन् ।
 
नेपालमा सर्ने खालका क्षयरोग भएका बिरामी मात्रै एक हजार पाँच सय ९९ जना छन् । नेपालमा क्षयरोग नियन्त्रण गर्न सन् १९९६ मा पहिलोपटक नमुनाका रूपमा सुरु भएको डट्स विधि हाल पनि जारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार धूमपानका कारण मात्रै २० प्रतिशत क्षयरोग हुने सम्भावना रहन्छ । लगातार खोकी लाग्नु, छाती दुख्नु, श्वासप्रश्वासमा समस्या आउनु, खानामा अरुचि हुनुजस्ता लक्षण क्षयरोग हुँदा देखिन्छ ।

सुत्नु अगाडी हरेक जोडीले गर्नुहोस् यी ५ काम जसले…

विहेको केहीसमयसम्म त सबै सामान्य नै रहन्छ । तर अचानक केही त्यस्ता समस्याहरु आउँछन्, जसले वैबाहिक जीवनमा नकारात्मक असर पुर्याउछन् । कतिपयले सुत्नु अगाडी जीवनसाथीलाई समय नदिने बानीका कारण पनि पति–पत्नीको बीच डिभोर्स हुने अवस्था आउँछ । सबै ठाँउको आ–आफ्नो नियम हुन्छ । त्यस्तै बेडरुममा पनि केही कुराको विषेश ध्यान दिनुपर्छ । कतिपय अन्जानमा भएको गल्तीले सम्बन्धमाथि ठूलै धक्का पर्न जान्छ । यी नियम को पालना गरेमा तपाईको वैबाहिक जीवनमा एक नयाँ आयाम दिनसक्छ ।

१.यदि दुवै जनाको सुत्ने समय अलग–अलग भएमा सबैभन्दा पहिले यो बानी सुर्धानुहोस् । तपाईहरु दुवैजना सँगै सुत्न कोशिस गर्नुहोस् । यस्तो नहोस् कि एउटा निदाउने अर्को काममा व्यस्त हुने ।
२.सुत्नुभन्दा अगाडी हातमा मोबाइल लिने बानी हटाउनुहोस् । अझ सकेसम्म बेडरुममा टिभी नराख्दा राम्रो । सक्नुहुन्छ भने म्युजिक प्लेयर राख्नुहोस् र मधुर आवाजका साथ मजा लिनुहोस् । सुत्नुभन्दा पहिलेको समय ल्यापटप, टिभी र मोबाइलमा बिताउनुभन्दा आफ्नो जीवनसाथीसँग बिताएमा सम्बन्ध सुमधुर हुन्छ ।
३.एकले अर्कालाई पुरै ध्यान दिनुहोस् र तारिफ गर्नुहोस् । सानो–सानो प्रशंसा नै तपाईको जीवनसाथीलाई एकदम खुसी बनाउने छ । सुत्नु अगाडी आफू उनको लागि महत्वपूर्ण भएको महशुस गराउनुहोस् । यस्ता कुराहरु सकेसम्म दिनहुँ गरेमा एक–अर्काप्रति विश्वास बढ्नेछ ।
४. धेरै बेरसम्म एक–आपसमा कुराकानी गर्नुहोस् । फरक–फरक तरिकाले माया दर्साउनुहोस् । छोएर, तारिफ गरेर अथवा मनका भावना साटेर प्रेम अभिव्यक्त गर्नुहोस् ।
५.तपाई आफ्नो जीवनसाथीलाई सुत्नुपूर्व गुडनाइट किस दिन नभुल्नुहोला । यी कुराहरुले तपाईको जीवनलाई सकारात्मक बाटोतर्फ डोर्याउन बल पुर्याउँछ ।

बजारमा बिक्दैछ विषालु आँप

काठमाडौं – आजकल बजारमा कृतिम रुपमा पकाइएका आँपहरु धमाधन बिक्री भइरहेका हुन्छन् । व्यापारीहरुले पैसा कमाउनका लागि कार्बोइड रसायन प्रयोग गरेर आँपलाई पकाउँने गरेका छन । यस विषयमा उपभोक्ता तथा स्वास्थ्य अधिकारवादीहरुलाई जानकारी भएपनि कुनै कारबाही हुने गरेको छैन ।
कसरी पकाइन्छ काँचो आँप ?
थोक बिक्रेताहरुले क्याल्शियम कार्बोइडको मद्दतबाट आँप पकाउने गरेका छन् । आँपलाई कृतिम रुपमा पकाउन यि रसायनहरुको प्रयोग हुन्छ ।  कार्बोइडको माध्यमबाट पकाएको र आफैँ पाकेको आँप उस्तै हुदैँन । यसरी कृतिम रुपमा पकाइएका आँपको रंग फरक–फरक हुन्छ  ।
कृतिम आँप सूरुआतमा खाँदा मिठो हुन्छ । तर आँपको बीचको भाग मिठो हुदैँन कृतिम आँपलाई घर ल्याएर २–३ दिन राख्दा आँपको भित्री भागको रंग कालो हुन थाल्छ । यता आफैँ बोटमा पाकेका आँपहरु एउटै रंंगका हुन्छ । यसरी आफैँ पाकेका आँपको स्वाद एउटै हुन्छ । प्राकृतिक रुपमा पाकेका आँप लामो समयसम्म खराब पनि हुदैँनन् ।
आँप पकाउन प्रयोग गरिने क्याल्शियम कार्बोइड रंगहीन केमिकल हो । यसको प्रयोग खासमा वेल्डिङका लागि गरिन्छ ।
क्याल्शियम कार्बोइड स्वास्थ्यका लागि निकै घातक हुन्छ । यो खानाले धेरै प्यास लाग्ने, शरिरमा कमजोरी हुने , सुन्निने, चिलाउँने, आँखा पोल्ने लगायतका विभिन्न समस्या देखिन्छन् । यसको प्रयोग गर्नाले डकार, कफ, टाउको दुखाँई, निद्रा नलाग्ने, मानिसको सोच्ने क्षमतामा कमी आउने लगायत विभिन्न साइड इफेक्ट देखिन्छन् ।

गर्मीमा शरीरमा पानीको कमी : खानुहोस् यी फलफूल


गर्मीमा डिहाइड्रेशनअर्थात शरीरमा पानीको कमी हुने समस्या स्वभाविक हो । तर यस सिजनमा केही त्यस्ता फल पाइन्छन् जसको सेवन गर्नाले यो समस्याबाट मुक्ती पाइन्छ । नियमित रुपमा यस्ता फल खानाले शरीर स्वस्थ्य रहन्छ
तरबुजा
यसमा भिटामिन ए, बी, सीसँगै मिनरल्सको मात्रा पर्याप्त हुन्छ । जसका कारण डिहाइड्रेशन, हाइपरटेन्सन र एसिडटीजस्ता समस्याबाट बच्न सकिन्छ । यसको सेवनबाट हृदयघात, क्यान्सर, किड्नी, आँखा तथा छालाको समस्याबाट बच्न सकिन्छ ।
watermelon-840x400
सुन्तला
यसमा भिटामिन–सी, पोटाशियम र म्याग्निशियमको मात्रा भरपुर हुन्छ ।
यसको सेवनबाट डिहाइड्रेशन तथा छालाको समस्याबाट बच्न सकिन्छ । तर डायबिटिज र एसिडटीका बिरामीहरुले भने यसको सेवन कम गर्नुपर्छ ।
मेवा
यसमा ९५ प्रतिशत पानीसँगै भिटानि र मिनरल्स हुन्छ । मेवा सेवनबाट पाचनशक्ती बढ्छ । गर्मीमा यसको सेवन गर्नाले डिहाइडे«शनको समस्याबाट बच्न सकिन्छ । क्यान्सर, हृदयघात, किड्नी तथा छालाको समस्याबाट ग्रसित हुनेहरुका लागि यसको सेवन गर्नु राम्रो हुन्छ ।
Litchi-benefits
लिची
यसमा भिटामिन, सुगर, साइट्रिक एसिड, टार्टरिक एसिड र मिनरल्स पर्याप्त मात्रामा छ । यसको सेवनबाट डिहाइडे«शन र पेटको समस्या नियन्त्रण गर्न सकिन्छ । तर दिनबाट १० वा ११ वटाभन्दा बढी लिची खानु स्वास्थ्यका लागि राम्रो हुदैँन ।
आँप
यसमा फाइबर, पोटाशियम, आइरन, बिटा, केरोटीन, भिटामिन–ए र सी पाइन्छ । यसलाई ठन्डा गरेर खादाँ शरीर ठन्डा रहन्छ । तर डायबिटिजका बिरामीहरुले आँप खान हुदैँन ।
71442673435mangoes
अंगूर
यसमा भिटामिन सी, आइरन, ग्लूकोज, साइट्रिक एसिड र म्याग्नेसियम पर्याप्त मात्रामा पाइन्छ । यसमा रहेको मिनरल्सले डिहाइडे«शनबाट बचाउँछ । क्यान्सर, डायबिटिज, टिभी र अन्य रगतका इन्फेक्शनबाट बच्नका लागि अगंूर सेवन गर्नु राम्रो हुन्छ ।
भुँइकटहर
यसमा भिटामिन ए, सी र फाइबर, पोटासियम, फोस्फोरस तथा क्याल्सियम पर्याप्त मात्रामा पाइन्छ । यसल शरीरमा पानीको कमी हुन दिदैँन । क्यान्सर, हृदयघात लगायतका समस्याबाट यसले जोगाउँछ ।

Friday, September 18, 2015

यस्ता छन् लसुन-प्याजका कैयौँ फाइदा,

काठमाडौं, २ असोज । पछिल्लो समय बजारमा प्याज भाउ सुनजस्तै आकाशिएको छ । भारतबाट कम आयात भएपछि भाउ हृवात्तै बढेको छ । लशुन त पहिलेदेखि नै महंगोमा कारोबार हुँदै आएको हो । यही महंगो लशुन प्याजमा शरीरलाई फाइदा गर्ने महत्वपूर्ण गुण हुने चिकित्सकहरु बताउँछन् ।लशुनमा कीटाणुहरूलाई मार्ने विशेष तत्त्व हुन्छ भन्ने कुरा अमेरिकी वैज्ञानिकहरूले आफ्नो अनुसन्धानबाट देखाएका छन् । लशुनमा शरीरभित्र रहेका कीटाणुलाई मार्ने तत्त्व मात्र होइन, शरीरमा बढी मात्रामा रहेको एक प्रकारको बोसो कम गर्ने तत्त्व पनि हुन्छ । शरीरमा कोलेस्टेरोलको मात्रा बढी बन्दा मुटुका विभिन्न रोग लाग्छन् । शरीरमा कोलेस्टेरोलको मात्रा घटाउन लशुनको उपयोगिता सिद्ध भइसकेको छ ।

यसैले मुटुका रोगीहरूका निम्ति औषधि र विशेष प्रकारको भोजनको सल्लाह दिँदा डाक्टरहरूले दिनहुँ चार पोटी लशुन खाने सल्लाह पनि दिन्छन् । यसैगरी उच्च रक्तचापका बिरामीलाई पनि नियमित औषधि सेवन गर्ने, दैनिक रूपमा शारीरिक व्यायाम गर्ने, मानसिक तनाव आदिबाट मुक्त रहने तथा भोजनमा परिवर्तन गर्नुका साथै लशुन खाने सल्लाह दिइन्छ । लशुनमा एक विशेष प्रकारको तेल हुन्छ, जसबाट एक प्रकारको गन्ध आउने गर्छ ।

धेरै मानिस उक्त गन्ध मन नपरेर लशुन खाँदैनन् । तर, त्यही गन्धयुक्त तेलमा नै औषधीय गुण हुन्छ । लशुनमा रहेको तेलले बोसो घटाउन र उच्च रक्तचापलाई कम गर्नमा ठूलो मद्दत पुर्‍याउन सक्छ । लशुनमा हुने अनेकौं गुणहरूले नै आयुर्वेदमा यसलाई सर्वौषधि भनिन्छ । लशुनमा भएको विशेष तेलले पेटमा रहेका कीटाणुहरूलाई पनि नष्ट पार्छ । पेट खराब भएको बेलामा लशुन हालेको जाउलो बनाएर खाने चलन हाम्रो समाजमा अझै पनि भेटिन्छ ।

लशुनमा भएको तेलले रोगसँग लड्ने क्षमता पनि बढाउँछ, जसलाई शरीरको प्रतिरोधात्मक शक्ति भनिन्छ । यो प्रतिरोधात्मक शक्ति शरीरमा कम हुँदा हामीलाई रुघाखोकी लागिरहने समस्या हुन्छ । रुघाखोकी लागेका बेलामा लशुनको सूप बनाएर खाने चलन युरोपमा छ । शरीरको बाहिरी अङ्गमा घाउ निको पार्न पनि लशुनको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धताका युद्धमा घाइते भएका सिपाहीहरूको घाउ निको पार्न लशुनको लेप प्रयोग गरेका थिए ।  लशुन(प्याजमा भएको विशेष तत्त्वले पखाला रोक्न पनि मद्दत गर्छ । पखाला लागेको बेलामा दही, लशुन र प्याजको मिश्रण अलिअलि गर्दै दिनमा तीन(चार चोटि ख्वाउनु उचित हुन्छ । प्याजको यही गुणलाई थाहा पाएर यसबाट विशेष प्रकारको घरेलु औषधि बनाएर प्रयोग गर्ने गर्छन् । एजेन्सीको सहयोगमा


बच्चा रुँदा आमाको स्तन किन रसाउँछ ?,


काठमाडौं, असोज २ । स्तनमा दूध आउनका लागि आमाको शरीरमा दुईवटा हर्मोनले विशेष भूमिका खेल्छन् । एउटा प्रोल्याक्टिङ हर्मोन र अर्को डेड जाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोन । प्रोल्याक्टिङ हर्मोनले दूध उत्पादन गर्छ । अर्को डेड जाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोनले स्तनमा जम्मा भएको दूधलाई निचोरेर बाहिर निकाल्न मद्दत गर्छ । यी दुवै हर्मोनले आमाको मस्तिष्कमा आउने सोच र बच्चाको क्रियाकलापका आधारमा सक्रिय हुने वा निष्क्रिय हुने काम गर्छ । बच्चाले आमाको दूध चुसेको अवस्थाबाहेक पनि कहिलेकाहीँ आमाको स्तनबाट आफैं दूध झरेको हुन्छ वा स्तन रसाउँछ । यस्तो हुनुको कारण पनि त्यही प्रोल्याक्टिङ र अक्सिटोसिन हर्मोनको कारण हो । जब आमाको मस्तिष्कले आफ्नो बच्चालाई दूध खुवाउनुपर्ने वेला भयो भनेर मस्तिष्कमा सोच बनाउँछिन्, उनको मस्तिष्कले प्रोल्याक्टिङ हर्मोनलाई सक्रिय गराइहाल्छ, दूध उत्पादन सुरु भइहाल्छ । यसरी जम्मा भएको दूधलाई बाहिर पठाउने काम अक्सिटोसिनले गर्छ । सम्झिँदा मात्रै होइन, बच्चा रोएको आवाजले पनि ती हर्मोनहरू सक्रिय हुन्छन् । बच्चालाई छोडेर टाढा भएका वेला बच्चा भोकायो कि भन्ने सोचेमा, आफूले खाजा वा खानेकुरा खाँदा आफूबाट टाढा भएको बच्चाको बारेमा सम्झेमा पनि स्तनबाट आफैँ दूध आउँछ । कतिपय आमाले अरू बच्चाले स्तनपान गरेको देखेमा पनि स्तन रसाउँछ । त्यस्तै बच्चाको कपडा, बच्चाको गन्धले पनि स्तन रसाउँछ । आमाको सोच बच्चाप्रति जति सकारात्मक हुन्छ, त्यति नै बढी दूध आउँछ । त्यस्तैगरी, जति बढी स्तनपान गरायो, उति बढी दूध आउँछ । नवजात शिशुका लागि पहिलो र दोस्रो दिन खासै धेरै दूध चाहिँदैन । तर, तेस्रो दिनदेखि धेरै मात्रामा दूध चाहिन्छ । सामान्यतया नवजात शिशुलाई दैनिक आठदेखि १० पटकसम्म स्तनपान गराउनुपर्छ । नवाजात शिशुको तौलअनुसार दूध आवश्यक पर्छ । सामान्यतस् जन्मिँदा तीन किलो तौल भएको शिशुलाई २४ घन्टामा १८० एमएल दूध आवश्यक पर्छ । नयाँ पत्रिकाले छापेको छ ।