Wednesday, June 8, 2016

नङ पोलिश पनि यति महँगो !


काठमाडौं, २६ जेठ । नंङ पोलिश महिलाका लागि अत्यावश्यक सौन्दर्य सामाग्री मानिन्छ । कति महिलाको सौख नै नयाँ नयाँ र महँगा नङ पोलिश किनेर लगाउने रहेको हुन्छ ।

एउटा नङ पोलिश बिएमडब्लु कारभन्दा पनि महँगो हुन्छ भन्दा अनौठो लाग्न सक्ला ? तर यो सत्य कुरा हो । हालै बजारमा आएको नयाँ नङ पोलिश किन्ने पैसाले ५ वटासम्म बिएमडब्लु कार किन्न सकिन्छ ।
यो नयाँ नङ पोलिश एजेचर ब्राण्डको हो जसको बजार मूल्य २ करोड ५६ लाख रहेको छ । यसलाई ब्ल्याक डाइमण्डको नामले पनि चिनिन्छ । ब्ल्याक डाइमण्डकोे मुख्य विशेषता भनेको यसमा २६७ क्यारेटको ब्ल्याक डाइमण्ड प्रयोग गरिएको छ । यो नयाँ नङ पालिशलाई अहिलेसम्म २५ जना महिलाले किनिसकेका छन् ।

0 comments:

Post a Comment