Showing posts with label enterintment. Show all posts
Showing posts with label enterintment. Show all posts

Tuesday, June 21, 2016

आशालाई दुर्गेशाले “बीच बाटोमा छाडेपछि” बजारमा(भिडियो सहित)

काठमाण्डौ - प्रेम गर्नेले धोका खानुत स्वाभाविकनै हो ।तर जानी जानी धोका दिदा कसको मन नरोला आफ्नो सम्झेर प्रेम गरिन्छ भने उसैलाई जीवन समर्पण पनि गरिन्छ तर खै के हुन्छ हुन्छ उसैले आफ्नो नासंझादा हुने फाटोलाइ कुन तरिका बाट हेरम यो प्रेम हो भनेर । हो यस्तै कहानी आसा गोलेलाई पनि परेको छ ।प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको यस आशा गोलेको पहिलो लोक दोहोरी गीत “बीच बाटोमा छाडी गयौ”बजारमा आएको छ ।चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा र सन्ध्या थापाको सुमधुर आवाज रहेको गीतमा लय टुक सरु मगरको रहेको छ । आशा गोलेको शब्दमा रहेको गीतमा अभिनय भने चर्चित मोडल दुर्गेश थापा र आशा खड्काले गर्नु भएको छ ।काजिस श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने सागर गौतमले गर्नुभएको हो ।प्रियसीको पछिल्लो उत्कृष्ट उत्पादन दिएर बजारमा आएको यस गीत अहिले निकै चर्चामा छ । यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ । भिडियो हेर्न तल क्लिक गर्नुहो ।

'पप्पी देउन पप्पी लेउन' गायकले ल्याए 'आज तिमीले गर्दा खेरी'

पछिल्लो समय निकै चर्चामा रहेका गायक सुजन तिगेला लिम्बुले नंया गीत रेकर्डिङ गरेका छन् । गायक सुजनको आवाज रहेको 'आज तिमीले गर्दा' बोलको गीतमा राजन अधिकारीको शब्द र संगीत रहेको छ भने महाराज थापाको संगीत संयोजन रहेको छ । सुजनले यसअघि ''पप्पी देउन पप्पी लेउन'' बाट निकै चर्चा पाएका थिए भने यहि गीतबाट उनले सफलता पनि हासिल गरेका थिए । सुजन चाडै नै 'आज तिमीले गर्दा'को म्युजिक भिडियो बजारमा ल्याउने तयारीमा छन् । भिडियो :

माया जिउने आधार हो भन्छ्न तर त्यही मायाले जब मृत्यु वरण गराउछ अनि ...?

अहिले हाम्रो देशमा पनि लिभिङ टुगेदर अर्थात बिबाह नगरि युबा युबती संगै बस्ने प्रचलन बढेको छ। सोहि विषयक एक सर्ट मुवि एन एच एस मिडिया ले निर्माण गरेको छ रखैल । आफ्नो जिवन भरिको कमाइ सबै आफुले बिस्वास गरेको एकै कोठामा बस्ने युवक लाइ दिदै गै उस्ले। तर उस्ले उस्को मनको कपट बुझनै सकिन । र अन्तैमा उसै बाट मर्नु पर्‍यो। यहि कथाको सेरोफेरोमा सर्ट मुवि रखैल निर्माण भएको छ। शंकर अधिकारी घायलको लेखन / निर्देशन ,रामेस्वर हुमागाइ को छायांकन ,युबराज खत्री को सम्पादन मा सन्चारकर्मी दिनेस थापा, करिस्मा पौडेल र लक्ष्मि कार्की को अभिनय रहेको रखैल मुवि लाइ एन एच एस मिडिया ले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेकोछ । भिडियो हेर्नुस

Tuesday, June 14, 2016

व्यस्त संगै महंगा हुदैछन् एक्सन डिरेक्टर चन्द्र पन्त

काठमाण्डौ । नेपाली , हिन्दी र भोजपुरी भाषाका चलचित्रमा बराबर सक्रिय द्धन्द निर्देशक चन्द्र पन्त यतिबेला नेपालमा पनि व्यस्त छन् ।  भर्खरै लप्पनछप्पनमा द्धन्द निर्देशन गरेका पन्त हिफाजत २ र हिरो  रिटन्स पनि साइन गरिसकेका छन् । उनको व्यस्तता संगै उनी महंगा फाइट डाइरेक्टरको रुपमा पनि चिनिन्छन् ।
हाल सम्म ४० भन्दा बढि सिनेमामा द्धन्द निर्देशन गरिसकेका पन्तले हालसालै मात्र अन्र्तराष्ट्रिय स्तरको द्धन्द निर्देशन संग सम्वन्धित वर्कसपमा सहभागिता जनाएर नेपाल फर्केका छन् । राम्रो फिल्म छानेर मात्र चलचित्र गर्ने बताउने पन्तले काम गरेका अधिकाश चलचित्र नेपाली बक्स अफिसमा  सुपरहिट भएका छन् । भर्खरै हिफाजत २ साइन गरेका पन्तको बारेमा निर्माता छबिराज ओझाले खुलेरै तारिफ पनि गरे । यतिबेला उनि आफै निर्देशक भएर एक भोजपुरी फिल्म निर्देशन गर्ने हल्ला पनि चलिरहेको छ

Monday, June 13, 2016

एक नया अनुहारको रजतपटमा आगमन नव नायक हर्शित रिजन।

नायक हर्षित सुन्सरीको प्रकासपुरमा जन्मिए पनि बाल्यकाल राजधानी मै बित्यो। दिन रात हार्मोनियमको आवाज, गायिका दिदि नित्याशिवा र गितकार दाजु शंकर अधिकारी घायलसंगै रेकर्ड स्टुडियो र सुटिङ सपट्मा धाउदा धाउदै उनमा भएको कला जुरमुराउनु स्वभाविक नै थियो। २०७१ सालमा नित्याशिवाको आवाज रहेको गित 'दोबाटोमा जुध्यो आखा' बोलको भिडियो सन्ध्या भट्टराईसंग खेलेपछि उनको नेपाली रजतपट्मा आगमन भएको हो। त्यस पछि म्युजिक भिडियो सर्ट मुवि गर्दै पहिलो नेपाली चलचित्र 'दिदिको मायामा' अभिनय गरेका छ्न। सायद 'दिदिको माया' चलचित्र रिलिज भएपछि रजतपटमा उपस्थिति हुनेछन्। गीतसंगीतको बातावरणमा हुर्कदै हर्षित रजतपटमा प्रवेश गरेका छ्न। चकलेटी अनुहारका हर्षितको आगमनले पक्कै केहि हद सम्म रजतपटमा नायकको कमि पुरा गर्ने आशा गर्न सकिन्छ।

Monday, September 21, 2015

बलिउड बादशाह साहरुख खानको मृत्यु...!

हिजो रातीदेखि निदाउन सकेको छैन । किनभने विश्वास गर्न सकेको छैन । विश्वास र निद्रामा धेरै समानता हुन्छन् क्यारे । सबै ठिक छ भन्ने लागेपछि निद्रा लाग्ने ।
त्यही विश्वास जाग्न नसकेरै निद्रा लागेन । के गरौं ?
खवर आएको छ, 'साहरुख खानको देहान्त भयो ।' मेरी आफ्नै बैनीले हिजो बेलुका यो खबर सुनाउँदा धेरै गाह्रो गरी सुनाएकी थिई । लगभग रोएको अवस्थामा । मैले साहरुखकी काजोललाई सम्झे । निद्रा कसरी पर्छ र ? मलाई थाहा छ, साहरुखको मृत्युमा मेरो हात छैन तर काजोललाई त्यहाँसम्म पुर्‍याउन कतै न कतै मेरो हात पनि छ । हिजो गौरब लाग्थ्यो, दुई प्रेमीलाई मिलाउन मैले सहयोग गरें । आज थोरै अपराध बोध पनि हुन थालेको छ ।  अब काजोल एक्ली भइ । कुनै दिन मलाई उसले ती पुराना घटनामा मेरो संलग्नताको विषयलाई लिएर उठाएर प्रश्न गरी भने मैले के जबाफ दिनु ? के प्रेम मात्रै सबैथोक हो भन्न मैले पाउँछु ? प्रेमका बारेमा लेख्नु र यथार्थ भोग्नु फरक कुरा हो कि । उसले नसोध्न पनि सक्छे तर मन कहाँ मान्छ ? प्रेम लेखक अश्विनी कोइरालले बिगतमा गरेको गौरब गर्ने गरेको एउटा घटना अहिले पासो बनेको छ । करिब १२ घन्टा हुन लाग्यो, यसबाट मुक्ति पाउन सकेको छैन । जब मान्छे भित्र भित्रै छट्पटिन्छ, उसलाई के गर्ने होस हुँदैन । यो बेहोसी मै म यी कुरा लेख्दैछु । तपाईंलाई गलत लागे, डिलिट गर्न सुझाब दिनुहोला । सहि भए पछि कुनै दिन कथामा पनि राखौंला । माफ गर प्यारी काजोल, म तिम्रो कथा लेख्न बाध्य भएँ । धेरैलाई थाहा नभएको कुरा खोल्न बाध्य  भएँ ।

काजोल हाम्री साथी थिई । अझ छिमेकी  पनि । ऊ काली भएकैले हामीले उसको नाम काजोल राखेका होइनौ । जब उसले साहरुखलाई मन पराई, उसलाई पाउनै पर्छ भनेर हत्ते गर्न थाली, त्यसपछि उसको नाम हामीले काजोल राखिदिऔं ।
उसको एउटा आँखा अलिकति सानो थियो । बच्चा थियौं, मन सफा थियो । लोक-लाज जान्दैनथ्यौ । यहि कारण उसका सबै राम्रा अङ्ग बिर्सेर हामी उसको आँखाको बद्नाम गरिदिन्थ्यौ । भन्थ्यो, 'तँ जस्ती डेढीलाई तेरो साहरुखलाई किन मनपराउँछ ? तँ उसको उसको खुट्टामा पनि बाँध्न  सुहाउँदिनस् ।'
हामीले यसो भन्दा रिसले आगो हुन्थी । खेदेको खेदै, हामी मध्ये कसैलाई पक्रन्थी र मरुन्जेल कुट्थी । उ हामीलाई कुट्दै रुन्थी र भन्थी, तिर्मेकै अघि त्योसँग भागेर देखाइदिन्छु । तिमेरु बाहुन-बाहुनी जस्तो म नामर्द होइन ।'
हुन पनि हो, हामी बाहुन-बाहुनी कतिपय एक-अर्कालाई मनपराउँथ्यौं । भन्न सक्तैनथ्यौ । भनिहाले पनि स्वीकार गर्न डराउँथ्यौ । काम्दो हातले एकअर्कालाई छुन्थ्यौ तर एउटा हातले छोएको अर्को हातले चाल नपाओस् भनेझैं गर्दथ्यौं । उ भने हाकाहाकी हामी साथीहरुसँग साहरुख खान मनपराएको र उसैसँग भाग्ने घोषणा गर्थी । उसलाई भेट्न जान्थी र साँझ परेपछि मात्रै र्फकन्थी । यत्ती हो, उसका गाईबस्तु हामीले हेरिदिनु पर्दथ्यो । कहिलेकाहीँ घाँस काटिदिनु पर्दथ्यो । उसको प्रेमको ढाकछोप गरिदिनु पर्दथ्यो । उसले प्रेम कसरी गर्नुपर्छ भनेर हामीलाई धेरै पटक सिकाई, हामीले कहिलै सिक्न सकेनौं ।
एक दिन दसैंको टिकाका दिन, उसले घरबाट टिका र जमरा चोरेर ल्याई । भनी, 'मेरो साहरुख खानले मलाई आज टिका लगाइदिन्छ, आर्शिवाद दिन्छ । सबैभन्दा पहिले म उसकै हातको टिका लगाउँछु । साक्षी तिमेरु बस्नुपर्छ ।' यो उसको जिद्दि प्रेमको अनौठो नमूना थियो । हामीले यसलाई पागलपन ठान्यौं, तर उ यस्ता कुरालाई प्रेमको लिला भन्थी । त्यो बेला केटाकेटीले कुनै चकचक गरे भने ठूला बडाले भन्थे, 'यी केटाकेटीको लिला खपिसक्नु छैन । वाक्क भैसक्यौं ।' त्यही शब्द सापटी लिएर भन्थी, 'यो मेरो प्रेमलिला हो ।'
नभन्दै त्यो दिन विहान १० बजेतिर उसको साहरुख खान खेतमै मोटरसाइकल लिएर आयो । मोटरसाइकललाई कसैले नदेखिने गरी खेतको गरामा लडायो र अलि पर गएर बस्यो । हामी ४ जना साथीहरु हाम्री काजोललाई लिएर उसको नजिक पुग्यौं । काजोलले जमरा-टिका उसको हातमा दिएर घुँडा टेकेर बसी । साहरुखले बडो स्पष्ट शब्दमा आयुद्रोणनसुने श्रेयमदशरथे...भन्न थाल्यो । काजोल आँखा चिम्लेर दुई हात थापेर आर्शिवाद लिइरही । जब मन्त्र र आशिर्वाद सकियो । काजोलले हाम्रो आँखालाई अविश्वास लाग्ने काम गरी... उसको खुट्टामा ढोकिदिई । आमोई... के गरेको...हामी भन्दै थियौं । साहरुखले भन्यो, 'भाग्यवती भव, पुत्रवती भव ।'

त्यो दिन साहरुखले मसँग गम्भीर भावमा भन्यो, 'हेर अश्विनी, म उसलाई भगाएर काठमाडौं लैजादैछु । तिमीले सहयोग गर्नुपर्छ । समय आएपछि के गर्ने त्यो यिनले भन्नेछिन् । उसको दाजु-दिदीसँग  नडराउनु । प्रेमलाई सहयोग गर्नु धर्म पनि हो ।'
त्यो वर्षको तिहारमा हामी धेउसी-भैले खेल्दै साहरुखको गाउँ पुग्यौं । अरुको घरमा भन्दा साहरुखको घरको दक्षिणा लिन अलि समय लाग्यो । कारण राती हुँदी दुईजना लामो समय हराएका थिए । र्फकदा उसलाई हामीले चाहिँदो नचाहिँदो भनेर जिस्क्याउँन थाल्यौं । उसले केही पनि जबाफ दिइन । बरु गम्भीर, झन् गम्भीर हुँदै गई । बोल्दै बोलिन । हामी आ-आफ्नो घर छिर्‍यौं । मेरो घर छिर्नुअघि काजोलले भनी, 'अश्विनी हामी भोली भाग्दैछौं । तिमी मसँग जानुपर्छ । हामीलाई गाडी चढाएर मात्र तिमीले र्फकन पाउँछौं ।'
किन उनीहरुले मलाई नै विश्वास गरे, थाहा छैन । तर उसले विहानै कपडाको झोला ल्याएर मलाई दिई । त्यसपछि बसपार्कको होटल, जहाँ उसको साहरुख उसलाई पर्खीरहेको थियो, त्यसको ठेगाना  पनि । म ठेगाना दिइएको होटलमा पुग्ों । साहरुख बियर खाइरहेको थियो । कपडाको झोला उसलाई दिएपछि उसले त्यसलाई मिलाएर आफ्नो ब्यागमा हाल्यो । काजोल आइपुगेकी थिइन, मेरा लागि पनि बियर मगायो । म खान्न भन्दै थिएँ, उसले भन्यो, 'म पनि बाहुन नै हुँ । यत्रो सहयोग गरेका छौ, मैले आज त्यतिकै पठाउन मिल्दैन ।' जीवनमा पहिलो पटक बियर चाखें । साहरुखले नै मलाई बियरको स्वादको वर्णन गर्दै आजको जुगमा यो अनिवार्य तरल पदार्थ भएको बतायो । मैले एक गिलास खाँदा उसले ४ बोतल भ्याइसकेको थियो ।
करिब दुई-तीन घन्टा थोत्रे कपडा लगाएर हाम्री काजोल होटलमा आइपुगी । घाँस काट्ने हसिँया उसको साथमै थियो । साहरुखले हँसियालाई कोठाको एउटा कुनामा हुत्यायो र उसले भर्खरै किने जस्तो लाग्ने नयाँ कुर्तासलवार लगाउन दियो । उसले काजोलको गाडी नम्बर र सिट नम्बर दियो र बाहिर निस्कियो । मैले नै काजोललाई उसको सिटमा पुर्‍याएँ । दुईजनाको सिट नम्बर फरक थियो । गाडी नहिँडुन्जेल म काजोलसँगै थिएँ । उसको न्याउरो अनुहारलाई सकेसम्म खुसी बनाउने प्रयास गर्दैथिएँ ।

उनीहरु भागेर काठमाडौं पुगे तर गाउँबाट मेरो उठिबास लाग्यो । प्रहरी सई भएको उसको दाइले मलाई दुई थप्पड लगाएर उसको ठेगाना मागे । मैले दिन चाहिन । धेरै फिल्ममा प्रेमका लागि कुटाइ खाएको दृष्य मैमाथि घटिरहेको थियो । गाउँलेहरुले मलाई छि छि र दूर दूर गरिरहेका थिए । म भने भित्रभित्रै गौरव गरिरहेको थिएँ । कतिसम्म भयो भने हामी दुई परिवारको बोलचाल बन्द भयो । काजोलका सबै परिवारहरु पढेलेखेकै थिए तर आफ्नै जातको केटो नखोजेको र सुटुक्क भागेकोमा उनीहरुको आपत्ती थियो । त्यसमा पनि मैले नै प्रेम गराएको र भगाएको भन्ने आरोपले सारा रिस ममाथि खनिएको थियो ।
जब म पत्रकारिता गर्न काठमाडौं आएँ, पहिलो बास उनीहरुकै डेरामा बसें । कौसलटारको एउटा साँगुरो कोठामा उनीहरुको स्वर्ग जस्तो संसार देखेर खुसी भएको थिएँ । खुसीमा फेरी पनि वियरका बोतल खोलिएका थिए ।

आज २० वर्षपछि साहरुखको मृत्युको खबर आएको छ । ती सारा दृष्य फनफनी घुमिरहेका छन् । आज यत्रो वर्षपछि पनि काजोलको परिवारसँग राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन । त्यति मात्र कहाँ हो र, त्यो दिनदेखि मेरी काजोलले माइतीघर टेकेकी छैन । कसैले पनि बोलाएनन्, उसले पनि निहुरिएर माइती घर आउन पाउँ भन्ने बिन्ती चढाइन । उनीहरु काठमाडौं बसुन्जेल म नै माइती र साथी थिएँ । पछि फर्केर उनीहरु बिराटनगर गए । त्यो बेला पनि बेला बेलामा कुराकानी हुन्थ्यो । त्यो बेला सबै ठिकै थियो तर खबर यस्तो आएको छ ।
प्यारी काजोल, मलाई थाहा छ, हिन्दी चलचित्रकी काजोल जस्ती तिमी थिइनौ । छैनौ । तर तिम्रो साहरुख खान साच्चै नै साहरुख जस्तै थियो । उमेर पनि साहरुख कै हाराहारीमा हुनुपर्छ । उसले हाँस्दा एकापट्टीको कालामा डिम्पल पर्दथ्यो, साहरुख जस्तै । उसले छानी छानी साहरुख कै पहिरन किन्थ्यो र तिमीलाई अलिकति मनपरेन भने यो त साहरुखले लगाउने जस्तो छैन भन्थ्यौं, उसले परिवर्तन   गर्दथ्यो । काजोलले अजय देवगनसँग विवाह गरेको खबर सुनेर कुनै नेपाली दुःखी भएको थियो भने त्यो तिमी नै थियौ । र, विवाहपछि उसले लामो समय साहरुखसँग फिल्म नखेल्दा तिमी उस्तै दुःखी भएकी थियौं । र, त्यो चिच्याएर खुसी भएको आवाज पनि मेरो कानमा गुञ्जिरहेको छ, जब तिमीले 'माई नेम इन खान' फिल्ममा साहरुख र काजोलसँगै फिल्म खेल्न लागेको समाचार सुनाएकी थियौं ।

आज सबै कुरामा ग्रहण लागेको छ । अब तिम्रो साहरुख तिमीसँग छैन । किन छैन ? म तिमीलाई कसरी सम्झाऊ, के भनेर सम्झाऊ । यति भन्छु, संसारमा सबै जना सधैंभरी खुसी हुन सक्दैनन् । तिम्रो हकमा पनि यहि लागू भयो ।
तै पनि तिम्रो साहरुख तिमीसँगै छ, तिम्रो यादमा । तिमीले उसँग स्वणर्ीम २० वर्ष बितायौं । सानैमा विवाह गर्‍यौं र यति लामो अवधि प्रेम गर्न पायौ । सबैको भाग्यमा यति लामो प्रेम कहाँ लेखेको हुन्छ र ? थप २० वर्ष त उसका प्रेम नै सम्झेर जीवन बिताउन सक्छौं । छोराछोरी हुर्कदैछन्, उनीहरुलाई हेरेर पनि चित्त बुझाउन सक्छौं । ध्यान दिएर हेर त तिम्रो छोरो बाऊ जस्तै साहरुख जस्तो छैन र ?
@ekantipur.com

Friday, September 18, 2015

मन मिलेमा मात्र सेक्स – उरुषा

बसुन्धरा काठमाण्डौमा बस्दै आएकी मोडल उरुषा पाण्डे मोडलिङ क्षेत्रमा संघर्षरत रहेकी छन् । केही सट मूभिमा अभिनय गर्दै मोडलिङमा अभिनय गरेकी उरुषा यो पेशालाई नै भबिष्य बनाउने दृढताका साथ संघर्ष गरिरहेकी छन् । उनी भन्छिन् – घरपरिवारको मलाई निकै साथ र सहयोग रहेको छ । विश्वास छ एकदिन अवश्यै सफल हुनेछु ।उरुषा सटमूभिमा अभिनय गर्न मात्र हैन लेखनमा समेत अब्बल रहेकी छन् । उनले भनिन् – मैले लेखेको केही सटमूभिहरु समेत छायाँकनको तयारीमा रहेको छ । बिबिएस पहिलो वर्षमा अध्यनरत रहेकी उरुषा अध्ययनलाई समेत असर नपर्नेगरि मोडलिङ क्षेत्रमा लागिरहने बताउँछिन् । अहिलेसम्म कसैको पनि प्रेममा नपरेकी उरुषा प्रेम भन्दा पनि आफ्नो करियर नै पहिलो महत्वपुर्ण रहेकी बताउँछिन् ।

सेक्स राम्रो र नराम्रो दुबै भएको बताउँने उनी दुबैको मन मिलेमा र बिश्वास भएमा सेक्स हुन सक्ने उनको धारणा छ । उनी भन्छिन् – यो दुई प्रेमीको इच्छाले भयो भने राम्रो तर यही कुरा जर्बजस्ती हुन्छ भने त्यो नराम्रो हुने उनको ठहर छ । तर समाज अनुसार जानु पर्ने भएकाले बिवाहअघिको सेक्सलाई उचित नठान्ने उरुषा आफुलाई सेक्सप्रति त्यति इन्ट्रेस समेत नरहेको र अनुभव समेत नभएको बताउँछिन् ।
उनले जे कुराको पनि सही समय आउने बताउँदै अहिले आफ्नो समय राम्रोसँग पढ्ने र करियर बनाउने रहेको ठान्छिन् । राम्रो कथा र लेखन भएमा सटमूभि, म्युजिक भिडियो लगायतको अफर आएमा आफ्नो अभिनय अनुसार स्विकार गर्ने उनको विचार छ ।

ल हेर्नुस रेखा थापाको सेक्सी भिडियो (भिडियो सहित )

ल हेर्नुस रेखा थापाको सेक्सी भिडियो (भिडियो सहित )

कतारको आँखा : ‘लुट’ले लुटेको राजेश हमालको क्रेज

आफूलाई विकसित र भव्य मुलुकको रुपमा चिनाउँदै लगेको कतारको विमानस्थल झर्ने वित्तिकै नेपालीसँग भेट हुन्छ । कतारको भव्य विमानस्थलमा नेपालीहरु विभिन्न पोष्टमा काम गर्छन् । विमानस्थलका विभिन्न विभागमा नेपालीहरुले काम गर्ने  भएकै कारण पनि कतारमा विभिन्न कारणले आउने नेपालीहरुलाई धेरै  सजिलो पनि भएको छ । कतारको विमानस्थलदेखि भेटिने नेपालीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । तर, जे जस्तो स्थानमा काम गरेपनि उनीहरुको नेपाल र नेपाली कला संकृती प्रतीको माया भने अथाहा नै छ ।
विमानस्थलमा नेपालबाट आउने कलाकारहरुलाई परैबाट चिन्छन् उनीहरु । कलाकारका चलचित्रको नामदेखि कथावस्तु समेत सुनाउछन् । युटुबले अहिले विदेशमा बस्ने नेपालीलाई नेपाली चलचित्रसँग नजिक बनाउने काम गरेको छ । नेपाली चलचित्र र गीतसंगीतप्रति उनीहरुले देखाएको माया साच्चै लोभलाग्दो छ । यसैले त कतार आउने नेपाली कलाकारले यहाँ ठूलो सम्मान पाउने गरेका छन् ।

कतारको विमानस्थलमा भेटिएका एक नेपाली थिए, कृष्ण । विगत ८ बर्षदेखि कतारको कतार एयरवेजमा काम गर्दै आएका कृष्ण नेपाली चलचित्रसँग खुबै जानकार छन् । उनले युटुबमा नेपाली चलचित्र हेर्ने गरेको बताए ।
कुराकानीका क्रममा उनले नेपाली चलचित्रको स्वरुप र बिषय बदलिएको कुरा गरे । जब चलचित्र ‘लुट’ सार्वजनिक भयो, यसपछि नेपाली चलचित्रका शक्तिशाली नायक राजेश हमालको क्रेज घट्यो’, उनले विश्लेषण सुनाए । राजेश हमाललाई सधै पर्दामा एकै रुपमा हेरेकाले पनि ‘लुट’ले उनको क्रेज लुटेको कृष्णको भनाई छ । अहिले नेपाली चलचित्रका नयाँदेखि पुराना चलचित्रका कुरा राम्रैसँग थाहा छ यहाँका नेपालीलाई । नयाँ नेपाली चलचित्रका गीत बरु नेपालमा बस्ने दर्शकले थाहा नपाउलान्, कतारमा बस्नेहरुलाई थाहा हुन्छ ।
राजेश हमालले पनि आफूलाई फरक-फरक गेटअपमा प्रस्तुत गरेको भए, सायद उनको क्रेज अहिले पनि उस्तै रहने वुझाई केही नेपालीले सुनाए । तर, ‘लुट’ चलचित्र बजारमा आएसँगै पुराना स्टारको क्रेज घटेर दयाहाङ राई  जस्ता कलाकार जन्मिएको वुझाई केही नेपालीले सुनाए ।
सेप्टेम्बर २४ मा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का कारण पनि अहिले कतारको माहोल गर्माएको छ । अवार्डलाई भव्य बनाउनका लागि नेपालीहरु लागिपरेका छन् । १७ हजार दर्शक अट्ने स्टेडियममा करिब १५ हजार दर्शकको अपेक्षा गरिएको छ ।
-अनलाइन खबर बाट

मेरी बास्सैमा देखिन छाडेकी निर्मली ( ठ्यास कुमारी ) अमेरीकामा दर्शकको मन जित्न ब्यस्त

अमेरिका, १ असोज / नेपाल टेलिभिजनबाट प्रत्येक मंगलबार राती प्रसारण हुने लोकप्रीय हास्य टेलिश्रृंखला मेरीबास्सैकी एक पात्रहुन निरु खडका उर्फ निर्मर्ली उपनाम ठयास कुमारी आज भोली मेरीबास्स्ौमा देखिन छाडेकी छिन कारण उनि अमेरीकामा रहेका नेपालीहरुको मन जित्न ब्यस्त रहेकी छिन । निर्मली वा ‘ठ्यास कुमारी’को नामले चर्चित हास्य कलाकार निरु खड्का दुई महिनाभन्दा लामो दसैँ तिहार धमाका कार्यक्रम लिएर अमेरिकामा व्यस्त रहेकी हुन । निरुले आफ्नो एक दशक लामो कला यात्रामा ‘मेरी बास्सै’ जस्तो सफल हास्य टेलिचलचित्र, ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’ जस्तो मार्मिक म्युजिक भिडियोमा अभिनय गरी दर्शकको मन जित्न सफल भएकी छिन ।

जितु नेपाल, बद्री पङ्गेनी, शिला आले तथा मनोज ढकालजस्ता कलाकारसँग अमेरिकाको विभिन्न सहरमा हुने २० भन्दा बढी दसैँ तिहार धमाका कार्यक्रममा अपेक्षा गरेभन्दा आफ्नो आकर्षक नृत्य र प्रहसनबाट राम्रो प्रस्तुति गरी दर्शकको मन जित्न सफल भएकी छिन् । उनको प्रस्तुतिमा सम्पूर्ण दर्शक नै सँगसँगै बगिरहेका थिए । आफ्नो प्रस्तुतिको अन्तमा नेपाली राजनीतिको परिदृष्य प्रवासमा आउन नदिउँ, सबै दाजुभाइ, दिदीबहिनी हामी नेपाली भनेर बाँच्न र पहिचान बनाउन सिकौँ भन्दै सन्देश दिएकी छिन् ।

सुरु भयो रेखाको ‘रामप्यारी’

काठमाण्डौ। गएको बर्ष फुलपातीमा प्रदर्शनमा आएको चलचित्र ‘हिम्मतवाली’पछि नायिका रेखा थापाले आफ्नो लगानी र अभिनयमा चलचित्र ‘रामप्यारी’को छायांकन सुरु गरेकी छिन् ।

सबिर श्रेष्ठ निर्देशित चलचित्र रामप्यारीको शुक्रबार ललितपुरको गोदावरीस्थित हरिसीद्धी ईट्टा भट्टाबाट सुटिङ सुरु गरिएको हो । छायांकनको पहिलो दिन नव नायक आभाष अधिकारी र नायिका आश्मा डिसीले सट दिइरहेका छन् । आभाष र आश्माले सट् दिनु पुर्व चलचित्रकी प्रमुख पात्र तथा निर्मात्री रेखा थापाले मुर्हत सट दिएकी थिइन् ।


चैत २६ गते देखि प्रदर्शनमा ल्याउने तयारीका साथ चलचित्रको छायांकन सुरु गरेकी रेखाले दर्शकको चाहना बमोजिम चलचित्र निर्माण गर्ने बताइन् । उनले भनिन्, ‘दर्शक लाई मन पर्ने चलचित्र बनाउँछु । आजका नारी पनि हरेक पेशामा सशक्त र स्वाभिमान छन् भन्ने ‘राम प्यारी’ ले सन्देश दिन्छ ।’ रेखा फिल्मस्को प्रस्तुतीमा सरस्वती थापा निर्माता रहेको फिल्मको एउटा गीतमा संगीत समेत रेखाले नै दिएकी छन् ।

Thursday, September 17, 2015

'द जंगल बुक'को डर लाग्दो टिजर (भिडियो)

ताजाखबर। हलिउड चलचित्र निर्माण कम्पनी डिज्नेले आफ्नो आगामी लाइभ-एक्सन चलचित्र ‘द जंगल बुक’को पहिलो टिजर रिलिज गरेको छ । जोन फेवरू निर्देशित यस चलचित्रको सार्वजनिक टिजर हेर्दा जो कोहि पनि पनि आङ सिरिङ्ग हुन्छ । टिजरले मोगलीसँग जोडिएका यादहरुलाई ताजा बनाउँनेछ । द जंगल बुकको सार्वजनिक टिजरमा मोगली लगभग सबै भुमिकामा देखिएका छन् । चलचित्रमा निल सेथी मुग्लीको शीर्ष भूमिकामा रहेका छन् भने बेन किङ्सले बाघिरा बनेका छन् । चलचित्र आगामी वर्ष अप्रिल १५ मा रिलिज हुनेछ । चलचित्र रुड्याड किप्लिङको सोही नामको किताबमा आधारित रहेको छ । टिजर हेर्नुहोस्:

Wednesday, September 16, 2015

अर्धनग्न नायिकालाई मन्त्रीले यसरी झपारे,


काठमाडौँ, ३० भदौ । बलीउड र हलीउडमा विषेश गरी नायिकाहरु छोटा कपडामा देखिनु सामान्य नै मानिन्छ । तर एक कार्यक्रममा उपस्थित भएका मन्त्रीले त्यसलाई असामान्य रुपमा लिएर नायिका माथि नै जाइलागे ।



एक अर्वाड वितरण कार्यक्रममा बोलाइएका तामिल मुख्यमन्त्रीका सामु भारतीय नायिका श्रिया सारन छोटा कपडामा पुगेपछि धेरै बबाल नै भयो । भारतका राजनितिक पार्टी हरुले पनि यो कुरामा आपत्ति जनाए पछि श्रियाले माफि नै मागिन।

देहरादुनमा जन्मेकी श्रियाले ‘शिवजी’, ‘तुझे मेरी कसम’ , हिन्दी, तेलेगु, तामिल, कन्नड, मलायालम र केही अंग्रेजी फिल्ममा अभिनय गरीसकेकी छिन् । हलिउड फिल्म ‘द अदर एन्ड अफ द लाईन’, ‘मिडनाइट्स चिल्ड्रेन’, ‘कुकिङ विथ स्टेला’ मा अभिनय गरिसकेकी छिन् ।


पलायन भएकी ऋचाले किनिन् अमेरिकामा घर,

काठमाण्डौ। एकाएक क्यानडा हुँदै अमेरिका पलायन भएकी नेपाली नायिका ऋचा घिमिरेले अमेरिकामा घर किनेकी छन् । ऋचाले मंगलबार नयाँ घरमा प्रवेश गरेकी हुन् ।

आफूहरूले निर्माण गरेको तुलसी चलचित्रको विशेष शोका लागि भन्दै सपरिवारका साथ क्यानडा पुगेका घिमिरे दम्पती तीन महिना क्यानडा बसेपछि उनीहरु अमेरिका हानिएको थिए । त्यसपछि यो जोडी अहिलेसम्म नेपाल फर्किएको छैन । अमेरिकामा बसोबास गरेको छोटो समयमा नै उनीहरुले अमेरिकामा २ तले आर्कषक घर किनेका हुन् ।



नेपालमा ढुकुटी काण्ड भएपछि अमेरिका पुगेर दुई सन्तानकी आमा समेत भइसकेकी ऋचा अब नेपाल चलचित्र क्षेत्रमा नदेखिने सुरमा छिन् । ऋचाले अभिनय गरेको पछिल्लो चलचित्र तुलसी हो, जुन अहिलेसम्म प्रदर्शन भएको छैन । यो चलचित्रको विभिन्न देशहरुमा विशेष शो गरिसकिएको छ । तुलसीलाई ऋचाका पति शंकर घिमिरेले निर्देशन गरेका थिए ।

बिहेपछि शंकरको निर्देशनमा ऋचा निर्माता रहेको ब्रेकफेल नामक कमेडी चलचित्र बन्यो । तर, व्यावसायिक रूपमा सफल भएन । त्यसपछि उनीहरूले तुलसी निर्माण गरे । तुलसीको लगानी भने अन्तर्राष्ट्रिय बजारबाट उपर गर्न सफल भएको उनीहरूको दाबी छ ।


आइ लव यू भन्छु काले माइन्ड नगर भन्दै गायिका सरीता प्रजापति तताउदै छिन स्टेज,

यही अवसरमा गायिका सरिता प्रजापतिले आइलभ यू भन्छु काले माइन्ड नगर भन्दै आफ्नो प्रस्तुती पस्किएकी छिन् । गायिका प्रजापतिकै लय र शब्द रहेको गितका एरेन्जर सुन्दर लामा हुन । गीतको भिडियोमा गायिका प्रजापतिका साथमा राज, सोनु र सुनिलको अभिनय रहेको छ । सन्तोष राजबहाक नृत्य निर्देशन हुन । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको यस भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन् । भिडियोलाई केदार धितालले निर्देशन गरेका हुन् ।

रात बिरात आफ्नो जवानी बिशाउदै काठमाडौँका धनी बाउका छोरीहरुको यस्तो छ चर्तिकला (भिडियो सहित)

रात बिरात आफ्नो जवानी बिशाउदै काठमाडौँका धनी बाउका छोरीहरुको यस्तो छ चर्तिकला (भिडियो सहित)

फेसबुकमा भएको च्याटको भरमा भेट्न जाँदा यस्तो हालत | भिडियो सहित

फेसबुकमा भएको च्याटको भरमा भेट्न जाँदा यस्तो हालत | भिडियो सहित

Tuesday, September 15, 2015

बोर्डको ‘चलचित्रकर्मी कल्याणकोष’को संयोजकमा झरना थापा

नायिका झरना थापालाई चलचित्र विकास बोर्डले लामो समयदेखि रिक्त रहँदै आएको ‘चलचित्रकर्मी कल्याणकोष सञ्चालक समिती’को संयोजक पदको जिम्मा दिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले जारी गरेको विज्ञप्तीमा नायिका थापालाई नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै यो जिम्मेवारी दिइएको हो । यस्तै, कलाकार वसुन्धरा भुषाललाई कोषको संरक्षक पदको जिम्मा दिइएको छ । यो कोषले छायांकनको सिलसिलामा दुर्घटनामा परि घाइते भएका चलचित्रकर्मीहरुलाई उपचार खर्च पनि उपलब्ध गराउँदै आएको छ । यो कोषबाट धेरै चलचित्रकर्मी लाभान्वित पनि भैसकेका छन् ।

नेपाल सरकारको तथा विभिन्न चलचित्र सम्बन्धी संघ संस्था र व्यक्तिको सहयोगमा यो कोष संचालन हुँदै आएको छ । यस कोषमा प्राप्त रकमलाई अक्षयकोषमा राखेर यसबाट प्राप्त ब्याजबाट चलचित्रकर्मीहरुलाई आपत्त, विपत्त, विरामी परेको समयमा सहयोग गर्दैै आइएको छ । यो कोषले चलचित्रकर्मीलाई अशक्तवृद्धी पनि प्रदान गर्दै आएको छ ।

ल हेर्नुस नेपाली पोर्नस्टार बन्न चाहने अर्चनाले खेलेको म्युजिक भिडियो (भिडियो सहित )

ल हेर्नुस नेपाली पोर्नस्टार बन्न चाहने अर्चनाले खेलेको म्युजिक भिडियो (भिडियो सहित ) गीत - आफ्ना कुरा माथि भोकल - सितल पाण्डे म्युजिक - हरि लम्साल मोडेल - अर्चना पनेरु महेश

Monday, September 14, 2015

‘के म तिम्रो होइन र’ को शुभसाइत

काठमाण्डौ। चलचित्र ‘कोहिनूर’को ‘के म तिम्रो होइन र’ बोलको गीतमा चलचित्र निर्माण कार्य सुरु भएको छ । सोमबार कलंकीस्थित सिटी सेन्टर अस्पतालमा चलचित्र ‘के म तिम्रो होइन र’ को शुभसाइत गर्दै निर्माण कार्य सुरु गरिएको हो ।

शुभसाइत कार्यक्रममा चलचित्रका कलाकार आर्यन अधिकारी, मरिष्का पोख्रेल र गौरी मल्लले सर्ट दिएर चलचित्रको औपचारिक सुरुवात गरिएको थियो । यस चलचित्रमा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसी लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहनेछ । शुभमुहुर्त कार्यक्रमको पूर्व राज्य मन्त्री देवेन्द्रराज कँडेल क्ल्याप ठोकेर, वितरक प्रदिप कुमार उदयले क्यामेराबमे स्विच अन गरेरे, नायक शिव श्रेष्ठले नरिबल फोडेर र मुहुर्त सटको नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठले निर्देशन गर्दै शुभारम्भ गरेका थिए ।



यस चलचित्रमा सुरज आचार्यको प्रोडक्शन डिजाइन, नवराज कृष्ण थापाको छायांकन, दिनेश वान्तवा मुख्य सहायक छायांकार, हिमाल केसी द्वन्द्व निर्देशक, रेनशा वान्तवा राईले नृत्य निर्देशकको जिम्मा लिएका छन् ।

त्यस्तै चलचित्रका गीतमा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको स्वर रहनेछ । सुरेश अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्रलाई अधिकारी ब्रदर्शको ब्यानरले द स्काई मुभिजसँगको सहकार्यमा निर्माण गर्न लागेको हो । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्नेछन् भने सत्यराज चौलागाई र प्रभात बाँस्कोटा सह-निर्देशनम रहनेछन् । चलचित्रको शुभमुहुर्त कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले चलचित्र ‘के म तिम्रो होइन र’ लभस्टोरी रहने जानकारी दिए ।