Monday, June 13, 2016

एक नया अनुहारको रजतपटमा आगमन नव नायक हर्शित रिजन।


नायक हर्षित सुन्सरीको प्रकासपुरमा जन्मिए पनि बाल्यकाल राजधानी मै बित्यो। दिन रात हार्मोनियमको आवाज, गायिका दिदि नित्याशिवा र गितकार दाजु शंकर अधिकारी घायलसंगै रेकर्ड स्टुडियो र सुटिङ सपट्मा धाउदा धाउदै उनमा भएको कला जुरमुराउनु स्वभाविक नै थियो। २०७१ सालमा नित्याशिवाको आवाज रहेको गित 'दोबाटोमा जुध्यो आखा' बोलको भिडियो सन्ध्या भट्टराईसंग खेलेपछि उनको नेपाली रजतपट्मा आगमन भएको हो। त्यस पछि म्युजिक भिडियो सर्ट मुवि गर्दै पहिलो नेपाली चलचित्र 'दिदिको मायामा' अभिनय गरेका छ्न। सायद 'दिदिको माया' चलचित्र रिलिज भएपछि रजतपटमा उपस्थिति हुनेछन्। गीतसंगीतको बातावरणमा हुर्कदै हर्षित रजतपटमा प्रवेश गरेका छ्न। चकलेटी अनुहारका हर्षितको आगमनले पक्कै केहि हद सम्म रजतपटमा नायकको कमि पुरा गर्ने आशा गर्न सकिन्छ।

0 comments:

Post a Comment