Wednesday, June 22, 2016

न्यायाधीशले मुद्दा नहेरेको भन्दै वकिल नै आमरण अनशनमा !


९ असार, काठमाडौं । आफूले दर्ता गरेको सार्वजनिक सरोकारको एउटा निवेदनलाई सर्वोच्च अदालतले सुनवाई गर्न विलम्ब गरेको भन्दै अधिवक्ता पूर्णचन्द्र पौडेल बुधबारबाट आमरण अनशनमा बसेका छन् ।
न्यायपरिषदले सर्वोच्च अदालतमा नियुक्तिका लागि गरेको सिफारिस गैरसंवैधानिक दाबी गर्दै दायर गरेको रिट निवेदन अदालतले नियतवश सुनुवाइ नगरेको भन्दै उनी अनशनमा बसेका अाजको राजधानी दैनिकमा समाचार छ ।
अपूर्ण न्यायपरिषदले सर्वोच्च अदालतमा सिफारिस गरेका नौ स्थायी न्यायाधीशको नियुक्ति प्रक्रिया रोक्न मागसहित दायर रिटलाई सर्वौच्च अदालतले ११ पटकसम्म स्थगित गरेर जानीजानी प्रयोजनहीन बनाउन लागेको उनको आरोप छ । उनले आफ्नो मुद्दालाई १४ पटक पेसी सूचीमा राखेर पनि सुनुवाइ नगरिएको बताए ।
उनी नेपाल बार एसोसिएसन परिसरमा पाल टाँगेर अनसनमा बसेका छन् ।

0 comments:

Post a Comment