Showing posts with label technology. Show all posts
Showing posts with label technology. Show all posts

Sunday, July 3, 2016

यी हुन् सबैभन्दा फास्ट इन्टरनेट भएका देशहरु

विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट भएको देश कुन हो ? अमेरिकास्थित क्लाउड सर्भिस प्रदायक संस्था अकामाइले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार दक्षिण कोरिया विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट भएकेा देशमा पहिलो स्थानमा रहेको छ ।
रिपोर्ट अनुसार दक्षिण कोरियाको औषत इन्टरनेट स्पीड २९ एमबीपिएस रहेको छ भने पिक स्पीड १०३.६ एमबीपीएस रहेको छ ।
औषत कनेक्सन स्पीडमा नर्वे दोश्रो स्थानमा छ भने स्विडेन तेश्रो, हंगकंग चौथो, स्विजरल्याण्ड पाँचौ स्थानमा रहेका छन् । त्यस्तै लाटभिया, जापान, नेदरल्याण्ड, चेक गणतन्त्र तथा फिनल्याण्ड क्रमशः पाचौँबाट दशौँ स्थानमा रहेका छन् ।

त्यस्तै उच्चतम कनेक्सन स्पीडको हिसाबले सिंगापुर पहिलो स्थानमा रहेको छ । सिंगापुरमा इन्टरनेटको पिक कनेक्सन स्पीड १४६.९ एमबीपीएस रहेको छ । हंगकंग दोस्रो,  इण्डोनेसिया तेश्रो तथा दक्षिण कोरिया चौथो स्थानमा रहेका छन् । कतार पाचौँ, मकाओ छैटौँ, जापान सातौँ, ताइवान आठौँ, रोमानिया नवौँ र मंगोलिया दशौँ स्थानमा रहेका छन् ।
औषत इन्टरनेट स्पीडको हिसाबले चीन १०० औँ, तथा भारत ११४ औँ स्थानमा रहेका छन् ।
तथ्यांक अनुसार नेपालको औषत इन्टरनेट स्पीड ३.८ एमबीपीएस रहेको छ । पछिल्लो ४ महिनामा इन्टरनेट स्पीडमा सबैभन्दा धेरै सुधार गर्ने देशमा नेपाल पनि परेको छ । यो अवधिमा नेपालको औषत इन्टरनेट गतिमा ९१ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।
विश्वको इन्टरनेट गतिको सम्बन्धमा अकामाइले सार्वजनिक गरेको सन् २०१६ को पहिलो त्रैमासिक रिपोर्ट, स्टेट अफ द इन्टरनेट रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा हाल विश्वको औषत कनेक्सन स्पीडमा २३ प्रतिशतले वृद्धि  भएको छ । जुन अहिले ६.३ एमबीपीएसमा पुगेको छ । त्यस्तै विश्वको इन्टरनेटको पिक कनेक्सन स्पीडमा १४ प्रतिशतले वृद्धि भएर ३४.७ एमबीपीएस पुगेको छ ।
त्यस्तै मोबाइल इन्टरनेट स्पीडको हिसाबले बेलायत पहिलो स्थानमा रहेको छ भने अल्जेरिया पुछारमा रहेको छ ।

Saturday, July 2, 2016

फेसबुकमा अब साथीलाई प्राथमिकता

फेसबुकले अब आफ्ना प्रयोगकर्ताको न्युजफिडमा उसका साथी तथा परिवारका सदस्यहरुलाई बढि प्राथमिकता दिने भएको छ ।
आफ्नो चासो भएका मानिसहरुका महत्वपूर्ण अपडेटहरु आफुले फेसबुकमा थाहै नपाएको भन्ने खालको गुनासो फेसबुक प्रयोगकर्ताबाट धेरै आएको भन्दै फेसबुकले यस्तो प्रयोग गर्न लागेको हो ।
यसअघि फेसबुकले न्यूज मिडिया तथा विभिन्न ब्राण्डहरुले फेसबुकमा राख्ने सामाग्रीहरुलाई बढि प्राथमिकता दिने गरेको थियो ।

फेसबुकका अनुसार उसले गरेका विभिन्न सर्भेक्षणहरुका क्रममा फसबुक प्रयोगकर्ताहरुले आफुहरुले आफ्नो फेसबुके साथीका सामाग्रीहरु ब्ढि हेर्न चाहने बताएको र अब सोही अनुसार फेसबुकको एल्गोरिदममा सामान्जस्यता ल्याउने फेसबुकको भनाइ छ ।
फेसबुकका प्रडक्ट व्यवस्थापन विभागका उपाध्यक्ष एडम मोसेरीले यस्त परिवर्तनपछि विभिन्न न्यूज मिडिया तथा ब्राण्डका फेसबुक पोष्टका भ्यूजमा उल्लेखनीय गिरावट आउने भएपनि फेसबुक प्रयोगकर्ताका लागि भने यो निकै ठूलो तथा सकारात्मक परिवर्तन हुने बतए । यसको अर्थ अब फेसबुक पेज तथा पोष्टमा बढि भन्दा बढि लाइक प्राप्त गरी लोकप्रियता देखाउने ब्राण्डहरुको प्रयासमा भने धक्का लाग्नेछ ।
फेसबुकले पहिले प्रकाशक तथा कम्पनीहरुलाई फेसबुक मार्फत बढि भन्दा बढि फलोइंग स्थापित गर्न भन्ने गरेको थियो । तर विस्तारै उसले फेसबुकका यस्ता फलोइंगलाई कम भन्दा कम उपयोगी बनाउन थालेको छ । यसको अर्थ फेसबुकको स्वार्थ र कम्पनीहरुको स्वार्थ तथा उद्धेश्यमा फरक हुनु नै रहेको विश्लेषकहरु बताउँछन् ।

फेसबुकले एक ब्लग पोष्टमार्फत आफुले अझैपनि सूचना तथा मनोरन्जनमूलक सामाग्रीहरुको पहिचान तथा प्रसारमा चासो दिने भएपनि साथी तथा परिवारहरु पहिलो प्राथमिकतमा पर्ने जनाएको छ ।

नेपाली विद्यार्थीले बनाए भूकम्प संकेतक यन्त्र

१८ असार, काठमाडौं । भूकम्प भनेपछि सबैको होस उड्छ । गत वर्षको वैशाख महिनामा गएको भुकम्पले ८ हजार बढीको ज्यान लिएपछि धेरै नेपाली अझै त्रासबाट उम्किन सकेका छैनन् ।
भुकम्पको सानो कम्पन आउँदा पनि घर वाहिर निस्कने बानी धैलाई परेको छ । आमनेपालीहरु भूकम्पबाट त्रसित बनिरहेका बेला विद्यार्थीहरुले भूकम्पको रेक्टर नाप्ने साइरन विकास गरेका छन् ।
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले ५ रेक्टर स्केलभन्दा ठूलो भूकम्प आउँदा त्यसको जनाउ दिने खालको साइरन बनाएका हुन् । ५ रेक्टर स्केलभन्दा ठूलो भूकम्प आउँदा आफैं बज्ने साइरन पुल्चोक इन्जिनियरिङ क्याम्पसको हातामा जारी १३ औं लोकस राष्ट्रिय प्रविधि महोत्सवमा प्रदर्शनीमा राखिएको छ ।

भूकम्प व्यवस्थापन आपतकालीन सेवा शिर्षकमा विद्यार्थीहरु विराट पोखरेल, अरुण दाहाल, फणिन्द्र सापकोटा र सिजन देवकोटाले  उक्त साइरन बनाएका हुन् ।
पुल्चोक क्याम्पसका विद्यार्थीहरुले सडकमा नबसी ट्राफिक व्यवस्थापन गर्न सहयोग गर्ने यन्त्र समेत बनाएका छन् । विद्यार्थीहरु सुवास तिमल्सिना, त्रिविक्रम पन्थी, प्रेम पाण्डे र नेहा काहीवोयाले ट्राफिक प्रहरीले सीसीटिभी हेरेर ट्राफिक व्यवस्थापन गर्ने यन्त्र बनाएका हुन् ।
मेलामा १ सय ५ वटा स्टल छन् । ती स्टलमा ओपन इनोभेसन, इनर्जी एण्ड सोसाइटी, इन्डष्ट्री एण्ड अटोमेशन र गेम्स एण्ड इन्टरटेनमेन्ट विधामा इलेक्ट्रोनिक्स, इलेक्टि्रकल र कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीहरुले विकास गरेका प्रविधिहरु राखिएका छन् ।
महोत्सव अवलोकन गर्न पुगेका अन्य क्याम्पसका विद्यार्थीहरुले मेलामा राखिएका प्रविधिहरु नयाँ र सिर्जनशील खालका भएको बताए । शुक्रबार सुरु भएको महोत्सव आइतबारसम्म चल्ने छ ।

Thursday, June 30, 2016

फेसबुकले बदल्यो लाइक बटन

फेसबुकले आफ्नो सानो निलो रंगको लाइक बटनलाई रिडिजाइन गरेको छ । उक्त बटनबाट फेसबुकले फेसबुकको लोगो हटाउँदैछ ।
फेसबुकका अनुसार प्रयोगकर्ताहरु लाइक बटनको एफ वा लोगोमा भन्दा लाइकको थम्स अप वाला सिम्बोलमा बढि क्लिन गर्ने गरेको अध्ययनले देखाएको छ ।
फेसबुकले आफ्नो ब्लग पोष्टमा लेखेको छ: हाम्रो अनुमान थियो की मानिसहरु लाइक बटनमा थम्स अपको आइकनलाई राम्रोसँग बुझ्नेछन् ।
त्यसका लागि हामीहरुले परीक्षण गर्यौँ । परीक्षणको नतिजा अनुसार थम्सअप वाला बटनले प्रयोगकर्ताको फेसबुकमा इनगेजमेन्ट बढेको पाइयो । त्यसैले हामीले लाइक बटनबाट एफ लोगो हटाएर थम्स अपको आइकन हाल्दैछौँ ।
यसका साथ फेसबुकले Share, follow tyf save to facebook बटनलाई पनि रिडिजाइन गरेको छ । तर यिनमा एफ लोगो भने हटाइएको छैन । फेसबुकका अनुसार नयाँ डिजाइनबाट फेसबुकका धेरै क्लिक प्राप्त हुनेछ । फेसबुकका अनुसार आगामी हप्तादेखि फेसबुकले गरेका यी अपडेट्स प्रयोगकर्ताले अनुभुति गर्न पाउनेछन् ।
कम्पनीले क्रोम ब्राउजरका लागि पनि केही नयाँ एक्सटेन्सन जारी गरेको छ । जसबाट कजबचभ तथा कबखभ गर्नका लागि फेसबुक ओपन गर्नु आवश्यक पर्नेछैन । यो एक्सटेन्सन क्रोम वेब स्टोरमा उपलब्ध रहेको छ

Wednesday, June 29, 2016

सामाजिक सञ्जाल सगुन लगानीकर्ता खोज्दै

काठमाडौँ, १६ असार । नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल सगुन डटकमले कम्पनीको पहिलो चरणको निष्कासन (आइपिओ)मा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुल्ला गरेको छ । 

वासिङ्टन डिसीमा प्रधान कार्यालय रहेको सगुनले लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तीमा पाँच हजार र बढीमा १८ हजार अमेरिकी डलर लगानी गर्ने अवसर प्रदान गरेको सगुनको नेपाल कार्यालयले बुधबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । 

“प्रयोगकर्तामाझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताले भोग्नुपर्ने नकारात्मक अनुभव हटाउनका लागि हामी लागिपरेका छौँ”, अमेरिकाबाट नेपाली पत्रकारसँग कुरा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले भन्नुभयो । 

उहाँले विश्व बदल्ने लक्ष्य लिएको सगुनमा सार्वजनिक सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको र यसका लागि कानुनीरुपमा बाटो खोलिदिएकोमा युएस जब्स एक्टलाई धन्यवाद दिनुभयो । 

विश्वब्यापी रुपमा फैलिएको सामाजिक सञ्जाल सगुनले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोलमार्फत अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ । सेयर खरिदबाट आएको पुँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषता बढाउँदै जाने र मोबाइल एपको सुरुवात गरिनेछ । रासस 

तपाईलाई थाहा छ १ सेकेण्डमा इन्टरनेटमा के के हुन्छ भनेर ?

काठमाडौं, १४ असार । इन्टरनेट मानिसको अभिन्न अंग बनेको छ । विश्वभर करीव ४६.१ प्रतिशत जनसंख्या अर्थात् ३ अर्व ४ करोड मानिसहरु कुनै कुनै रुपमा इन्टरनेटसँग जोडिएका छन् । यी मानिसले एक सेकेण्डमा इन्टरनेट मार्फत धेरै क्रियाकलाप गरिरहेका हुन्छन् ।

एक सेकेण्डमा इन्टरनेटमा के के हुन्छ त ?
इन्टरनेट एकदमै व्यस्त प्ल्याटफर्म हो जहाँ हरेक क्षण करोडौ मानिसहरु इमेल, फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता कैयौं सोसल साइट चलाइरहेको हुन्छन् । हालै एक मिनेटमा इन्टरनेटमा के के हुन्छ भनेर इन्टरनेट लाइभ स्टाट्सले एउटा म्यापिङ गरेको छ ।
उक्त म्यापिङअनुसार हरेक सेकेण्डमा ५४ हजार गुगल सर्च हुने, ७ हजार ट्विट गरिने तथा २० लाख इमेल आदानप्रदान हुने गर्दछ । त्यस्तै  ७२९ फोटो इन्टाग्रामा शेयर गरिन्छ, १ लाख २५ हजार ४ सय ६ वटा भिडियो युटुवमा हेर्ने गरिन्छ भने स्काइपमार्फत २ हजार १ सय ७७ कल हुने गर्दछन् ।
हरेक सेकेण्डमा २ हजार मानिसले फेसबुक चलाइरहेका हुन्छन् र यो अवधिमा थप ५ जना मानिसले फेसबुक अकाउण्ट खोल्ने गर्दछन् । त्यस्तै ४ हजार ८ सय ८३ वटा स्टेटस अपडेट गरिन्छ ।

हाम्रो पात्रोमा नयाँ सुविधा

असार १५, काठमाडौ–हाम्रो पात्रोले सवै विषयका समाचार सजिलै पढ्न सक्नेगरि थप नयाँ सुविधा ल्याएको छ । तस्बिर अनुकूलता हुने, पञ्चाङ्ग, तरकारी बजार लोडसेडिङ लगायतका विाष्यमा जानकारी प्राप्त गर्न सक्ने गरि सुविधा थप गरिएको जनाइएको छ । उत्कृष्ट र कमजोर दुवै क्षमताको इन्टरनेटमा पनि तस्विरहरु खुल्ने, सूर्योदय, सूर्यास्त, नेपाल सम्बत सहितको पूर्ण पञ्चाङ्ग, विभिन्न मौसमी तरकारीहरुको थोक तथा खुद्रा मूल्य, लोडसेडिङको जानकारी उच्च स्तरमा लिन सकिने जनाइएको छ । समय अड्किने समस्याको समाधान गरिएकाले समयानुकूल परिवर्तन, परिमार्जन गर्दै प्रयोकर्ताहरुको अझ विश्वसनीय र प्यारो मोबाईल सहयात्री बन्ने प्रयास गरेको हाम्रो पात्रोले जनाएको छ ।

 एप्लीकेशनमा थपिएको समाचार पृष्ठ नयाँ परिवर्तन रहेको र परीमार्जनपछि प्रयोकर्ताहरुले उत्कृष्ठ सेवा पाउने जनाइएको छ । मोबाइलमा ताजा समाचार अन्तर्गत एउटै विषयका उस्तै समाचारहरु क्रमैसंगै बसिदिंदा हुने अप्ठेरो प्रयोगाभ्यासलाई मनन गर्दै नयाँ प्रविधिमार्फत् रोचक समाचारहरु एकै ठाउँमा सूचीकृत हुने व्यवस्था गरिएको छ । अनलाइन समाचार पोर्टलहरुमध्येबाट जिज्ञासा र इच्छा अनुसारका समाचार प्रस्तुत गर्नसक्छ, अर्थात् नयाँ अपडेट सहितको यो नयाँ ‘हाम्रो पात्रो’ अझ चतूर हुँदै नव प्रविधिगत अभ्यासमा एक कदम अघि बढेको जनाएको छ । नयाँ इन्जिनमा ९० प्रतिशत शुद्धता र यसमा नयाँ उपादयता थप्नलाई इन्जिनियरको क्रियाशील समूह कटिबद्ध रहेको जनाएको छ ।

बिहीबार बजारमा आउँदैछ दुनियाकै सस्तो स्मार्टफोन

हुनत दुनियाकै सबैभन्दा सस्तो स्मार्टफोन हात पार्नु सजिलो छैन । तर यदि फ्रिडम २५१ नाम गरेको यो स्मार्टफोन खरीद गर्न सकियो भने त्यो ठूलै उपलब्धी हुनेमा शंका छैन । किनकी यसको मूल्य २ सय ५१  भारतीय रुपैयाँ मात्र हो । भारतीय कम्पनी रिंगिङ बेल्सले उत्पादन गर्न लागेको यस स्मार्टफोन देख्दा आइफोन फाइभ जस्तै लाग्छ ।
मूल्यसँग यसका फिचरहरु तुलना गर्ने हो भने यो स्मार्टफोन सित्तैमा पाएजस्तो लाग्नेछ । दुइवटा क्यामरा, ४ इनचको स्त्रिmन, १ जिबी र्याम, ८ जिबी इन्टर्नल मेमोरी जसलाई ३२ जिबीसम्म एसडीकार्ड मार्फत बढाउन सकिन्छ, क्वाडकोर प्रोसेसर तथा टिकाउ ब्याट्री यसका मुख्य विशेषता हुन् ।
पि|mडम २५१ दुइ मोडलमा उपब्ध हुँदैछ, एउटा सेतो र अर्को कालो । स्मार्टफोनका फिचर हेर्दा आइफोन फाइभ जत्तिकै शक्तिशाली लाग्छ । तर यसका दाबी गरिएका फिचरहरु परीक्षण गर्नका लागि निकै गाह्रो छ । किनकी यसमा निकै कम मात्र एप्लिकेसन छन् । क्याल्कुलेटर, म्युजिक प्लेयर, वेब ब्राउजर, इमेल आदि ।
कम्पनीका अनुसार यो स्मार्टफोनको अन्तिम मोडल जुन ३० देखि उपलब्ध हुनेछ ।
तर यो स्मार्टफोनका लागि बुकिंग गराइसकेका लाखौँ मानिसको हातसम्म यो ह्याण्डसेट कम्पनीले पूराउन सक्ने कुरामा भने धेरैले आशंका गरेका छन् । यद्यपि कम्पनीले भने अर्डर गर्ने सबेको हातमा मोबाइल पूराउने दाबी गरेको छ ।
सांसदहरुले समेत यति सस्तोमा मोबाइल उत्पादन गरेर हातमा पूराउने भन्ने कुरा ठूलो जोक भएको र यसमा अनियमितता रहेको दाबी गरेका छन् । तर कम्पनीका प्रमुख कार्यकारी मोहित गोयलले भने आफुुमाथिको ठगीको अभियाग अस्विकार गर्छन् ।
स्मरण रोहस् गत वर्षको फुब्रअरीमा कम्पनीले यो स्मार्टफोन पहिलोपटक सार्वजनिक रेको थियो । अनलाइन मार्फत मोबाइल बुकिंगका आव्हान गर्रिकामा ७ करोडले नाम दर्ता गराइसकेका छन् । र अनलाइनमा नाम दर्ता गर्दा सुरुमा कम्पनीको वेबसाइट नै क्र्यास भएको थियो ।
गत फेब्रअरीमा कतिपयलाई बाँडिएका फोनहरु चिनमा बनेका सस्तो मोडेलका स्मार्टफोन भएको पत्तो लागेपछि कम्पनी विरुद्ध मानिसहरुले आन्दोलन नै गरेका थिए । घटनापछि पुलिस र कर अधिकारीहरुले रिंगिंग बेल्सका अधिकारीसँग सोधपुछ गरे । पहिलो छलछामबाट पाठ सिक्दै कम्पनीले दोश्रोे पटक भने इमान्दारीतापूर्वक भनिए बमोजिमकै स्मार्टफोन उत्पादन गरेर बेच्दैछ ।
कम्पनीले ताइवानबाट पाटपूर्जा मगाएर हरिद्धारस्थित कार्यालयमा जोडजाड पारेर दुनियाकै सस्तो स्मार्टफोन बनाइरहेको छ ।
यो स्मार्टफोनको लागत मूल्य ११८० भारु रहेको बताइन्छ ।
कतिपय एपहरुसँग टाइ अप गरी कम्पनीले एप निर्मातासँगबाट पैसा लिई यो स्मार्टफोनमा सोही बमोजिमका एपहरु प्रिइन्स्टल गर्नेछ । तर यति गर्दा पनि हरेक सेटमा डेढ सय भारु घाटा हुने र घाटा पूर्तिका लागि सरकारले सहुलित प्रदान गर्ने विश्वास गोयलको छ । बजारमा पठाउनका लागि २ लाख स्मार्टफोन तयारी हालतमा रहेको बताइएको छ ।
यो दुनियाको सबैभन्दा सस्तो स्मार्टफोनसँगै कम्पनीले १ सय डर मूल्य पर्ने स्मार्टफोन समेत बजारमा पठाउनेछ ।
दुनियमा अढाइ सय भारु लागतमा स्मार्टफोन उत्पादन गर्न कहीँपनि सम्भव नरहेको तथा उत्पादन लागत भन्दा निकै कम रकममा बिक्रि गर्ने घाटाको विजनेस मोडेल बुझिनसक्नुको रहेको विश्लेषकहरुको भनाई छ । अझ कम्पनीका संस्थापकहरुमा प्रविधि सम्बन्धी कुनै अनुभव नरहेको हुँदा कम्पनीे दिगो रुपमा स्मार्टफोन उत्पादन गर्न सक्नेमा धेरैले आशंका गरेका छन् ।

Monday, June 27, 2016

युट्युबले सुरु गर्‍यो मोबाइल लाइभ स्ट्रिमिङ !

काठमाडौं । फेसबुकसहितका सोसल मिडियामा अहिले लाइभ स्टि्रमिङ निकै लोकप्रिय छ । सुरुमा ट्वीटरको स्वामित्वमा रहेको परिस्कोपले यस्तो सुरुवात गरेको भएपनि त्यसपछि सुरु गरेको फेसबुक लाइभ स्ट्रिमिङको दौडमा धेरै अगाडी पुगिसकेको छ ।
भिडियो कन्टेन्टमा फेसबुकबाट ठूलो चुनौतीको सामना गरिरहेको गुगल स्वामित्वको युट्युबले अब मोबाइलबाटै लाइभ स्ट्रिमिङ सुविधा सुरु गरेको छ ।
बिहीबार युट्युबले आफ्नो अफिसिय ब्लगमार्फत मोबाइल लाइभ स्ट्रिमिङ ल्याएको घोषणा गरेको छ । योसँगै युट्युवको आइओएस र एन्ड्रोइड एपमा नयाँ अपडेट आउने छ ।
उसो त युट्युबले लाइभ स्ट्रिमिङ सुरु गरेको २०११ मा नै हो, जुन हजारौं पटक प्रयोग भइसकेको छ । तर, यो सुविधा वेबसाइटमार्फत् मात्र थियो, मोबाइल एपबाट सिधै लाइभ गर्न सकिने सुविधा थिएन । अब भने युट्युबले आफ्नो एपमै लाइभ स्ट्रिमिङ सुविधा ल्याएको छ, जसलाई उसले लाइभ स्ट्रिमिङमा नयाँ अध्यायको सुरुवात भनेको छ ।
यसका लागि तपाइँले कुनै नयाँ एप इन्स्टल गर्नु पर्दैन, मौजुदा युट्युब एपलाई अपडेट गर्नुहोस् । अब नयाँ एप स्क्रिनको दायाँपट्टी लाइभ बटन देख्न सक्नुहुनेछ । त्यो क्लिक गरी फोटो खिचेर थम्नेल इमेज राख्नुहोस् र लाइभ सुरु गर्नुहोस् । युट्युब लाइभमा आफ्ना फ्यानसँग रियलटाइम च्याट पनि गर्न सकिन्छ । साथै लाइभ भिडयो सर्च पनि गर्न सकिने छ ।
कहिलेबाट उपलब्ध हुनेछ ?
युट्युबले लाइभ भिडियो स्ट्रिमिङको प्रतिस्पर्धामा प्रवेश गर्ने घोषणा गरे पनि सवै प्रयोगकर्ताका लागि यो सुविधा कहिलेबाट उलपब्ध हुने भन्ने खुलाएको छैन् । उसको ब्लग पोष्टमा केवल चाँडै सवैका लागि उपलब्ध हुने भनिएको छ, तर मिति तोकिएको छैन् ।
तत्कालका लागि यो सुविधा केही उसका भिडियो कन्टेन्ट उत्पादक साझेदारका लागि उपलब्ध छ । परिक्षणपश्चात यो सुविधा सवै प्रयोगकर्तालाई उपलब्ध अनुमान छ ।

स्मार्टफोनको ब्याट्री लाइफ बढाउने केही टिप्स

स्मार्टफोन प्रयोगकर्ताहरुको लागि सबैभन्दा ठूलो तनावको कारण नै यसको ब्याट्री चार्ज छिटै रित्तिनु हुन्छ ।
कहिलेकाहीँ यस्तो बेलामा मोबाइलको चार्ज सकिन्छ जब हामीलाई मोबाइल निकै आवश्यक हुन्छ । त्यसैले चार्जर र पावर बैंक समेत सँगै लिएर हिँड्नु बाध्यता हुन्छ । चार्जर र पावर बैंक बोक्नु मोबाइलको ब्याट्रीको चार्ज छिटो रित्तिने समस्याकेा समाधान होइन ।
तरपनि यो समस्याको समाधानको कोसिस निकै कमले गर्दछन् । यदि केही काइदा अपनाउने हो भने एन्ड्रोइड स्मार्टफोनकेा ब्याट्रीको चार्ज लामो समयसम्म टिकाउन सकिन्छ । जसमध्ये ५ कायदा यस्ता छन्ः
१. स्मार्टफोनको ब्याट्रीको चार्ज धेरै नरित्ताउनुहोस् । जब प्रयोग गर्दै जाँदा ब्याट्रीको चार्ज ४० प्रतिशतमा र्झदछ तब रिचार्ज गर्नुहोस् । तर हरेक तिन महिनामा भने मोबाइलको ब्याट्री चार्जलाई पूरै रित्याउनुहोस् र मात्र रिचार्ज गर्नुहोस् । यसो गर्दा ब्याट्रीको चार्जिङ क्षमता बढ्ने ब्याट्री युनिभर्सिटी ब्लगमा दाबी गरिएको छ ।
२. मोबाइलको कल घण्टी खुला गर्नुहोस् । भाइब्रेसन एक्टिभेट गर्दा त्यसले ब्याट्रीकेा चार्ज बढि खपत गर्दछ ।
३. तपाइँको स्मार्टफोनमा कुन एपले बढि ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहास् । यदि उक्त एप खासै कामको छैन भने अनस्टल गर्नु जाति हुन्छ । कुन एपले बढि ब्याट्री खपत गरेको छ जान्नका लागि स्मार्टफोनको Setting मा गएर Device र त्यसपछिBattery अप्सनमा जानुहोस । वा Setting मा गई Power र त्यसपछि Battery Use मा गएर पनि चेक गर्न सक्नुहुन्छ ।
४. यदि मोबाइलको नेटवर्क सिग्नल कम छ र स्मार्टफोनले लगातार नेटवर्क सर्च गरिरहनुपर्छ भने त्यसबेला निकै धेरै ब्याट्री खपत हुन्छ । त्यसैले खासगरी यात्राका दौरान यस्तो हुने भएकाले मोबाइलमा एयरप्लेन मोड एक्टिभेट गर्नुहोस् जसका कारण स्मार्टफोनले नेटवर्क खोज्नमा उर्जा खर्च गर्नुपर्दैन । मोबाइल नेटवर्क कम भएको बेला डाटा भन्दा वाइफाइको प्रयोग गर्दा ब्याट्री बढि खप्दछ ।
५. होमस्क्रिनबाट अनावश्यक एप हटाउनुहोस् । धेरै एन्ड्रोइड एपहरुलाई होमस्त्रिmनमा राखिन्छ । स्मार्टफोनको स्त्रिmन अनलक गर्नेबित्तिकै त्यस्ता एपहरु सिधै प्रयोग गर्न सकियोस् भन्नका लागि यसो गरिन्छ ।
तर यसरी होमस्क्रिनमा राखिएका एपहरु लगातार अपडेट हुने भएकाले बढि डाटा तथा ब्याट्री खपत गर्दछन् । त्यसैले होमस्क्रिनबाट त्यस्ता एपको विज्याट हटाउनुहोस् । त्यसका लागि उक्त एपको आइकनमा थिच्नुहोस् । त्यहाँ ट्रयास आइकन देखा पर्दछ । एपको विज्याटलाई ड्रयाग गरी सोही ट्रयासमा लगेर हाल्नुहोस् ।

Wednesday, June 22, 2016

इनफोकस ब्रान्डका स्मार्टफोन नेपाल भित्रिदैँ

काठमाडौं: प्रिज्म टेक्नोलोजीले अमेरिकी इलोक्ट्रोनिक्स कम्पनि इनफोकसका स्मार्टफोन नेपाल भित्र्याउने भएको छ।
कम्पनिका मार्केटिङ प्रमुख संगीता सिलवाल अनुसार असार अन्तिम साता देखि नेपालका बिक्रि वितरण सुरु गरिनेछ।
उनका अनुसार प्रारम्भिक चरणमा २ मोडेलका स्मार्टफोन र एक फिचरफोन मोडेल सार्वजनिक गरिनेछ।
कम्पनीले स्मार्टफोन अन्तर्गतको एम ८१२ र एम ६८० दुइ मोडलको प्रिमियम फोन ल्याउने तयारी गरेको हो।
मेटल डिजाइन भएके एम ८१२ स्मार्टफोनमा ४ सय ४० पीपीआइ सहितको ५.५ इन्चको फुल एचडी स्क्रीन हुनेछ।
फोनमा सोनीको आइएमएक्स २८९ सेन्सर भएको १३ मेगापिक्सलको रियर क्यामरा र सेल्फीको लागी ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा हुनेछ।
कवालकम स्नयापड्रेगन २.५ गेगाहर्जको क्वाडकोर प्रोसेसर रहेको यस फोनमा ३ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज र २९ सय एमएएचको ब्याट्री हुने कम्पनीले जनाएको छ।

Wednesday, June 15, 2016

भाइबरमा थपिए नयाँ सुविधाः म्यासेज ब्याकअप र मनी ट्रान्सफर गर्न सकिने

लोकप्रिय सोसल म्यासेजिङ एप भाइबारमा तीनवटा नयाँ सुविधा थपिएका छन् । एन्ड्रोइड र एप्पलका लागि हालै सार्वजनिक गरिएको नयाँ भर्सनको एपमा भाइबरले यी तीन नयाँ सुविधा उपलब्ध गराएको हो । जसअनुसार अब भाइबर म्यासेज ब्याकअप र रिस्टोर गर्न सकिने भएको छ भने चलायनमान तस्विर(जीअाइएफ) पनि पठाउन सकिने छ । सवैभन्दा महत्वपूर्ण फिचरचाहिँ अब भाइबरबाटै साथी र अाफन्तलार्इ पैसा पठाउन सकिने छ ।

१. म्यासेज ब्याकअप गर्न सकिने
तपाइँकी प्रेमिकासँग पहिलोपटक भाइबरमा कुरा हुँदा केे-के सम्बाद भएका थिए ? भाइबर च्याटमा दिएका महत्वपूर्ण नम्बरहरु सेभ गर्न पो भुल्नुभएको थियो कि ? भाइबर एप अनइन्स्टल गर्दा वा नयाँ डिभाइसमा चलाउँदा पुराना सम्बाद सवै हराउने समस्याले प्रयोगकर्ता हैरान थिए ।
तर, अब भाइबरले पुराना सम्बादहरु सवै ब्याकअप गर्न सकिने सुविधा उपलब्ध गराएको छ । जसअनुसार प्रयोगकर्ताले एप्पल आइक्लाउड वा गुगल ड्राइभमा आफ्ना च्याट म्यासेजको सवै इतिहास ब्याकअप गर्न सक्नेछन् ।
यदि तपाइँले पुरानै नम्बर नयाँ फोनमा हाल्नुभयो भने त्यसरी ब्याकअप गरिएका सवै च्याट नयाँ फोनमा रिस्टोर गर्न पनि सकिन्छ । तर,  एन्ड्रोइड एपको आईओएसमा र आईओएसको एन्ड्रोइडमा भने रिस्टोर गर्न मिल्दैन । अर्थात, अपरेटिङ सिस्टम र फोन नम्बर चाहिँ एउटै हुनु जरुरी छ ।
यसरी गर्नुहोस् ब्याकअप र रिस्टोर
सवैभन्दा पहिले तपाइँको अकाउन्ट क्लाउड सर्भिसमा जोडिएको छ भन्नेमा निश्चित हुनुहोस् । त्यसपछि भाइबरमा रहेको More Screen अप्सन क्लिक गरी Settings मा जानुहोस् । त्यसपछि Backup Viber अप्सन क्लिक गर्नुहोस्। अब तपाइँको भाइबर क्लाउडमा ब्याकअप हुनेछ, त्यतिन्जेल कुर्नुहोस् ।
यदि तपाइँ क्लाउड सर्भिसमा जोडिनुभएको छैन भने सेटिङमा गएर क्लाउड अकाउन्ट लगइन गर्नुहोस् ।
कसरी रिस्टोर गर्ने ?
पहिले तपाइँले जुन क्लाउड अकाउन्टमा ब्याकअप गर्नुभएको हो, त्यो अकाउन्ट लगइन गरिएको बिषयमा निश्चित हुनुहोस् । नबिर्सनुस् कि, आइक्लाउडमा सेभ गरिएको डाटा एन्ड्रोइडमा र गुगल ड्राइभमा सेभ गरिएको डाटा आइओएस डिभाइसमा रिस्टोर हुन सक्दैन् ।
अब तपाइँले भाइबर एक्टिभेट गर्नुहोस् र Restore Viber content सेलेक्ट गर्नुहोस् । रिस्टोर हुन धेरै समय लाग्ने भएकाले तपाइँले राम्रो गतिको वाईफाइ भएका बेला मात्र रिस्टोर गर्नु उपयुक्त हुन्छ ।
के सवै डाटा रिस्टोर हुन्छन् ?
अहँ, यहाँ केही सिमितता छन् । यी कुराहरु रिस्टोर हुँदैनन् ।
१. तपाइँले अरुलाई पठाएका फोटो र भिडियो
२. तपाइँले कुनै फाइल पठाउनुभएको छ भने फाइल म्यासेज त देखिने छ तर फाइलमा भएको कन्टेन्ट भने खुल्नेछैन् ।
३. सेण्ड गर्न खोजिएका तर सेण्ड नभइ पेण्डिङमा बसेका म्यासेजहरु
४. ग्रुप लाइक र सेटिङ
५. ब्याकप गरिएका कुनै पनि म्यासेज अन्य डिभाइसहरु जस्तै कम्प्युटर वा ट्याबलेटमा देखिने छैनन् ।
२. अर्को सुविधाः जीआईएफ इमेज पठाउन सकिने
अब भाइबरमा जीआईएफ अर्थात चलायमान तस्वीरहरु समेत पठाउन सकिने भएको छ । यसअघि धेरै म्यासेजिङ एपहरुले यस्तो फिचर ल्याइसकेका कारण भाइबरले ल्याउनु कुनै नौलो बिषय नभए पनि ह्वाट्एपजस्ता प्रतिस्पर्धीहरुले यस्तो सुविधा नल्याएका कारण अझै पनि भाइबर प्रयोगकर्ताले यसमा आनन्द लिन सक्छन् ।
३. भाइबरबाटै मनी ट्रान्सफर सुविधा
सोसल मिडियापछि अर्को शक्तिशाली प्रोडक्टका रुपमा उदाएका म्यासेजिङ एपहरुले धेरै सुविधाहरु आफुमा समावेश गरिरहेका छन् । यसैक्रममा भाइबरले मनी ट्रान्सफर सेवा सुरु गरेको छ । हाल अमेरिकाका प्रयोगकर्ताका लागि मात्र खुला गरिएको यो सुविधाबाट प्रयोगकर्ताले २ सय मुलुकमा वेष्टर्न युनियन मनी ट्रान्सफरमार्फत् पैसा पठाउन सक्नेछन् ।


बिश्वकै सवैभन्दा ठूलो मनी ट्रान्सफर संजाल वेष्टर्न युनियनसँगको सहकार्यमा भाइबरले यो सुविधा सुरु गरेको हो । प्रयोगकर्ताले अब ४ सय ९९ डलरसम्म सिधै भाइबरबाट पठाउन सक्नेछन् । प्राप्त गर्ने मानिसले नजिकको वेष्टर्न युनियनको भुक्तानी काउन्टरबाट रकम पाउनेछन् । ५० वटा देशमा चाहिँ यसरी पठाएको पैसा सिधै बैंक अकाउन्टमा जम्मा हुने सुविधा छ ।

टेलिकमको फाइबर सेवाको महसुल दर परिमार्जन

काठमाडौँ, १ असार । नेपाल टेलिकमले फाइबर टु द होम (एफटिटिएच) सेवाको महसुल दर परिमार्जन गरेको छ । 

टेलिकमले यही असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर कायम गरेको हो । 

यसअनुरुप १० एमबिपिएस ब्यान्डविथको १२० जिबी डाटाको तीन महिनाका लागि रु पाँच हजार १६०, २५० जिबीको छ महिनाका लागि रु नौ हजार १२० र एक वर्षका लागि ६०० जिबीको रु २३ हजार ४० कायम गरिएको छ । यसबाहेकका अन्य प्याकेज स्थगन गरिएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । 

त्यसैगरी हाल उपलब्ध रहेका एफटिटिएच सेवाको सिपिइको शुल्क परिमार्जन गरी टेलिकमले नयाँ प्याकेज ल्याएको छ । उक्त प्याकेजअनुरुप तीन महिनाका लागि रु पाँच हजार, छ महिनाका लागि रु दुई हजार र १२ महिनाका लागि निःशुल्क गरिएको छ । 

टेलिकमले उपलब्ध गराएको सिपिइ बिग्रिएका खण्डमा एक महिनासम्म निःशुल्क रिपेयर तथा रिप्लेस गरिनुका साथै सो अवधिपश्चात् रु पाँच हजार लिएर रिप्लेस गरिने जनाएको छ । 

अप्टिकल फाइबरको महसुल दर एफटिटिएच सेवा जडान गर्दा ग्राहकलाई आवश्यक पर्ने टु कोर अप्टिकल फाइबर १०० मिटरसम्म निःशुल्क र सोभन्दा माथि प्रतिमिटर रु २० लिई सेवा सञ्चालन गरिनेछ । उक्त ग्राहकको फाइबर काटिएर चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनःसञ्चालनका लागि फाइबर परिवर्तन गर्नुपरेमा प्रतिमिटर रु २० लिई सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । रासस 

Tuesday, June 14, 2016

दिनहुँ ३ घण्टा कम्प्युटरमा बिताउनुहुन्छ ! सावधान

कम्प्युटर अहिले हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । जीवनका हरेक क्षेत्रमा कम्प्युटरको महत्वलाई नकार्न सकिँदैन ।
तर लगातार कम्प्युटरको अगाडि बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक नयाँ अध्ययन अनुसार दिनमा लगातार ३ घण्टा कम्प्युटर चलाउनाले आँखाको समस्या देखा पर्दछ ।

जोन रिटानो अमेरिकाको एक कलेजमा इतिहासका प्राध्यापक हुन् । उनले इतिहासका कैयन् उत्कृष्ट पुस्तक लेखेका छन् । उनले धेरै समय कम्प्युटरमै बिताउनुपर्छ ।
कहिलेकाहीँ तथ दिनभरजसो नै कम्प्युटरको स्क्रिन अगाडि बसेर दिन बित्छ । यसरी लामो समयसम्म लगातार बसेर कम्प्युटर चलाउनाले आफ्ना आँखामा जलन महसुस हुने तथा कामै गर्न गाह्रो हुने समस्या उनले भोग्नुपर्यो । केही बेर आराम गर्दा आँखालाई थोरै राहत त मिल्छ तर कम्प्युटरमा काम गर्न थाल्दा पुनः आँखा दुख्न थाल्दछ ।
रिटानो कन्फ्युजन भिजन सिन्ड्रोम रोगबाट पीडित छन् । दुनियामा दैनिक ३ घण्टा भन्दा बढि समय लगातार बिताउने मानिसमा यस्तो रोगको खतरा उत्पन्न हुने बताइन्छ । त्यसैले विश्वका ७ करोड भन्दा बढि कम्प्युटर प्रयोगकर्तामा यस्तो खतरा छ ।
नाइजेरिया तथा बोत्स्वानाका आँखा विशेषज्ञका अनुसार यो रोगबाट बढि पीडित हुनेहरुको सूचिमा अकाउन्टेन्ट, वास्तुविद्, बैंकर्स, इन्जिनियर, फ्लाइट कन्ट्रोलर्स, ग्राफिक आर्टिस्ट तथा पत्रकार लगायतका रहेका छन् जसको काम कम्प्युटर विना एक कदम पनि अघि बढ्दैन ।

Monday, June 13, 2016

नेपालबाट चन्द्रमामा रकेट पठाउने तयारी

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्क्षी योजनाले काम गरिरहेको जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी गोष्ठीमा रकेट प्रक्षेपणका लागि संस्थाले नगरकोटमा वेदशाला स्थापना गरी काम गरिराखेको जनाएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा सनतकुमार शर्माले सरकारले एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पु¥याउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी दिए ।

सो संस्थाका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताए । खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना लिएर सरकारले लगानी बढाउनुर्पेमा जोड दिए ।

भाइरसको खतरामा नेपाली कम्युटर : एसियामा चौंथो स्थानमा

नेपालका कम्युटरहरु भारइसको खतरामा रहेको माइक्रोसफ्ट एसियाले गरेको अध्ययनले देखाएको छ । मालवेयर इन्फेक्सन इन्डेक्स २०१६ का अनुसार नेपाल भाइरसको खतराको दृष्टिले एसियामा चौंथो स्थानमा रहेको छ ।

पहिलो स्थानमा पाकिस्तान पहिलो स्थानमा रहेको छ भने इन्डोनेसिया, बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यी देशहरुमा औसतामा ४० प्रतिशतभन्दा बढी कम्प्युटरहरु भाइरसको चपेटमा रहेका छन् । विश्वको औसत भने २०.८ प्रतिशत रहेको छ । सन् २०१५ मा यो १७.६ प्रतिशत रहेको थियो ।
भारत आठौं स्थानमा रहेको छ भने चीन चौधौं स्थानमा रहेको छ ।
माइक्रोसफ्ट प्रोटेक्सन सेन्टर (एमएमपीसी) र माइक्रोसफ्ट सेक्युरिटी इन्टिलिजेन्स रिपोर्टको आधारमा उक्त तथ्याङ्क गत जुन ७ मा सार्वजनिक गरिएको हो ।
कम्प्युटरमा सबैभन्दा बढी देखिएका भाइरसमा गामाउरे, सिकेया र पल्स रहेका छन् ।

माइक्रोसफ्टले २६.२ अर्ब अमेरिकी डलरमा लिङ्क्डइनलाई किन्ने

वासिङटन, ३१ जेठ । विश्व प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्डइनलाई २६.२ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा हस्ताक्षर भएको सोमबार जनाएको छ ।
सम्झौताले विश्वका नेतृत्वदायी व्यवसायिक आकाश विश्वको नेतृत्वदायी व्यवसायिक सञ्जालमा एकाकार गर्ने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले एक वक्तव्य जारी गरी जनाएका छन् ।

लिङ्क्डइन र माइक्रोसफ्ट कम्पनीले संयुक्त रुपमा वक्तव्य जारी गरी बताएका छन् लिङ्क्डइनका कार्यकारी प्रमुख जेफ वेनरको नेतृत्वमा लिङ्क्डइनका गतिविधि चल्ने छन् भने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले माइक्रसफ्टका कार्य पूववत तरिकाले हेर्नेछन् ।
‘जसरी लिङ्क्डइनले विश्वलाई मौकासँग जोडेको छ, माइक्रोसफ्ट र लिङ्क्डइनको मिलनपछि यसको सञ्जालले विश्वले गर्ने कामलाई जोड्ने मौका प्रदान गर्ने छ,’ वेनरले बताए ।
उनीहरुले गरेको सम्झौता सन् २०१६ मा नै कार्यान्वयनमा ल्याइने छ । कदमले माइक्रोसफ्टलाई मात्रै सफ्टवेयर कम्पनीभन्दा माथि उठाउने छ भने लिङ्क्डइनको सामाजिक सञ्जालको उन्नति पथका लागि प्रोत्साहन गर्नेछ ।
लिङ्क्डइनको अहिले विश्वभर चार अर्ब तीन करोड ३० लाख सदस्य रहेका छन् । रासस/एएफपी

के तपाईलाई थाहा छ कलमकाे बिर्काेकाे टुप्पाेमा ‘प्वाल’ हुने कारण ?

काठमाडौं,  ३१ जेठ । जुनकुनै यूगमा पनि पेनको भूमिका एकदमै महत्वपुर्ण हुने गरेको पाइन्छ । तर, अहिले कम्प्युटरले यसको प्रयोग बिस्तारै कम हुँदै गएको छ । तर तपाईले कहिल्यै सोच्नुभएको छ, प्रायःपेनको बिर्कोमा अर्थात टुप्पोमा एउटा प्वाल किन हुन्छ ?

एक अवधारणा अनुसार, कलमको रिफिलको मसी नसुकोस् भन्नाको लागि पेनको टुप्पोमा प्वाल राखिने प्रचलन रहेको छ । तर यो भनाइलाई नमान्न पनि सकिन्छ, किनकी यो तथ्य मसी सुुक्ने र नसुक्नेसँग मात्र सम्बन्धित छ ।

यस सम्बन्धित अर्को अवधारणा पनि रहिआएको छ, प्वालले पेन बन्द हुँदा र खुल्दा हावा सञ्चालन गराउँदछ र मसीलाई सामान्य अवस्थामा ल्याउँछ । यो सब बिर्को खुल्ने र बन्द हुने पेनका लागि मान्य हुन्छ । घुमाएर बन्द हुने पेनका लागि भने यो मान्य हुँदैन ।
पेनको टुप्पोमा प्वाल किन राखिएको भन्ने विषयमा अनेकन धारणाहरु प्रस्तुत हुने गरेको भएपनि यसको खास कारण भने अर्कै छ ।
यो हो मुख्य कारणः
खासगरी बच्चा तथा अरु मानिसहरु पेन मुखमा हाल्ने बानीका कारण त्यसले मुखमा घोचेर असर गर्छ अथवा घातक हुनसक्छ । यदि मुखमा हाल्ने बानीका कारण झुक्किएर निलेमा त्यसमा हुने प्वालका कारण हावा बहन राम्रोसँग हुन्छ र भारी असर गर्दैन अन्यथा मानिसको ज्यान पनि जान सक्छ । त्यसका साथै त्यसमा हुने मसी बाहिर नआओस् भन्नका लागि पेनको ढकनीमा प्वाल राख्ने प्रचलन छ ।

यसैकारण पेन बनाउने कम्पनीहरुले पेनको बिर्कोको टुप्पोमा प्वाल राख्दै आएका छन् । जसकारण कोही बच्चाले भुलेर निलेमा केहीहदसम्म भएपनि खतरा कम हुनेछ । अहिले भने पेनको दुबै भागमा प्वाल राख्ने गरिएको छ ।

विश्वकै पहिलो सोलार जहाजले पूरा गर्यो अमेरिकाको यात्रा

पूर्णरुपमा सौर्यउर्जाबाट चल्ने विश्वको पहिलो हवाइजहाज सोलार इम्पल्स न्युयोर्क पुगेको छ । पेन्सिल्भेनियाको लिहाइ भ्यालीबाट उडान भरेर इम्पल्स न्युयोर्क पुगेको हो ।
स्थानीय समयानुसार शुक्रबार राती उडान भरेको उक्त जहाजले न्युयोर्कमा आफ्नो धेरै समय स्वतन्त्रताको मूर्तिको चारैतर्फको आकाशमा परिक्रमा गर्न तथा त्यसको तस्वीर खिच्नमा बितायो ।

स्टाचू अफ लिबर्टीको नजिक विमान पुगेको बेला उक्त विमानका चालक आन्द्रे बोर्शबर्गले बीबीसीसँग स्याटेलाइट फोनमा कुराकानी गर्दै अमेरिकाको आकाशमा उडान भर्नु निकै महत्वपूर्ण क्षण रहेको भन्दै यहाँ धेरै उद्यमी तथा केही नयाँ काम गर्न चाहने धेरै मानिसहरु रहेको बताए ।

यो सँगै इम्पल्सले आफ्नो अमेरिकाको उडान पूरा गरेको छ । अमेरिकाको यात्रा पूरा गरेसँगै अब यो विमानले आन्ध्र महासागर पार गर्ने आफ्नो साहसिक यात्रा सुरु गर्दैछ । गत वर्ष अवुधावीबाट उडान सुरु गरेर अमेरिका लामो यात्रा गर्दै अमेरिका पुगेको इम्पल्स अब पुनः अबुधावी नै फर्किनेछ ।

Friday, June 10, 2016

सूचना–प्रविधिमा भारतीय एकाधिकार अन्त्य, चीनसित पनि जोडियो अप्टिकल फाइबर

काठमाडौँ – दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ ।0ptic_fiber_17088053
गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो, अब चाँडै व्यावसायिक प्रयोग सुरु हुन्छ ।’
रसुवागढी नाका हुँदै फाइबरमार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनियाँ कम्पनी ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’ एकआपसमा जोडिएका हुन् । दुवै मुलुकका प्राविधिक टोलीले गत साता फाइबर परीक्षण गरिसकेको छ । परीक्षण क्रममा रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा सफल भएको थियो ।
पहिरोको जोखिमका कारण रसुवागढीमा जडान गरिएका उपकरण रसुवाको टिम्मुरेमा सार्नुपर्ने भएकाले यसको व्यावसायिक प्रयोगका लागि भने केही समय लाग्ने अधिकारीले बताए । ‘रसुवागढीका अरू सरकारी कार्यालय पनि टिम्मुरेमा सारिएका छन्, त्यहाँ पहिरोको जोखिम छ,’ उनले भने, ‘हामीले पनि पहिरोको जोखिम हेरेर टिम्मुरेमा उपकरण सार्नुपर्ने भयो ।’
सरकारले यसअघि दक्षिण एसियाली सूचना मार्ग (सासेक) अन्तर्गत तातोपानी नाका हुँदै चीनसँग अप्टिकल फाइबर जोड्ने योजना अघि बढाएको थियो । त्यसका लागि तातोपानी नाका नजिकै अप्टिकल फाइबर पुगिसकेको भए पनि चीनसँग जोडिएको थिएन । ‘गत वर्षको भूकम्पपछि दुवैतर्फ पहिरोले अप्टिकल फाइबर विस्तारलाई अवरोध गर्‍यो,’ अधिकारीले भने, ‘त्यसले गर्दा तातोपानीको योजना यता सारिएको हो ।’ चीनसँग अप्टिकल फाइबर जोड्न टेलिकमले धादिङको गल्छीबाट त्रिशूली हुँदै रसुवागढीसम्मै करिब ९० किलोमिटर फाइबर बिछ्याएको हो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।