Monday, June 13, 2016

नेपालबाट चन्द्रमामा रकेट पठाउने तयारी


बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्क्षी योजनाले काम गरिरहेको जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी गोष्ठीमा रकेट प्रक्षेपणका लागि संस्थाले नगरकोटमा वेदशाला स्थापना गरी काम गरिराखेको जनाएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा सनतकुमार शर्माले सरकारले एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पु¥याउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी दिए ।

सो संस्थाका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताए । खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना लिएर सरकारले लगानी बढाउनुर्पेमा जोड दिए ।

0 comments:

Post a Comment