Showing posts with label amazing world. Show all posts
Showing posts with label amazing world. Show all posts

Wednesday, June 22, 2016

सेल्फी रोगलाई कसरी आफ्नो धन्दा बनाउँदैछन् स्मार्टफोन कम्पनीहरु ?

स्मार्टफोनको दुनियामा यसलाई सेल्फी अर्थतन्त्र भनिन्छ । स्मार्टफोन बनाउने कम्पनीहरु उपभोक्ताहरुको यहीँ सेल्फी रोगलाई आफ्नो धन्दा बनाइरहेका छन् ।
यो धन्दा यस्तो भैसकेको छ की अब यस्ता स्मार्टफोन बनिरहेका छन् जो अरु काममा कमसल तर सेल्फी खिच्ने क्षमतामा जोड दिने गरिएको छ ।

अघिल्लो महिना सोनीले नयाँ स्मार्टफोन लञ्च गर्यो । एक्सपेरिया एक्स ए अल्ट्रा नामक उक्त स्मार्टफोनमा २१ मेगापिक्सेलको मुख्य क्यामरा मात्र होइन १६ मेगापिक्सेलको सेल्फी क्यामरा समेत राखिएको छ ।
यसको तुलनामा आइफोन सिक्स एस र सामसुंग ग्यालेक्सी एस सेभेन दुबैमा फन्ट क्यामरा केबल ५ मेगापिक्सेलको हुने गरेको छ र मुख्य क्यामरा १२ मेगापिक्सेलको हुने गरेको छ ।
उल्लेखित आइफोन तथा ग्यालेक्सी स्मार्टफोनको विज्ञापनमा समेत यसको क्यामराले कस्तो गुणस्तरको फोटा खिच्न सक्दछ भन्ने कुरालाई नै बढाइचढाई गर्ने गरिएको हुन्छ र स्मार्टफोनको क्यामराले खिचेका फोटाहरुलाई विज्ञापनमा प्रयोग अधिक गर्ने गरिन्छ ।
जति जति सेल्फी रोग बढ्दै गएको छ स्मार्टफोनको फ्रन्ट क्यामराको महत्व अचानक बढिरहेको छ ।
सेल्फी क्यामरामा विभिन्न खाले फिचर्स समेत हाल्न थालिएको छ । कसैमा वाइड एंगलवाला लेन्स त कतिमा मुस्कान पहिचान गर्ने फिचर । त्यस्तै सेल्फी क्यामरामा हुने अटो मोडले अरुभन्दा राम्रो काम गर्ने कतिपय कम्पनीले दाबी गर्दछन् । कम्पनीहरुको मार्केटिंगको जादू तब मानिन्छ जब कम भन्दा कम फिचर उपलब्ध गराएर मानिसहरुबाट त्यसका लागि बढि भन्दा बढि मूल्य अशूली गर्न सकिन्छ ।
सोनीको एक्सपेरिया सी थ्री मै पनि वाइड एंगल लेन्स छ । तर यसको सेल्फी क्यामरा केवल ५ मेगापिक्सेलको छ । एचटिसी आई मा अगाडि र पछाडिका दुबै क्यामरा १३ मेगापिक्सेलका छन् र दुबैमा एक एक वटा फ्लास पनि छन् । यस्तोमा तपाइँ अँध्यारो वा कम प्रकाशमा समेत राम्रोसँग सेल्फी खिच्न सक्नुहुन्छ ।
त्यस्तै माइक्रोम्यासको क्यानभास नाइटमा मुख्य क्यामरा १६ मेगापिक्सेल तथा सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । यो स्मार्टफोनको क्यामरामा सफ्टवेयरमार्फत विभिन्न फिचर थप्न सकिनछ । त्यसमा जूम, ब्राइटनेस, मोड, सीन आदि छन् । यी फिचरहरु सेल्फी क्यामरा वा रियर क्यामरा कुनमा प्रयोग गर्ने भन्ने कुरा पनि छान्न सकिन्छ ।
जिओनीको इ सेभेन मिनि स्मार्टफोनमा १३ मेगापिक्सेलको घुम्ने क्यामराको प्रयोग गरिएको छ । यसमा एउटै क्यामरालाई सेल्फी क्यामरा तथा मुख्य क्यामराका रुपमा बदलेर प्रयोग गर्न सकिनछ । यसको म्याक्रो फोकस फिचर निकै उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
ओप्पोको एन वान स्मार्टफोनमा पनि यस्तै घुम्ने क्यामरा रहेको छ र त्यससँगै एउटा रिमोट कन्ट्रोल पनि उपलब्ध छ । यो स्मार्टफोनबाट फोटो खिच्नका लागि तपाइँले स्मार्टफोनकेा स्त्रिmन छुनु पर्दैन रिमोटको बटन दबाइदिए पुग्छ । यसमा १३ मेगापिक्सेलको क्यामरा छ ।
असूस, मोटो एक्स स्टाइल, एलजी जी फोर, शाओमी एमआइ फोर आइ जस्ता विभिन्न स्मार्टफोनहरुलाई पनि सम्बन्धित कम्पनीहरुले सेल्फी क्यामराकै नाम बेचेर बिकाउने प्रयास गरिरहेका छन् । अहिले कम्पनीहरुले स्मार्टफोनको क्यामरामा यतिधेरै जोड लगाइरहेका छन् की कुनैदिन मानिसहरुले स्मार्टफोनबाट फोन गर्नपनि सकिन्छ भन्ने कुरा नभुल्लान् भन्न सकिन्न ।
स्मार्टफोनका अलावा सेल्फी खिच्नका लागि जुत्ता, चम्चा, औँठी, सेल्फी स्टिक तथा सेल्फीयुक्त टोस्टर जसमा ब्रेड टोस्ट गर्दा तपाइँको सेल्फी खिचिन्छ यी सबै चिजहरु सेल्फी अर्थतन्त्रमा सामेल छन् ।

Sunday, June 19, 2016

१० मिनेट वक्षस्थल हेर्दा ५ वर्ष बढ्छ आयु

विभिन्न अध्ययनहरुले बताएका छन् की पुरुषहरु महिलाका वक्षस्थल प्रति सबैभन्दा बढि आकषिर्त हुन्छन् । अब पुरुषहरुलाई महिलाका वक्षस्थलमा नजर पूराउने नयाँ बहाना मिलेको छ । एक अध्ययन अनुसार महिलाका वक्षस्थल हेर्नाले पुरुषको आयु बढ्दछ ।

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा केही समयअघि छापिएको एक शोध अनुसार दिनहुँ औषतमा १० मिनेट महिलाको वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले हेर्ने पुरुषहरुको आयु ५ वर्ष बढ्दछ ।
जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले के दाबी गरेका छन् भने महिलाका वक्षस्थलमा १० मिनेट सम्म नजर दौडाउनु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह हो ।
पाँच वर्षमा झण्डै २ सय जना पुरुषमा गरिएको अध्ययन सर्भेक्षणबाट शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
शोधकर्ताहरुका अनुसार जो पुरुषहरु महिलाका वक्षस्थलमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ । साथै उनीहरुमा हृदयगति पनि सन्तुलित हुन्छ ।
शोधकर्ता डाक्टर क्यारन वेदरवी भन्छन्ः सेक्सको इच्छाले मानिसमा रक्त संचारलाई सन्तुलित बनाउँदछ, जसको अर्थ हुन्छ राम्रो स्वास्थ्य ।

Thursday, June 9, 2016

जव तारामण्डलमा यस्तो आवाज सुनियो

काठमाडौं, २७ जेठ । वैज्ञानिकहरुले सौर्यमण्डलमा रहेको ‘एम४’ तारामण्डलमा रहेको ताराले निकालेको अनौठो आवाजलाई डिटेक्ट गरेका छन् ।
बेलायतको बर्मिङघम विश्वविद्यालयका वैज्ञानिकले सबैभन्दा पुरानो तारमण्डल ‘एम४’ मा रहेको एउटा ताराले निकालेको ध्वनीलाई डिटेक्ट गरेका हुन् । कम्युटरमा समस्या आउँदा निस्कने जस्तो उक्त आवाजलाई डिटेक्ट गरेपछि तारामण्डलको अध्ययन गर्न सजिलो हुने उनीहरुले बताएका छन् ।

प्राध्यापक बिल च्यापलिनले भने, ‘ पुरातत्वविद्ले जमिन खनेर विगतको मानव इतिहासलाई बुझ्न सके झैं उक्त आवाजको मद्दतले हामीले पनि तारामण्डलको इतिहास बुझ्न सक्दछौं ।’
त्यस्तै अर्का वैज्ञानिक एन्ड्रयु मिगलियोले अध्ययन गरिएको तारामा हाम्रो तारामण्डल उत्पत्ति भएदेखिका अवशेष रहेको बताएका छन् । उनले भने, ‘ हामीले अध्ययन गरेको तारामा तारामण्डल बनेदेखिका अवशेष रहेका हुनाले अन्य तारामण्डलको रहस्य खोल्न सफल हुने आशा लिएका छौ ।’

Tuesday, June 7, 2016

१० महिलाले मिलेर गरे एक युवकको सामूहिक बलात्कार, प्रहरी चकित

एजेन्सी । तपाईले महिलाको बलात्कार भएको र धेरै पुरुषहरुले एकै महिलाको सामूहिक बलात्कार गरेको त धेरै सुन्नुभएको होला । तर, महिलाले पुरुषको बलात्कार गरेको सायदै सुन्नु भएको होला र सुन्दा तपाई अचम्म लाग्न सक्छ । तर, अष्ट्रेलियाका एक युवकलाई १० जना युवतीले मिलेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
यो घटना अहिले संसारभर भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार युवक हरेक विहान घरनजिकै मर्निक वाकमा जान्थे । यसैक्रममा एक विहान उनी मर्निक वाकमा गइरहेका थिए । त्यहीबेला उनको घाटी चक्कु लगाउँदै युवतीहरुको समूहले उनलाई उठाएर लगे ।
एकान्त ठाउँमा पुर्याएर सबै युवतीहरुले उनसँग एक एक गरी बलात्कार गरे । यो क्रममा सबैले उनलाई मार्ने धम्की दिइरहेका थिए । युवतीको धम्कीले डराएका युवक बलात्कार भइसकेको केही समयपछि त्यहाँबाट भाग्न सफल भए । र स्थानीय प्रहरी कार्यालयमा बलात्कारको उजुरी दर्ता गराए ।
युवकले पुलिसलाई बताएका छन् कि त्यो दिन घरबाट निस्किएका उनलाई अचानक बाटोमै युवतीहरुले घेरा हालेर जबरजस्ती गर्दै उठाएर लगे । यता प्रहरीले युवतीहरुविरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार विभिन्न ठाउँहरुमा छापा हान्दै उनीहरुलाई खोजिरहेको छ । स्थानीय प्रहरीले चाँडै नै युवतीहरुलाई कानुनको कठघरामा उभ्याइने जनाएको छ ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

इतिहासकै हृदयविदारक तस्वीरहरु ः फोटो खिचेपश्चात फोटोगफरले नै गरे आत्महत्या

एजेन्सी ।अग्रेंजीमा एउटा भनाइ छ ‘अ फोटो क्यान स्पिक अ थउजन्ड वोर्डस’ । त्यसैले तस्विर निकै शक्तिशाली हुन्छ जसले हजार शब्दमा बयान गरिएका कुरा बुझाउन एउटै तस्विर पर्याप्त हुन्छ।
तस्विरहरु मानविय भावनासंग चाँडो जोडिन्छन्। तस्विर रमाइला भए हामी फुरुङग हुन्छौ भने त्यही तस्विरमा पिडा देखीयो भने हामि क्षणभरमै दुःखित पनि बन्न पुग्छौ ।
याहाँ त्यस्ता तस्विररु छन् जसले भोकमरि, युद्ध र इतिहासका दर्दनाक पलहरुलाई समेटको छ। ती तस्विहरुले संसार हल्लाएका थिए र पल भरमै करोडौ मानिसको ध्यान खिचेका तानेका थिए।
baccha
यो तस्विरले अवार्ड प्राप्त गर्न सफल भएको थियो, अवार्ड हासिल गरे पश्चात फोटो ग्राफर केविन कार्टरेले आत्महत्या गरे । अफ्रिकामा चरम भोकमरीका कारण कुपोषणको शिकार भएको एक वालक मर्ने पर्खाइमा रहेको गिद्धको तस्विर देखपछि आँशु रोक्न गाह्रो हुन्छ। तस्विरले संसारभरि नै ठुलो बहस उत्पन्न गराइदिएको थियो।
aatmahatya
सन् १९३० मा इंडियानको मरियनामा खिचिएको तस्विर पनि निकै दर्दनाक छ। तस्विरमा दुर्इ काला प्रजातीका युवक थोमस शिप र अब्राम स्मिथलाई सार्वजनिक स्थलमा १० हजार मानिसका अगाडी खुलेआम फाँसीमा चढाइएको दृश्य कैद गरीएको थियो । तिनिहरुलाई स्थानिय गोरा युवतीलाइ बलात्कार गरेको आरोप लागेको थियो । तर पछि उक्त आरोप झुटो भएको प्रमाणीत भयो।
vichhu
सन् १९६३ मा भियतनाममा अमेरिकी युद्धको विरोधमा एक बौद्धमार्गी भिक्षुले आत्मदाह गरेका थिए। उत्त भिक्षुले पलेटी कसेर आफैले आफैलाई आगो लगाए,केही छिन कराए,चिच्चाए तर कत्ति पनि हलचल गरेनन् र मृत्युमा समाहित हुन पुगे। यो तस्विरले एकपटक संसारभर नै तहल्का मच्चाएको थियो।
janmako baccha
सन् १९९९ मा चिकित्सकहरुले स्पाइना बिफिडाको सफल शल्यक्रिया गरेका थिए। यो एककिसिमको डिसअर्डर हो, जसमा बच्चाको स्पाइनल कर्ड पुर्णरुपमा बनेको हुँदैन्।बच्चाले जन्मने बितिकै डाक्टरको औलामा समातेको थियो ।
iraq
सन् २००३ मा इराक युद्धमा खिचिरएको एक तस्विर जुन तस्विीरमा एक कैदी आफ्नो ४ वर्षिय बच्चालाई खेलाई रहेको र उनको अनुहार ढाकिएको छ भने हातमा हथकडि छ।
gas
सन १९८४ मा खिचिएको भोपाल ग्याँस काण्डको तस्विरमा जसमा एक बच्चालाइ गाँडिदैछ। ग्याँसको कारणले बच्चाको आँखा बाहिर निक्लिएको थियो । उक्त ग्यास काण्डमा २२५९ जनाको ज्यान गएको थियो भने पाँच लाख मानिस प्रभावित बनेका थिए।
abuse
अमेरिकाको नर्थ क्यालोरिनाका ह्यारि होर्डिङ हाइ स्कुलमा अध्ययन् गर्ने डोरोथी काउन्ट पहिलो महिला विद्यार्थी थिइन्। अफसोच स्कुलको पहिलो दिनमै उनिमाथी अभद्र व्यवहार भएको थियो।तस्विरमा उनिमाथी अभद्र व्यवहार भएको प्रष्टै देखिन्छ। तस्विर सन १९५७ को हो । जसले गर्दा उनलाई उनका अभिभावकले पहिलो दिनमै स्कुलबाट निकालेर लगेका थिए ।
5child
सन १९८३ मा टर्कीमा आएको ठुलो भुकम्पमा एक आमाले आफ्ना पाँचै बच्चा गुमाएकी थिइन।आफ्ना पाँचै बच्चा गुमाउदाको मातृ पिडाको अदभुत दृश्य कैद थियो उत्त तस्विरमा ।
vietnaam
भियतनाम अमेरिकी युद्धको समयमा भियतनाम सैनिकले गल्तिवश आफ्नै सैनिक र वस्तीमा खसाएपछिको दृश्य । सन १९७२ को दृश्यमा नेपाप बम खसालिएको थियो।
kolambia
सन १९८५ मा कोलंबियामा भएको ज्वालामुखि विष्फोटमा २५ हजार मानिस मारिएका थिए। ज्वालमुखिबाट निक्लिएको लाभाले पुरै शहर डुबेको थियो। १३ वर्षकी आमयरा सांजेच पनि त्यसैमा डुबेकी थिइन्। यो तस्विरलाइ फोटोग्राफर फ्रेंक फर्नियरले खिच्न भ्याएका थिए ।यो तस्विर सन १९८५ को वर्ल्ड प्रेस फोटो अफ द इयरको पुरस्कार बाट पुरस्कृत भएको थियो । तस्विरमा रहेकी बालिक आमयराको भने मृत्यु भएको थियो।
aaglagi
सन् १९७५ मा खिचिएको यस तस्विरमा घरमा आगो लागेपछि आमा छोरा झ्यालबाट हामफालेका थिए। यसक्रममा आमाको मृत्यु भएको थियो भने बच्चा आमाको मृत शरिरमा परेर बाँचेको थियो। आमाले आफू मरेर पनि छोरालाइ जीवन दिएकी थिइन्।

Monday, June 6, 2016

मालिकका लागि बाघसँग भिड्यो कुकुर, गुमायो आफ्नै ज्यान

भनिन्छ मानिसको सबैभन्दा बफादार साथी कुकुर हो । भारतमा हालै एउटा कुकुरले यो कुरालाई प्रमाणित गरेको छ । 
भारतको उत्तरप्रदेश राज्यको शाहजहाँपुरमा आफ्नो मालिकलाई बचाउनका लागि एउटा कुकुर बाघसँगै भिडेको छ र आफ्नो ज्यानै बली दिएको छ ।
दुधवा राष्ट्रिय निकुञ्ज नजिकको बरबतपुर गाउँमा शुक्रबार राति यो घटना भएको हो । गुरुदेव सिंह नामका किसान रातमा आफ्नो घर बाहिर सुतेका थिए । उनीसँगै उनले घरमा पालेको ४ वर्षको ज्याकी नामको कुकुर पनि सुतेको थियो ।
राति उनीहरु सुतेको ठाउँमा जंगलबाट बाघ आयो । बाघलाई देखेपछि कुकुर जोडसँग भुक्यो र कुकर भुकेपछि गुरुदेव पनि जागे । नजिकै बाघ देख्दा उनको सातोपुत्लो उड्यो र उनी बाघबाट ज्यान बचाउने उपायको खोजी गर्न थाले । तर बफादार कुकुर हिम्मत जुटाएर बाघमाथि जाइलाग्यो । विचार त्यो नाथे कुकुरको के लाग्थ्यो । उसलाई बाघले च्याप्पै समात्यो र आहारा बनाउनका लागि जंगलतर्फ लग्यो ।
बाघले लगेको ज्याकीलाई खोज्नका लागि गुरुदेवका परिवार रातमै जंगलतिर निस्किए । केही पर पुगेपछि उनीहरुले ज्याकीलाई मरेको अवस्थामा फेला पारे । गाउँलेहरुले उक्त बहादुर कुकुरको शव ल्याए र अर्को विहान सम्मानपूर्वक अन्त्येष्टि गरे ।

ब्वायफ्रेण्डलाई भन्न नहुने ४ कुरा

प्रेमको सुरुवाती अवस्थामा कुनैपनि प्रेमिकाले आफ्नो प्रेमीसँग मन खोलेर सप्पै चिज भन्न चाहन्छन् । केही कुरा पनि नलुकाईकन ब्वायफ्रेण्डको मन जित्ने धूनमा उनीहरुले आफु नै नांगिएको पत्तो पाउँदैनन् ।
मनभित्र गुम्सिएका सबै कुराहरु, भावना तथा इमोसनहरु ब्वायफ्रेण्डसँग तुरुन्तै शेयर गर्दछन् । तर कहिलेकाहीँ यो इमान्दारी तथा सक्रियता उनीहरुका लागि निकै भारी पर्दछ । र, यसले तपाइँको ब्वायफ्रेण्डसँगको सम्बन्धलाई मजबुत पार्नुको साटो झनै टाढा पूराइदिन्छ । त्यसैले महिला मित्रहरु यदि तपाइँ कुनै केटासँग प्रेमको सुरुवाती अवस्थामा हुनुहुन्छ भने यी चार कुरा ऊसँग नगर्नुस्ः
तपाइँ मेरो पूर्वप्रेमी जस्तै देखिनुहुन्छः  कुनैपनि केटालाई आफ्नो गर्लफ्रेण्डले आफुलाई उसको भुपु प्रेमीसँग दाँजेको मन पर्दैन । यदि तपाइँले यस्तो कुरा आफ्नो नयाँ प्रेमीसँग गर्नुभयो भने उसमा तपाइँप्रतिको विश्वास घट्नेछ र टाढा हुन थाल्नेछ ।
तपाइँले लगाएको भन्दा तपाइँका साथीले लगाएका कपडा कति राम्राः  विचार गर्नुस् की तपाइँले जति प्रसंसा तथा तारिफ गर्नुछ आफ्नै ब्वायफ्रेण्डको गर्नुस् । जति नै नराम्रो किन नहोस् ऊलाई अरुभन्दा त नपार्नुस् । यदि तपाइँले आफ्नो ब्वाय फ्रेण्डलाई तिमीले लगाएको कति नसुहाएको, तिम्रो साथीहरुले कति राम्रोसँग लगाउँछन्, भन्ने जस्ता कुरा लगातार सुनाउनुभयो भने उसले दिक्क मान्नेछ । दिक्क मात्र होइन, तपाइँले प्रसंसा गरेको उसको साथी र तपाइँबीचमा समेत शंका गर्न सुरु गर्नेछ ।
हामीले बच्चाको नाम के राख्ने ?:  मानौँ की तपाइँ ब्वाय फ्रेण्डप्रति नतमस्तक हुनुहुन्छ तरपनि विवाह र बच्चा पाउने कुरा यति छिटै नगर्नुस् । केटाहरु विवाहको कुरामा प्रायः डराउँछन् । तपाइँको बच्चासम्मको सोधाइले उसमा बढि दबाब महसुस हुन्छ र तपाइँसँग टाढिन खोज्दछ ।
तपाइँका साथीहरु मलाई मन पर्दैन: तपाइँलाई उसले मन पराउँछ । तर तपाइँका लागि आफ्ना साथीहरु गुमाउन चाहँदैन । उसको आनीबानीलाई देखेर तपाइँमा रिस उठ्नसक्छ तर आफ्नो सम्बन्धको भलाइका लागि चुप रहनु बेस हुन्छ ।

युवतीको जिउभित्र भेटिए ४ वटा मृगौला

मानिसको सरीरभित्र २ वटा मृगौला हुन्छन् । तर चीनकी एक १७ वषर्ीया युवतीको सरीरमा भने ४ वटा मृगौला भेटिएका छन् ।
doctorशाओलिन नामकी ती युवतीलाई पिठ्युँ दुख्ने समस्या बढेपछि अस्पतालमा गई अल्ट्रासाउन्ड गर्दा उनको जिउमा ४ वटा मृगौला भएको पत्ता लागेको हो ।
डाक्टरहरुका अनुसार ४ वटा मृगौला हुने यस्तो अवस्थालाई रेनल डुप्लेक्स मन्सट्रसिटी भनिन्छ । यो निकै दुर्लभ केस हो ।
डाक्टरका अनुसार यस्तो समस्या भएका मानिसहरुको यहीँ समस्याका कारण मृत्यु हुने जोखिम पनि निकै कम अर्थात् १५ हजार जनामा एक मात्र हुन्छ । त्यसैले कतिपय मानिसलाई त आफ्नो ४ वटा मृगौला भएको कुरा जिन्दगीभर पनि थाहा हुँदैन ।
जिउमा चारवटा मृगौला भएपनि आखिर काम गर्ने दुइवटैले हो र बाँकी दुइवटाको काम हुँदैन । अतिरिक्त मृगौलाहरु मुख्य मृगौलासँग जोडिएका हुन्छन् र काम गर्दैनन् । यस्ता अतिरिक्त मृगौलालाई शल्यक्रिया गरी निकालेर अरु मानिसमा प्रत्यारोपण गर्न पनि सकिँदैन ।
चिनिया युवती शाओलिनका अतिरिक्त दुइ मृगौला डाक्टरहरुले शल्यक्रिया गरी निकालिदिएका छन् र उनले विस्तारै स्वास्थ्य लाभ गरिरहेको चिनिया सरकारी पत्रिका पिपुल्स डेलीले जनाएको छ ।

४ इन्च लामो जिब्रो आधा काटेर फ्याँकेपछि पहिलोपटक मुस्कुराइन यी बच्ची

अमेरिकाको सेन्ट लुइसकी लाइला किंग नामकी यी बच्चाीको उमेर केवल केवल १३ महिनाको छ । अब हाँस्न तथा तोते बोल्न सुरु गर्ने उमेरकी यी बालिका हास्न पनि सक्दिनन् । यसको कारण हो, उनको जिब्रो ।
tongueजुन सामान्य बच्चाको भन्दा दुइगुणा ठूलो छ र सोही कारण उनी मुख खोलेर आवाज निकालेर हाँस्न सक्दिनन् । तर धन्य, चिकित्सा विज्ञानको चमत्कारले गर्दा उनी जिवनमा पहिलोपटक मुस्कुराउन सक्ने भएकी छिन् ।
यी बच्चीलाई बेकविथ विडेमन सिन्ड्रोम नामक रोग छ । सोही कारण उनको जिब्रो यतिविघ्न ठूलो भएको हो । यो समस्या १५ हजारमा एक जना बच्चामा हुन्छ । जिब्रो मात्र होइन यो रोग भएका बच्चाको आन्द्रा पनि भुँडी बाहिर निस्किएकेा हुन्छ ।
जन्मिँदै निकै सिकिस्त रहेकी यी बच्चीलाई ४ हप्तासम्म भेन्टिलेटरमा राखियो । त्यसपछि डाक्टरहरुले उनको पेटको शल्यक्रिया गरे र जिउ बाहिर रहेका आन्द्राभुँडीलाई भित्र हालिदिए ।
पेटको समस्या त सकियो तर जिब्रोको समस्या ज्युँ का त्यूँ थियो । ठूलो जिब्रोका कारण बच्चाीले दुध चुस्न पनि सकिदनथिन् । ६ महिना पुगेपछि उनको जिब्रोको सल्यक्रिया गरियो । तर उनको जिब्रो बढ्ने क्रम रोकिएन । १३ महिना पुगेपछि उनको जिब्रोको दोश्रोपटक सर्जरी गरेर उनको जिब्रो आधा काटेर फ्याँकिएको छ ।
अहिले भने उनी खाना खान सक्ने भएका छन् र स्वास पनि सजिलैसँग लिन सक्छिन् । अहिले उनी कम्तिमा मुस्कुराउन सक्ने भएकी छिन् ।

आमालाई सर्पले डस्यो, दुध चुस्दा बच्चाको मृत्यु

दुनियामा सबै मानिसलाई आमाको दुध अमृत समान हुन्छ । तर भारतमा भने एकजना १८ महिने बालकको आमाको दुध चुसेका कारणले मृत्यु भएको छ ।
snakeवास्तवमा उक्त बच्चाकी आमालाई सर्पले डसेको थियो । सर्पले डसेसँगै आमाको मात्र होइन, आमाको दुध चुस्ने बच्चाको पनि मृत्यु भएको छ ।
यो घटना भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुर जिल्लाको हो । अनन्तपुर जिल्लाको लटचनापल्ली गाउँमा बस्ने चन्द्रकला नामकी २८ वर्षीया महिलालाई गत बिहिबार घरमै सुतेको बेला रातमा सर्पले डसेको थियो । उनले खुट्टामा कुनै किराले टोकेको होला भनेर वास्ता गरिनन् । रातमा आफुसँगै सुताएको सानो छोरालाई उनले दुध चुसाइन् पनि ।
सर्पले डसेका कारण चन्द्रकलाको मात्र होइन जिउमा विष फैलिएका कारण उनको दुध चुस्ने बच्चाको पनि रातभरमा अवस्था निकै नाजुक बनिसकेकेा थियो । अर्को बिहान उठ्दा चन्द्रकलाका श्रीमानले श्रीमती र छोराको मुखबाट फिँज निस्किरहेको देखे ।  आमाछोरालाई उपचारका लागि अस्पताल लगियो । जहाँ उनीहरुको उपचारकै क्रममा मृत्यु भयो ।
पछि मृत्युको कारणबारे जाँच गर्दा चन्द्रकलालाई सर्पले डसेको र उनको सरीरमा विष फैलिँदा दुध समेत विखालु भएको अनि सोही दुध चुस्दा छोराको समेत मृत्यु भएको निष्कर्ष निकालिएको छ ।

Sunday, June 5, 2016

अनौठो रेष्टुरेन्टः जहाँ खानासँगै सेक्स पनि पस्किइन्छ (फोटो हेर्नुस )

एजेन्सी। संसारमा २ कुरा जो कसैलाई पनि मन पर्छ । खाना र सेक्स ।यही कुरालाई मध्य नजर गर्दै चीनको राजधानी बेइजिङमा अनौठो रेष्टुरेन्ट सञ्चालनमा आएको छ । २७ वर्षकी एक युवतीले शुरु गरेको रेष्टुरेन्टमा खाना मात्र होइन सेक्स पनि पस्किइन्छ ।


यो रेष्टुरेन्टमा पेय पदार्थ बक्षस्थल आकारको कपमा दिने गरिन्छ भने बियर लिङ्ग आकारको ओपनरबाट सर्भ गरिन्छ । यहाँ खानालाई सेक्स थिममा पस्किनका लागि हरेक ब्यवस्था गरिएको छ ।

लु लु भन्छिन् रेष्टुरेन्ट शुरु देखि नै राम्रोसँग चलिरहेको छ । लु का पिताले रेष्टुरेन्टको डिजाइनमा केही बदलाव ल्याएर खानाको मेनुमा समेत हर्नी र सेक्सुअल वर्ल्ड भन्ने जस्ता शब्द प्रयोग गरेका छन् । नेपाली हेडलाइनबाट

Wednesday, September 2, 2015

किन कोही मानिसलाई लामखुट्टेले बढि टोक्छ ? कारण यस्ता छन्

कोही कोही मानिसले लामखुट्टेले आफुलाई अरुलाई भन्दा बढि टोक्ने गरेको गुनासो गर्छन् । अरु मानिसहरु सँगै हुँदापनि लामखुट्टेहरु आफ्नै जिउमा बढि झुम्मिने गरेको दाबी हुन्छ कसैकसैको । यस्तो दाबी गर्नेलाई हामीले जिस्काउने गर्छौँ प्रायः ।
अनि भन्ने गर्छौँ की तिमीलाई बढि मन पराएको होला नी लामखुट्टेले । साँच्ची उक्त साथीले नखरा पारेको हो, आखिर लामखुट्टेले टोक्ने त सबैलाई उस्तै त हो भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । लामखुट्टेले धनी, गरीब, दुब्लो मोटो, कालो तथा गोरो भनेर विभेद गर्ने कुरा भएन । कोही मानिसको रगत बढि मीठो र कसैको नमीठो हुने कुरा पनि भएन ।
त्यसैले लामखुट्टेले जसलाई मौका पायो उसैको जिउबाट रगत चुस्ने हो नी भन्ने ठम्याइ हुन्छ हाम्रो । तर वास्तवमा हाम्रो यो ठम्याइ गलत रहेछ । हालैको एक अध्ययनले मानिसको रगतको प्रकारले उसलाई लामखुट्टेले कति सताउँछ भन्ने कुराको निधो हुने तथ्य पत्ता लगाएको छ ।

शोधकर्ताका अनुसार लामखुट्टेले मानिसको जिउबाट रगत चुस्न रुचाउने दर मानिसको रक्त समूह अर्थात् ब्लड ग्रुपमा निर्भर गर्दछ ।
अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्सका शोधकर्ताहरुका अनुसार ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले बढि मन पराउँछ । ओ ब्लड ग्रुप भएका मानिसको शरीरको रगत चुस्न लामखुट्टेले बढि रुचाउँछ ।
शोधकर्ताहरुका अनुसार हाम्रो रगतमा प्रोटिन हुन्छ र उक्त रक्तप्रोटिन ओ ग्रुपको रगतमा बढि हुन्छ । त्यसैले बी ब्लड ग्रुप भएका मानिसको तुलनामा ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले टोक्ने दर दोब्बर हुन्छ । त्यस्तै ए ब्लड ग्रुपका मानिसलाई बी ब्लड ग्रुपका मानिसलाई भन्दा पनि लामखुट्टेले कम टोक्छ ।
शोधका अनुसार लामखुट्टे मानिसको पसिनाको गन्धबाट पनि आकषिर्त हुन्छ । बढि पसिना आउने मानिसप्रति लामखुट्टे बढि आकषिर्त हुने शोधकर्ताको ठम्याइ छ । पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड तथा एमोनिया जस्ता तत्व हुन्छन् जसले लामखुट्टेलाई आकषिर्त गर्दछ ।
त्यस्तै एक शोधका अनुसार लामखुट्टेले हेर्ने तथा रंग छुट्टाउने क्षमता पनि हुन्छ । लामखुट्टेले रातो, निलो तथा कालो लगायतका रंग सजिलै सँग पहिचान गर्न सक्छ । त्यसैले यदि तपाइँले यस्ता रंगका कपडा पहिरिनुभयो भने लामखुट्टेले बढि सताउनेछ ।
शोधले अर्को रोचक कुराको खुलासा पनि गरेको छ । जस अनुसार बियर पिउने मानिसलाई नपिउने मानिसको तुलनामा लामखुट्टेले बढि सताउने गर्छ । बियर पिउने मानिसको शरीरमा इथानोलको मात्रा बढि हुन्छ । इथानोलले मानिसलाई बढि आकषिर्त गर्दछ ।
-अनलाइन खबर बाट

यी हुन् वर्षका उत्कृष्ट जंगली तस्वीरहरु (फोटोफिचर)

वाइल्डलाइफ फोटोग्राफर अफ दी इयर, २०१५ का फाइनालिस्टको सूचि सार्वजनिक भएको छ । वन्यजन्तु फोटोग्राफीमा रुची राख्ने व्यवसायिक तथा एमेच्योर फोटोग्राफरहरुको विश्वस्तरीय प्रतियोगिताका लागि ९६ देशबाट ४२ हजारवटा तस्वीर प्राप्त भएकोमा ती मध्येबाट उत्कृष्ट १ सय वटा फाइनालिस्ट तस्वीरहरु छनोट भएका छन् ।
बेलायतको नेसनल हिस्ट्री म्युजियममा सयवटै तस्वीरहरु प्रदर्शनीमा राखिनेछ । आगामी अक्टोबर १३ मा प्रतियोगिताको विजेताको घोषणा हुनेछ ।
विश्व वाइल्डलाइफ फोटोग्राफीका फाइनालिस्ट तस्वीरहरु यस्ता छन्


१. इण्डोनेसियाको कोमोदो राष्टिय निकुन्जमा फोटोग्राफर एन्ड्री गुडकोभले कोमोदो जातको भिमकाय छेपारोका दुइ भालेहरु एक आपसमा अंकमाल गरेजस्तो गरी भिड्न थालेको यो अद्धितीय तस्वीर खिच्न भ्याए ।

२. अमेरिकाको क्यालिफोर्नियास्थित मोरो बे तटिय क्षेत्रमा पानी खानका लागि मौका हेरिरहेको लोखर्के । नजिकै रहेको सिकारी चराको आक्रमणबाट जोगिएर पानी पिउने मौका पर्खिरहेको भएपनि अन्ततः चराले आफ्नो तिखो चुच्चोले प्रहार गर्ने मनसुवा देखाएपछि लोखकै प्यास नमेटाइ फर्किन बाध्य भयो । यो तस्वीर फोटोग्राफर कार्लोसले खिचेका हुन् ।



३. नामिबियाको इटोशा राष्टिय निकुञ्जमा हात्तिका बथान । एउटा हात्तिको जिउले यस्तो फोटो फ्रेम बनाएको छ की उतापटि्ट रहेको हात्ति साँच्चीकै क्यानभासको ब्लाक एण्ड ह्वाइट तस्वीर जस्तो लाग्छ ।


Saturday, August 22, 2015

संसारका सबै भन्दा घिनलाग्दा अाश्चर्यजनक खाना (फोटो फिचर)







संसार हामीले सोंचेको भन्दा निक्कै ठूलो छ । संसारका ऋति रिवाज देखि परंपरा र संस्कृति बुझिनसक्नु छन् । संसारका कुना कुनामा कति फरक फरक खानेकुरा खाइन्छ भन्ने तपाइँ कल्पना पनि गर्न सक्नु हुन्न होला । यहाँ हामीले संसारमा पाइने सबै भन्दा अनौठा खानाका तस्विर सहित प्रस्तुत गरेका छौं ।

Monday, August 17, 2015

डाक्टरले उमारे पाखुरामा कान (फोटोफिचर सहित)

चिनियाँ डाक्टरहरुले पेटमा नाक तथा खुट्टामा हातको कलमी गरेको र त्यसरी टुसाएका अंगलाई वास्तविक ठाउँमा लगेर जोडेको समाचार केही समय पहिले आएका थिए । चिकित्सा जगतको यस्तो आश्चर्यजनक सफलताले उपचार पद्दतिमै नयाँ आयाम ल्याइदिएको छ । हुन त थ्री डी प्रिन्टरबाटै मानिसका अंगहरु नै प्रिन्टर गरेर निकाल्ने र त्यसलाई चाहिएको ठाउँमा प्रत्यारोपण गर्ने जमाना समेत आइसकेको छ । चिकित्सा क्षेत्रको यो चमत्कार अब चीन तथा पश्चिमा देशहरुमा मात्र सीमित रहेन । हाम्रो छिमेकी देश भारतका डाक्टरहरुले पनि यस्तै चमत्कार गरिदिएका छन् । भारतको दिल्लीस्थित एक अस्पतालका डाक्टरहरुले मानिसको हातमा कान उमारिदिएका छन् । दिल्लीको जयप्रकाश अस्पतालका प्लास्टिक सर्जरी विभागका डाक्टरहरुले विरामीको छातीबाट छाला तथा मांशपेशी निकालेर त्यसलाई हातमा प्रत्यारोपण गरी त्यसबाट हातमै कान उमारिदिएका छन् । बिरामीको हातमा एउटा कान पूर्णरुपमा विकशित भैसकेको छ र अब यसलाई कानको ठाउँमै लगेर प्रत्यारोपण गर्ने तयारी भैरहेको छ ।

विभागका डाक्टर पीएस भण्डारीका अनुसार यो कृत्रिम कान हो । उनका अनुसार छातीबाट निकालिएको छालासहितको मासुको डल्लोलाई हातमा कलमी गरियो र विशेष प्रविधिबाट त्यसलाई कानको स्वरुपमा विकशित हुन दिइयो । दुबै कान जलेर बुच्चो भएका एक २२ वर्षका युवकमा यो प्रयोग गरिएको हो ।
यसरी हातमा कान उमार्नु सजिलो थिएन । डाक्टरहरुलाई यसो गर्न ठूलै मेहेनत गर्नुपर्यो र लामो समय पनि लाग्यो । यसलाई डाक्टरहरुले तीन चरणमा पूरा गरे । पहिलो चरणमा छातीबाट करङको पत्र निकालियो जुन कुरकुरे हड्डीजस्तै थियो । त्यसपछि त्यसलाई विशेष मेसिनमा हालेर कानको जस्तो फ्रेमवर्क बनाइयो ।
सुरुमा कोषिकाको फैलावटका लागि युवकको हातमा सुई दिइयो । त्यसपछि पाखुराको छालामा बेलुनजस्तो फोका उठ्यो । सोही भागमा सर्जरी गरेर कानजस्तो बनाइएको मासु प्रत्यारोपण गरियो । त्यसपछि प्रत्यारेपण गरिएको त्यो मासुको डल्लो ठ्याक्कै कानकै आकारमा विकाश हुन थाल्यो । अहिले पाखुरामा पूरै कान निर्माण भैसकेको देखिन्छ । डाक्टरहरु उक्त कानलाई हातबाट निकालेर अब टाउकाको जलेको कानमा लगेर प्रत्यारोपण गर्नेछन् ।

Tuesday, August 11, 2015

संसारका सबै भन्दा अाश्चर्यजनक खाना (फोटो फिचर)


संसार हामीले सोंचेको भन्दा निक्कै ठूलो छ । संसारका ऋति रिवाज देखि परंपरा र संस्कृति बुझिनसक्नु छन् ।


संसारका कुना कुनामा कति फरक फरक खानेकुरा खाइन्छ भन्ने तपाइँ कल्पना पनि गर्न सक्नु हुन्न होला । यहाँ हामीले संसारमा पाइने सबै भन्दा अनौठा खानाका तस्विर सहित प्रस्तुत गरेका छौं ।

Friday, August 7, 2015

अचम्मका जागिरका लिस्ट हेर्नुस ! मान्छे धेकेल्ने देखि टाबेल सुँघ्ने सम्म



हरेक आमाबुवाले आफ्ना छोराछोरीलाई सबैभन्दा धेरै सोध्ने विषय सायद यो हो- बाबु/नानी, ठूलो भएर के बन्छौ ?

फुर्किँदै धेरैजसो बच्चाले जवाफ दिन्छन्-डाक्टर, इन्जिनियर, पाइलट… आदि । कुनैबेला यस्तो जवाफ दिने बच्चा ठूलो भयो, लक्का जवान भयो र जागिर पनि गर्न थाल्यो । कसैले उसलाई सोध्यो- भाइ के काम गर्छौ ? र उसले जवाफ दिन्छ-हजुर, धक्का दिन्छु । कुनैबेला डाक्टर, इन्जिनियर बन्नेछु भनेर फुर्किने मानिसले धक्का दिने काम गर्छु भनेर जवाफ दिँदा तपाइँ तिनछक नपर्ने कुरै भएन । प्रश्न उठ्न, साँच्ची के धक्का दिने पनि जागिर हुन्छ र ?

हो, धक्का दिने पनि जागिर हुँदोरहेछ । सुन्दैमा अनौठो तर अपत्यारिलो लाग्ने यो धक्का दिने जागिर वास्तवमा निकै राम्रो तलब पाउने जागिर पो रहेछ ।

धक्का दिने जागिर मात्र होइन, यो दुनियामा अरु धेरै यस्ता जागिरहरु छन् जसको बारेमा सुन्दैमा हैरान भइन्छ र भन्न बाध्य होइन्छ की, के यस्तो पनि कहीँ जागिर हुन्छ ? पढौँ दुनियाका अनौठा जागिरहरु-

१. धकेल्नेे जागिर– जापानमा कार्यालय समयको पालना भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । बिहान काममा जानका लागि मानिसहरुको मेट्रो रेलमा ठूलो भिड लाग्छ । र, केही मानिसहरुको जागिर नै हुन्छ की रेल चढ्ने यात्रुहरुलाई लगातार ढोकाभित्र धकेल्नु ।

२. भाडाको प्रेमी– जापानको टोकियोमा यदि कुनै महिलालाई चाहना भयो भने भाडामा ब्वायफ्रेण्ड बनाउन सक्छन् । त्यसैले भाडाको ब्वायफ्रेण्ड बन्ने जागिर पाउन सक्छन् युवकहरुले । यस्तो जागिरका लागि उनीहरुले प्रतिघण्टाको आधारमा तलब भत्ता (भाडा ) पाउँछन् ।

३. लाइनमा उभिने जागिर– कुनै कामका लागि लामो समयसम्म लाइनु उभिनु पर्छ । तर केही मानिसहरु आफ्नो स्वास्थ्य अवस्था तथा अन्य कारणहरुले गर्दा लामो समयसम्म लाइनमा उभिन सक्दैनन् । यस्तोमा ती ग्राहकहरुले लाइनमा बस्नका लागि खेताला खोज्न सक्छन् । त्यस्ता खेतालाहरु निश्चित समयसम्मका लागि खास ग्राहकको ठाउँमा लाइन बसिदिन्छन् र त्यसबापत केही पैसा कमाउँछन् ।

४. सुत्ने जागिर– नासा लगायतका विश्वका कतिपय ठूला वैज्ञानिक संस्थाहरुले आफ्नो अनुसन्धानका लागि मानिसहरुलाई सुत्ने जागिर दिने गरेका छन् । त्यस्तो जागिर खाने मानिसहरु बस् सुतिदिए पुग्छ । वैज्ञानिकहरुले त्यसरी सुत्ने जागिरेहरुमार्फत निद्रा सम्बन्धि समस्या लगायतका विषयमा अनुसन्धान गर्दछन् ।
wedding
५. बिहेमा पाहुना बन्ने जागिर– हाम्रो देशमा त कुनै पुजाआजा, बिहे ब्रतबन्ध तथा पार्टीहरुमा निम्तो नै नदिइएको कोही मानिस गयो भने उसको खिसिट्युरी हुन्छ । तर जापानमा भने निम्तो नै नपाएका पाहुना बिहे समारोहमा पुगेभने उनीहरुको ठूलो सम्मा हुन्छ । कतिपय मानिसले त बिहेका समारोहहरुमा जाने पार्टटाइम जागिर नै खाएका हुन्छन् । यसरी निम्तो नै नपाइ बिहेको समारोहमा गएबापत उनीहरुले पैसा समेत कमाउँछन् ।

६. जँड्याहालाई करेन्ट लगाइदिने– मेक्सिकोमा केही मानिसहरु अरु दोश्रो मानिसलाई विजुलीको झट्का दिएर पैसा कमाउँछन् । मेक्सिकोका पब तथा बारहरुमा जो मानिसहरु बढि रक्सी खाएर बेहोस बन्दछन् उनीहरुलाई ब्युँझाउनका लागि रेष्टुरेन्ट तथा बारले विजुलीको करेन्ट लगाइदिने कर्मचारी समेत भर्ना गरेका हुन्छन् । त्यस्ता कर्मचारीको काम नै जँड्याहालाई करेन्ट लगाइदिने हुन्छ ।

७. पेपर टावेल सुँघ्ने- कतिपय पेपर टावेल उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनलाई बजारमा पठाउनु अघि पेपर टावेलको गन्ध सुँघ्नका लागि समेत केही कर्मचारी खटाएका हुन्छन् । पेपर टावेलमा कतै दुर्गन्ध त आएको छैन भन्ने एकिन गर्नका लागि टावेल सुँघ्ने काम ती जागिरेको हुन्छ ।

८. युवकलाई आलिंगन गरेर सुत्ने जागिर– जापानमा युवाहरुलाई भाडामा प्रेमी बन्ने जागिर मात्र होइन, युवतीहरुका लागि समेत राम्रो जागिर पाइन्छ, त्यो हो केटाहरुलाई आलिंगन गर्ने र सँगै सुत्ने । आफ्नी गर्लफ्रेण्डसँग ब्रेकअप भएका वा कुनै कारणले गर्लफ्रेण्ड मिस गरिरहेका युवकहरुका लागि गर्लफ्रेण्डको अनुभुति दिलाउने काम गर्छन् पेसेवर युवतीहरुले । उनीहरु त्यस्ता पागल प्रेमीहरुसँग आलिंगन गर्छन् र सँगै सुतिदिन्छन् । यसका लागि उनीहरुलाई राम्रो तलब मिल्दछ ।

९. नम्बर प्लेट लुकाउने जागिर– इरानमा एउटा अनौठो नयाँ नियम लागु भएको छ । त्यस अनुसार सडकमा एक दिन जोर नम्बर प्लेटका गाडी चल्दछन् भने अर्को दिनमा बिजोर नम्बर प्लेटका गाडि चल्न पाउँछन् । यस्तो नियमले गाडी धनीलाई निकै मर्का पर्ने गरेको छ र आफुलाई अत्यावश्यक परेको दिनमा पनि आफ्नो गाडी चलाउन नपाउने बाध्यता छ । यस्तो अवस्थामा नम्बर प्लेट ब्लकरको जागिर मालामाल हुने गरेको छ । ती ब्लकरहरुको काम नै गाडिको नम्बर प्लेटको कुनै अंक लुकाइदिएर जोर बिजोर मिलाइदिनु हो ।

१०. जनावरको खानेकुरा चाख्ने जागिर– जनावरको खाना मानिसले चाख्ने ? सुन्दैमा अमिल्दो । तर यो दुनियामा जनावरहरु पनि भाग्यमानी छन् जसले व्यवसायिक मानिसले सुरुमा चाखेर ओके गरेको खानेकुरा मात्र खान्छन् । ता की त्यस्तो खानामा कुनै कैफियत नहोस् । कुकुर बिरालो जस्ता घरपालुवा जनावरको खानेकुरा उत्पादन गर्ने कतिपय कम्पनीहरुले खानेकुरा चाख्ने कामका लागि समेत कर्मचारी भर्ना गरेका हुन्छन् र उनीहरुले त्यो खानेकुरा प्याकिङ गर्नुअघि चाखेर मात्र ओके गर्दछन् ।

Thursday, July 9, 2015

अनौठो जिउ भएका मानिसहरु (फोटोकथा)

दुनियामा सबै मानिस एकनासका छैनन् । हुनत जुम्ल्याहाको जिउ पनि एकनासको हुँदैन र केही भिन्नता अवश्य हुन्छ । यो प्रकृतिको नियम हो । तर दुनियामा केही मानिस यस्ता हुन्छन् जसको जिउ निकै नै असामान्य हुन्छ । कतिलाई जन्मजात त कतिलाई पछि लाग्ने विभिन्न रोगका कारण पनि यस्तो भएको हुन्छ । यहाँ त्यस्तै अनौठो जिउ भएका मानिसको फोटोकथा प्रस्तुत गरिएको छ-

१. पोलिओस्टिक फाइब्रोस डिस्प्लाजिया- यो रोगका कारण सामान्य हड्डीको ठाउँमा रेशादार हड्डी तन्तुको विकाश हुन्छ र जिउको कुनै भागमा कुरकुरे हड्डीले ठूलै डल्लो बन्दछ । खासगरी खप्पर, पेल्भिस, करङ लगायतका ठाउँमा यस्तो समस्या आउँछ । यो तस्वीर अनुहारको हड्डीमा पोलिओस्टिक फाइब्रोस डिस्प्लाजिया भएकी युवतीको हो ।

2. सर्पे जिब्रो- अमेरिकी किशोरी एडि्रन लिविस विश्वको सबैभन्दा लामो जिब्रो भएकी युवती हुन् । उनको जिब्ो ४ इन्च लामो छ । उनले आफ्नो जिब्रोले आँखासम्म छुन सक्छिन् । 

3. एम्ब्रास सिन्ड्रोम- सरीरमा असामान्य रुपमा रौँ पलाउने यो रोगबाट पीडित थाइ किशोरी सुपात्रा सासुफानको तस्वीर हो यो ।