बेलायतको नेसनल हिस्ट्री म्युजियममा सयवटै तस्वीरहरु प्रदर्शनीमा राखिनेछ । आगामी अक्टोबर १३ मा प्रतियोगिताको विजेताको घोषणा हुनेछ ।
विश्व वाइल्डलाइफ फोटोग्राफीका फाइनालिस्ट तस्वीरहरु यस्ता छन्
१. इण्डोनेसियाको कोमोदो राष्टिय निकुन्जमा फोटोग्राफर एन्ड्री गुडकोभले कोमोदो जातको भिमकाय छेपारोका दुइ भालेहरु एक आपसमा अंकमाल गरेजस्तो गरी भिड्न थालेको यो अद्धितीय तस्वीर खिच्न भ्याए ।
२. अमेरिकाको क्यालिफोर्नियास्थित मोरो बे तटिय क्षेत्रमा पानी खानका लागि मौका हेरिरहेको लोखर्के । नजिकै रहेको सिकारी चराको आक्रमणबाट जोगिएर पानी पिउने मौका पर्खिरहेको भएपनि अन्ततः चराले आफ्नो तिखो चुच्चोले प्रहार गर्ने मनसुवा देखाएपछि लोखकै प्यास नमेटाइ फर्किन बाध्य भयो । यो तस्वीर फोटोग्राफर कार्लोसले खिचेका हुन् ।
३. नामिबियाको इटोशा राष्टिय निकुञ्जमा हात्तिका बथान । एउटा हात्तिको जिउले यस्तो फोटो फ्रेम बनाएको छ की उतापटि्ट रहेको हात्ति साँच्चीकै क्यानभासको ब्लाक एण्ड ह्वाइट तस्वीर जस्तो लाग्छ ।









0 comments:
Post a Comment