Wednesday, September 2, 2015

भूकम्पपीडितका नाममा आईएनजीओको मनपरी



दोलखा , भदौ १७ ।  विनाशकारी भूकम्पपछि राहत वितरण र अस्थायी बासका लागि सहयोग गर्न आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले आफ्नो स्वार्थ अनुकुल काम गर्न थालेपछि पीडित स्थानीय आक्रोसित बनेका छन् । कतिपय संस्थाले स्थानीयस्तरमा सद्भाव भड्किने गरी विभेद गरेको भन्दै केही गाविसले राहत नै बहिष्कार गरेका छन् । आइएनजीओहरुले तल्लो र माथिल्लो वर्ग छुट्याई विभेद सिर्जना गरेको जिल्लामा क्रियाशील राजनीतिक दलको आरोप छ ।

भूकम्पले व्यापक क्षति भएपछि सहयोगका लागि भन्दै २ दर्जनभन्दा बढी आइएनजीओ जिल्ला प्रवेश गरेका छन् । उनीहरुले राहत सामग्री वितरणसँै अस्थायी बास र सिकइ केन्द्रका लागि समेत काम गर्दै आएका छन् । तर, २ हजारसम्म घर धुरी भएका गाविसमा २५० घरधुरीलाई मात्र राहत रकम र जस्ता लैजाँदा विवाद उत्पन्न भएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

तस्करले कलर पिन्टरको माध्यमबाट नक्कली नोट छपाउने गरेको पाइएको छ । फोटोकपी मेसिन, कलर प्रिन्टर र फोटोकपी पेपरबाट नेपाली नक्कली नोट छाप्ने गरेको रहस्य खुलेको हो ।

मंगलबार १ लाख ४८ हजार नक्कली नोटसहित पक्राउ परेका नुवाकोटका दीपेन्द्र न्यौपानेले प्रहरीसँगको बयानमा चाँडै धनी हुने लोममा जाली नोट छपाउँदै आएको स्वीकार गरेका छन् । नक्कली नोट बजारसम्म पुर्याउन तस्करले भरियालाई १ हजार रुपैयाँबात २ देखि ३०० रुपैयाँसम्म कमिसन दिने गरेको पनि खुलेको छ ।


0 comments:

Post a Comment