Wednesday, September 2, 2015

कलर पिन्ट गरेर फोटोकपीबाटै नक्कली नोट आएपछि



काठमाडौं , भदौ १७ । तस्करले कलर पिन्टरको माध्यमबाट नक्कली नोट छपाउने गरेको पाइएको छ । फोटोकपी मेसिन, कलर प्रिन्टर र फोटोकपी पेपरबाट नेपाली नक्कली नोट छाप्ने गरेको रहस्य खुलेको हो ।

मंगलबार १ लाख ४८ हजार नक्कली नोटसहित पक्राउ परेका नुवाकोटका दीपेन्द्र न्यौपानेले प्रहरीसँगको बयानमा चाँडै धनी हुने लोममा जाली नोट छपाउँदै आएको स्वीकार गरेका छन् । नक्कली नोट बजारसम्म पुर्याउन तस्करले भरियालाई १ हजार रुपैयाँबात २ देखि ३०० रुपैयाँसम्म कमिसन दिने गरेको पनि खुलेको छ ।

प्रहरीले १३५ थान छापिसकेको र १३ थान फोटोकपी पेपरमा एकातर्फ प्रिन्ट गरिएको अवस्थामा बरामद गरेको आजको कारोबार दैनिकमा खबर छ ।



0 comments:

Post a Comment