Showing posts with label sports. Show all posts
Showing posts with label sports. Show all posts

Monday, July 4, 2016

रोनाल्डो भर्सेस बेलः रियल मड्रिड ‘युद्ध’

काठमाडौं । युरोकप २०१६ मा वेल्स र पोर्चुगल बाहेक शायद अरु कुनै त्यस्तो टिम छैन, जसको परिचय सिंगो एउटा खेलाडीसँग जोडिएको हुन्छ । र, बुधबार दुबै टिम फाइनलमा स्थान बनाउन लियोनमा भिड्दैछन् ।

ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डो, रियल मड्रिडमा टिममेट हुन् र, महंगे मूल्यमा स्पेनिस जाइन्टमा आवद्ध भएपछि पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एक आपासमा भिड्दैछन् ।

उनीहरु फुटबल मैदानमा एकअर्काविरुद्ध उत्रन लागेको पहिलो पटक भने होइन । उनीहरु पहिलो पटक प्रिमियर लिगमा २००८/०९ मा पहिलो पटक भिडेका थिए । जहँँ रोनाल्डोको म्यानचेष्टर युनाइटेडले बेलको टोटनहृयामलाई ५-२ ले हरायो ।


उक्त खेलमा पोर्चुगिज रोनाल्डोले गोल समेत गरे । तर, वेल्सम्यान बेलले करिव तीन मिनेट मात्र मैदानमा विताए ।

उनीहरु दोस्रो पटक सिजन २०१०/११ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिडे । रोनाल्डो रियलबाट खेलेका थिए र घरेलु मैदानमा भएको खेलमा ४-१ ले विजयी भएको उनको टोलीले अवे खेलमा १-० को जित निकाल्यो ।

अहिले फेरि रोनाल्डो र बेल भिड्दैछन् । तर, ठाउँ र अर्थ फरक छ । उनीहरु क्लब होइन, देशको प्रतिनिधित्व गर्दैछन् ।

रोनाल्डो दोस्रो पटक युरोकपको फाइनल खेल्न चाहन्छन् । यसअघि २००४ मा खेलेका थिए । र, पोर्चुगलले सेमिफाइनलसम्म यात्रा गर्नुको रोनाल्डोको प्रेरणादायी भूमिका छ ।

खासगरी नकआउट चरणमा स्थान बनाउन पोर्चुगलले हंगेरीसँग ३-३ को बराबरी खेल्दा रोनाल्डोले दुई गोल गरेका थिए भने अर्को गोलका लाागि पास मिलाएका थिए ।

अर्कोतिर बेलले इतिहास बनाइसकेका छन् । ५८ वर्षपछि ठूलो प्रतियोगिता खेलेको वेल्स पहिलो पटक युरोपियन च्याम्पियनपसिपको सेमिफाइनलमा पुगिसकेको छ ।

समूह चरणमा तीन गोल गरेका उनले त्यसपछिका दुई खेलमा भने गोल गरेका छैनन् । तर, वेल्सले यहाँसम्म यात्रा गर्नुमा वेलले प्रेरणादायी भूमिका खेलेका छन् ।

अब अब अन्तिम क्षणको प्रतिक्षा भइरहेको छ । तर, रियल मड्रिडका समर्थकहरुका लागि खुसीको कुरा के छ भने जसले जिते पनि रियलकै खेलाडी फाइनलमा पुग्नेछन् ।

मेसीले सन्यास फिर्ता लिए ! आगामी नोभेम्बरदेखि मेसीले अर्जेन्टिनाका लागि खेल्ने दाबी

अर्जेन्टिना, असार २० । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएलगत्तै अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि निराश भएका प्रशंसकहरुका लागि खुसीको खबर आएको छ ।


अर्जेन्टिनाबाट प्रकाशित हुने ‘ला नेसन’ अखबारका अनुसार मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सहभागिता जारी राख्ने भएका छन् । आगामी नोभेम्बरबाट हुने विश्वकप क्वालिफाइ चरणका खेलमा उनी अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा उत्रिने भएका छन् ।

अर्जेन्टिनी टिमकै पूर्व सदस्यलाई उद्धृत गर्दै सो अखबारले मेसी पुनः राष्ट्रिय टिममा फर्कने दाबी गरेको हो ।

आगामी सेप्टेम्बर र अक्टोबरमा हुने खेलमा भने उनी नखेल्ने जनाइएको छ । तर नोभेम्बरदेखि मेसीले अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा आफ्नो कला देखाउने सो अखबारको दाबी छ ।

मेसीलाई सन्यासको निर्णय फिर्ता लिन अर्जेन्टिनाका राष्ट्रपति, महान फुटबलर डियागो म्याराडोना, मेसीका सहकर्मीहरु लगायत लाखौं शुभचिन्तकले आग्रह गर्दै आएका छन् । (एजेन्सी)

Saturday, July 2, 2016

इटली पेनाल्टीमा हार्‍यो, जर्मनी युरोकपको सेमिफाइनलमा

काठमाडौं । इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो ।
यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो ।

बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
जसमा जर्मनीका जोनस हेक्टरले विजयी गोल गरे ।
संयोग पनि कस्तो भने ठूला प्रतियोगितामा भएको नवौं भेटमा इटलीमा पहिलो पटक हराउने क्रममा नवौं पेनाल्टी गोल नै निर्णाायक बन्न पुगेको छ ।
यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चके । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो । सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरे ।तर, नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्‍याए ।

जर्मनी ९० मिनेटभित्रै विजयी हुने देखिएको थियो । उसले ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रत लिएको थियो ।
तर, ७८ औं मिनेटमा इटलीले पेनाल्टी पायो । जर्मन डिफेण्डर जेरोमी बोटेङले अनावश्यक हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरे । यो उनको करियरमै पहिलो पेनाल्टी गोल थियो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । र, निर्णय टाइब्रेकरबाट लिइयो ।
जर्मनीले १९७६ मा चेकोस्लोभाकियासाग हारेदेखि जर्मनी अहिलेसम्म पेनाल्टीमा चुकेको छैन । अब उसले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासाग सेमिफाइनल खेल्नेछ ।

Friday, July 1, 2016

वेल्सको ऐतिहासिक जित, बेल्जियमलाई पन्छाउँदै सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पन्छाउँदै वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ । १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सका लागि कुनै पनि ठूलो प्रतियागिताको मा यो नै ठूलो उपलब्धि हो ।


शनिबार विहानै भएको खेलमा वेल्सले बेल्जियमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो । र, १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो ।

तर, यो खेललाई निरन्तरता दिन सकेन । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए । उनी खेलमा ठूलो शंका थियो, किनकी उनको काँधमा चोट लागेको थियो । तर, बेल्जियमविरुद्ध उनले नै कर्नरमा आएको बलमा हेडमार्फत बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफमा वेल्स हावी भयो । ५५ औं मिनेटमा हल रोब्सन कानुले गोल गरे भने ८५ औं मिनेटमा साम भोक्सले गोल गर्दै युरो २०१६ को अन्तिम चारमा वेल्सलाई पुर्‍याए ।

Thursday, June 30, 2016

पोल्याण्ड पेनाल्टीमा चुक्यो, पोर्चुगल सेमिफाइनलमा

काठमाडौं । पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो ।
निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।
यसअघि निर्धारत समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा रेनाटो सान्चेसले बराबरी गोल गरे ।
सेमिफाइनलमा पुग्ने क्रममा पोर्चुगलले एउटा खेल पनि निर्धारित समयमा जितेको छैन । समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको पोर्चुगल तेस्रो स्थानमा रहेको उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा उसले क्रोएसियालाई अतिरिक्त समयमा गोल गर्दै हरनएको थियो ।
इुरोपियन च्याम्पियनसिपमा अहिलेसम्म कुनै पनि टोली यसरी ९० मिनेटको खेलमा नजिति यतिलामो यात्रा गरेको थिएन । अझ रोचक त के भने पोर्चुगलले यो सिंगो प्रतियोगितामा १९ मिनेट मात्र खेलमा अग्रता लिएको छ ।
अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्सको खेलको विजेतासँग खेल्नु पर्नेछ ।

Friday, June 24, 2016

मैदानमै पादेपछि खेलाडीलाई रातो कार्ड

फुटबल खेलमा विपक्षी खेलाडिमाथि गम्भीर फाउल गर्ने वा गम्भीर रुपमा खेलको नियम उल्लंघन गर्ने खेलाडिलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाउने गरेको त हामीले देखेकै छौँ ।

तर कुनै फुटबल खेलाडिलाई पादेको आरोपमा रातो कार्ड देखाएर मैदान बाहिर पठाइएको भने अहिलेसम्म देखिएको थिएन । स्विडेनमा भने यो आठौँ आश्चर्य पनि देखिएको छ ।

स्विडेनमा त्यहाँका एक लिग फुटबल प्रतियोगिताका दौरान एक खेलाडिले खेल चलिरहेको बेला मैदानमै पादेपछि रातो कार्ड खानुपरेको छ ।

स्विडिस लिगको पुछारमा रहेको पर्साजेन एस के क्लबका खेलाडि एडम लिन्डिन लिजुंगभिस्टले हालै जार्ना एसके टीमसँगको खेलका दौरान पादेको अभियोगमा रातो कार्ड खाँदै मैदान छाडेका हुन् ।

उनले दुइवटा पहेँलो कार्डसँगै अन्तिममा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनुपर्यो । एडमले खेलको अनुशासन बाहिरको व्यवहार देखाएको र कुनै खेलाडिलाई लक्षित गरेर पादेको उक्त खेलका रेफ्रीले दाबी गरेका छन् ।

तर एडमले भने आफुलाई पादेको आरोपमा रातो कार्ड देखाउँदा झसँग भएको बताए । मैदान बाहिर बेन्चमा आएर अन्य खेलाडिहरुलाई आफ्नो बारेमा सुनाउँदा आफुले पादेको आरोपमा रातो कार्ड पाएको भन्ने कुरा कसैले पनि नपत्याएको उनले बताए ।

तर एडमले यति जोडसँग पादेका थिएकी मैदानमा उनीभन्दा केही टाढा दौडिरहेका अन्य खेलाडिले समेत पादेको आवाज सुनेका थिए ।

आफुले पाद्ने कुरालाई खासै ठूलो नमान्ने भन्दै उनले तिललाई पहाड बनाउने मानिसहरुले घटनालाई उचालेको आरोप लगाए । साँच्चीकै उनी यतिधेरै पदुवा रहेछन् की जिउ यस्तो तन्काउँदा पनि मलद्धारबाट हावा निस्कने रहेछ । फुटबल मैदानको घटना त त्यसको एउटा संस्करण मात्र रहेछ ।

Monday, June 20, 2016

पेनाल्टीमा चुकेपछि रोनाल्डो सुत्न सकेनन्

असार ७, काठमाडौं । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले भनेका छन् कि पेनाल्टी मिस गरेपछि उनका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सुत्न सकेका छैनन् ।

रियल मड्रिडका ३१ वर्षे स्ठार रोनाल्डोले अष्ट्रियाविरुद्ध पेनाल्टी मिस गरेका थिए, जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । अब युरो कपको नकआउट चरणमा पुग्न पोर्चुगललाई हंगेरीविरुद्ध जित हात पार्नै पर्ने दबाव छ ।


बुधबारको खेल अघि पोर्चुगिज प्रशिक्षक सान्तोषले भनेका छन्, रोनाल्डो सुत्न सकेको छैनन् ।

साथै उनले पोर्चुगलले पेनाल्टी पाएको अवस्थामा रोनाल्डोले नै हान्ने बताए । यदि अर्को खेलमा कुनै पेनाल्टीभए, रोनाल्डोले नै हान्ने छन् र गोल गर्ने छन्, प्रशिक्षक सान्तोषले भनेका छन् ।

Saturday, June 18, 2016

चिली कोपा अमेरिकाको सेमिफाइनलमा, भार्गास एक्लैले गरे ४ गोल

५ असार,काठमाडौं । डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिकाको सेमिफाइनमा कोलम्बियासँगको भेट पक्का गरेको छ ।
आज बिहान अमेरिकाको लिभाइज स्टेडियममा भएको खेलमा मेक्सिककोलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
चिलीले गोलको वर्षा गरेको खेलमा भार्गासले मेक्सिकोको पोस्टमा ४ गोल गरेका थिए । त्यस्तै इड्सन पुचले दुई गोल गर्दा एलेक्सिस सान्चेजले एक गोल गरे । मेक्सिकोले खेलमा कुनै गोल गर्न सकेन र कोपाको जारी खेलमा धेरै गोल खाने टोली बन्यो ।
पुचले खेलको १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा भार्गासले व्यक्तिगत पहिलो र चिलीका लागि दोस्रो गोल गरेका थिए । दोस्रो हाफको ४९ औं मिनेटमा एलेक्सिस सान्चेजले चिलीका लागि तेस्रो गोल गरे । त्यसपछि ५२, ५७, ७४ औं मिनेटमा भार्गासले गोल गर्दै उनले गोल संख्या ४ पुर्‍याए ।
८७ औं मिनेटमा पुचले व्यक्तिगत दोस्रो र टिमका लागि सातौं गोल गरेका थिए ।

मेस्सीले भेटे धेरै गोलको रेकर्ड, अर्जेन्टिना सेमिफाइलमा

५ असार, काठमाडौै । मेस्सीले ग्रयावियल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको रेकर्ड बराबर गरेको खेलमा अर्जेन्टिना विजयी भएको छ । र, कोपा अमेरिकाको सेमिफाइलनमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएको खेलमा भेनेजुएलालाई ४-१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो ।
जित निकाल्ने क्रममा हिगुइनले दुई तथा मेस्सी र लामेलाले एक एक गोल गरेका थिए । खेलको आठौं मिनेटमा हिगुइनले अर्जेन्टिनाको लागि पहिलो गोल गरेका थिए  । र, उनको बलले  २८ औं मिनेटमा जालि चुमेको थियो ।
दोस्रो हाफको ६० औं मिनेटमा मेस्सीले  उत्कृष्ठ गोल गर्दै खेललाई ३-०को अवस्थामा ल्याए र, ग्रयावियल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको रेकर्डसँग बराबरी गरे । खेलको ७१ औं मिनेटमा लामेलाले गोल गरे । भेनेजुएलाले एक गोल फर्काएको थियो  । तर त्ययले अर्जेन्टिनाको जित रोक्न सकेन ।

१० शट्स, शून्य गोल र बेखुश रोनाल्डो

काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोका लागि पेरिसमा शनिबारको रात सम्झनालायक रात हुनु पर्ने थियो । किनभने उनले लुइस फिगोको रेकर्ड तोड्दै पोर्चुगलका लागि १२८ क्याप जिते ।

तर, युरो २०१६ मा अष्ट्रियाविरुद्धको खेल गोलरहित बराबरीमा सकियो र यो रात क्षणभरमै कहिल्यै भूल्न नसक्ने रातबाट छिट्टै विर्सन चाहेको रातमा परिणत भएको छ ।
३१ वर्षे रोनाल्डो खेल सुरु हुनु अघिसम्म निकै खुसी र आरामदायी अवस्थामा देखिएका थिए । पोर्चुगलबाटै आएका झण्डै २० हजार समर्थक उनको गोल गर्न हौसाइरहेका थिए ताकि आफ्नो देश युरो २०१६ को नकआउट चरणमा पुग्न सकोस् ।
पहिलो हाफमा रोनाल्डो त्यही दिशामा थिए पनि । उनको गोल प्रयासमा उनले हानेको बल केही परबाट बाहिरियो । यो ९० मिनेटको खेलमा उनले गरेको गोल प्रयास मध्ये पहिलो थियो, जुन सबै असफल भएको छ ।
रियल मड्रिडका फवार्ड पहिलो हाफमा नानीलाई सहयोग गर्न बढी सक्रिय देखिए ।
दोस्रो हाफमा पनि रोनाल्डो गोल गर्न सकिरहेका थिएनन् । तर, खेलमा साँच्चै प्रभाव पार्न संघर्षरत रहे । तर, खेलको ७८ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । यो रोनाल्डोका लागि राम्रो मौका थियो । किनकी उनले केही साता अघि मात्र एथ्लेटिको मड्रिडविरुद्ध विजयी पेनाल्टी गोल गर्दै च्याम्पियन्स लिगको उपाधि जितेका थिए । तर, रोनाल्डोको प्रहार अष्ट्रियाका गोलकिपर रोबर्ट अल्मेरले उत्कृष्ट बचाउ गरे ।
आफ्ना स्टार स्ट्राइकरले यति ठूलो प्रतियोगितामा पेनाल्टी मिस गरेको पोर्चुगलका समर्थकहरुले विश्वास नै गर्न सकेका थिएनन् । तर, रोनाल्डोले हानेको पछिल्लो पाँच पेनाल्टीमा यो चौथो पटक गोल गर्न असफल भएका छन् ।
उनले धेरै अवसर सृजना गरे र समान्य अवस्थामा उनले हृयाट्रिक गर्नु पर्ने हो, फुटबल पण्डित थिएरी हेनरीले भने, जब उनले पेनाल्टी हान्न लागे, मलाई यो सही लागेको थिएन ।’ कहिले काँही खेलाडीलाई यस्तो हुने भन्दै उनले यो रात रोनाल्डोको नभएको बताएका छन् ।

Monday, June 13, 2016

साहित्यिक मैत्रीपूर्ण फुटबल शनिबार

काठमाडौँ, ३१ जेठ । संस्कृति, साहित्य र कलासम्बन्धी राष्ट्रिय पाक्षिक पत्रिका ‘संसाक’को आयोजनामा साहित्यकारबीच यहाँ ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल खेल’ यही असार ४ गते हुने भएको छ । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा हुने सो प्रतियोगिताका लागि दुई टोलीमा गरी करिब ५० साहित्यकारको सहभागिता हुने बताइएको छ । खेल सम्पन्न गर्न डा शैलेन्दुप्रकाश नेपालको आयोजनामा मूल समारोह समिति र कार्यक्रम संयोजकमा संसाकका सम्पादक एवं प्रकाशक उमेश पाण्डे रहनुभएको छ । 

खेलमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभु घिमिरे, सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरी लगायत पदाधिकारी, सत्यमोहन जोशी, रामबहादुर पहाडी, प्रा डा गार्गी शर्मा, माया ठकुरी, डा प्रकाशचन्द्र लोहनी, हरिहर खनाल, उषा शेरचन, पूर्ण विराम, सरुभक्त, डा विजय सुब्बा, नरेन्द्रबहादुर श्रेष्ठ, प्रल्हाद पोखरेल, श्रीओम रोदन, दीनानाथ शर्मा, प्रा डा रमेशचन्द्र अधिकारी, वासुदेव गुरागाईँ, शारदा शर्मा, प्रभा भट्टराई, राधेश्याम लेकाली, सुलोचना मानन्धर, गौरा प्रसाईँ लगायतको सहभागिता रहने जनाइएको छ । 

नेपाली साहित्यको उत्थान, साहित्यकार, पाठक एवम् सर्वसाधारणबीचको सम्बन्ध वृद्धि र मनोरञ्जनका लागि कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिनुभयो । साहित्यकारहरुबीच मैत्रीपूर्ण फुटबल खेल नेपालमा सम्भवतः पहिलो पटक हुन लागेको हो । रासस 

Sunday, June 12, 2016

रात्री क्लबमा गोलाबारी आतंकबादी कार्यः ओबामा

३१ जेठ, काठमाडौं । अमेरिकी राज्य फ्लोरिडाको आरल्याण्डको एक रात्री क्लबमा भएको गोलाबारीमा मर्नेको संख्या ५० जना पुगेको छ ।
राष्ट्रपति बाराक ओबामाले गालाबारीको यस घटनालाई ‘दर्जनौं बेकसुर मानिस माथिको भीषण नरसंहार’ बताएका छन् ।

हृवाइट हाउसले जारी गरेको एक विज्ञप्तिमा उनले बन्दुक चलाउने कार्य आतंकवादी कार्य भएको भन्दै क्षमा गर्न नसकिने जनाएका छन् । उनले हत्याको कारण बारे कुनै नतिजामा अहिले पुगिनसकिएको बताएका छन् ।
उक्त शहरका मेयर बडी डायरका अनुसार फ्लोरिडामा आपतकालीन अवस्था लागूू गरिएको छ । गोलाबारी मसलिंगीको एक क्लबमा भएको थियो । अरल्याण्डका मेयरका अनुसार गोलाबारीमा ५० जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार आक्रमणकारीको रात्री क्लब भित्रै मृत्यु भएको छ । उनी अमेरिकी नागरिक भएको प्रहरीले जनाएको छ ।

Friday, June 10, 2016

कोपा अमेरिकामा चिलीको पहिलो जित

२९ जेठ, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा साविकको विजेता चिलीले पहिलो जित हात पारेको छ ।
शनिबार विहान भएको खेलमा चिलीले बोलिभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । चिली पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

जिलेट स्टेडियममा भएको खेलमा चिलीले दोस्रो हाफको सुरुमा नै अग्रता लिएको थियो । उसका लागि भिडालले गोल गरे । तर, ६१ औं मिनेटमा बोलिभियाका कम्बोसले बराबरी गोल गरे ।
खेलको अन्तिममा चिलीले पेनाल्टी पायो र भिडालले गोल गर्दै २-१ गोल अन्तरको जित दिलाएका छन् ।  यो समूहमा अर्जेन्टिना, पानामा र चिलीको ३/३ अंक भएको छ भने बोलिभिया अंकबिहीन छ ।

फ्रान्सलाई जित दिलाउने पयेट मैदान छाड्दा भावुक बने

२९ जेठ, काठमाडौं ।  युरो कप फुटबलको उद्घाटन खेलमा रोमानियाविरुद्ध जित दिलाउने क्रममा उत्कृष्ट गोल गरेका दिमित्री पयेट मैदान छाड्ने क्रममा निकै भावुक बने ।
उनकै पासमा ओलिभर जिरउडले गोल गरेका थिए भने खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै फ्रान्सलाई जित दिलाए । तर, खेल सकिनु अघि उनलाई सिसेकोले विस्थापित गरे । र, मैदान छाड्ने क्रममा उनको आँखाभरी आँसु भयो ।

पेयट यो वर्ष मात्र सिनियर टिममा स्थान बनाउन सफल भएका हुन् । र, युरो कपको पहिलो खेलमा नै उनले आफू उत्कृष्ट खेलाडी हो भनेर देखाएका छन् ।
गोलपछि आफू भावुक बनेको भन्दै उनले भने, सिजनको सुरुमा धेरै मानिसहरुले म यहाँ हुन्छ भनेर विश्वास नै गरेका थिएनन् । तर, मैले धेरै मेहनत गरेँ ।’
फ्रान्सले पहिलो हाफमा केही राम्रो मौका गुमाएको थियो । तर, विंगर पयेटले आफ्नो खेल देखाए । उनले भने, हामीले गल्ती त गर्दैनौं भन्ने डर थियो । जब हामी सेटल भयौं उनीहरुको डिफेन्स निकै राम्रो थियो । तर, हामी गोल गर्न सफल भयौं ।’
घरेलु समर्थकहरुले हौसलाले निकै मदत गरेको भन्दै उनले ३ अंक महत्वपूर्ण हुने बताएका छन् ।

युरो कप अघि फुटबल समर्थकबीच झडप, दुई पक्राउ

जेठ २८ गते , युरो कपको पहिलो खेल अघि फुटबल समर्थकहरुबीच झडप भएको छ र, फ्रान्स पुलिसले अश्रुग्यास हानेको छ ।
मार्सेलिएमा इंग्ल्याण्डका फुटबल समर्थक र स्थानीयबीच झडप भएको हो । त्यस क्रममा दुई इंग्लिस फुटबल समर्थक पक्राउ परेका छन्
एकलाई बारम्यानमाथि आक्रमण गरेको र अर्कालाई हिस्रक बनेको आरोपमा पक्राउ गरिएको फ्रान्स पुलिसले बताएको छ ।
इंग्लिस फुटबल समर्थकहरु शनिबार रुसविरुद्ध हुने खेलका लागि मार्सेलिए गएका छन् । र, उनीहरुले क्विन भिक्टोरिया पब बाहिर क्याम्प नै खडा गरेका छन् ।
समाचारहरुमा जनाइए अनुसार इंग्ल्याण्डका केही समर्थकहरुले आईएस कहा छौं भन्ने नारा लगाएक थिए ।

Thursday, June 9, 2016

उरुग्वे कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो

२८ जेठ, काठमाडौं । सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

शुक्रबार विहान भएको खेलमा उरुग्वे भेनेजुएलासँग १-० गोल अन्तरले पराजित भएको छ । लगातार दुई हारसँगै उरुग्वे अन्तिम खेल अघि नै समूह चरणबाट बाहिरिएको छ ।

Wednesday, June 8, 2016

फुटबलमा दशवटा नयाँ नियम लागु हुँदै, हरेक फुटबलप्रेमीले जानिराखौं (नियमसहित)

एजेन्सी । विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ । नयाँ नियममा अण्डरवेयरसम्बन्धी नियम पनि समावेश गरिएको छ ।
नियम यही जुनबाट लागु भएपनि जारी कोपा अमेरिका र यसपटको युरोकपमा भने लागु नहुने बताइएको छ । किनकी यि प्रतियोगिताहरु नयाँ नियम पास हुनुअगावै तय भएका हुन् ।
football
यही महिनाबाट लागू नियम यस्ता छन्ः

१. पेनाल्टी पास दिन नपाइने
टाइ ब्रेकरको पेनाल्टी पास दिन नपाउने नियम त यसअघि पनि थियो । तर, अब खेल चलिरहेका बेलामा प्राप्त हुने पेनाल्टी पनि साथीलाई पास दिन पाइनेछैन । केही समयअघि बार्सिलोनाका स्टार लियोनल मेस्सीले आफ्ना टिममेट लुइस स्वरेजलाई पेनाल्टी बल पास दिएका थिए । अब यदि यस्तो गरेमा पास दिने खेलाडीले पँहेलो कार्ड पाउने छन् भने, विपक्षी टिमलाई फ्रिकिकको मौका दिइनेछ । साथै पेनाल्टी हान्नु पूर्वलाइन भन्दा अगाडि आएमा गोलकिपरलाई पनि पँहेलो कार्ड दिइने छ ।
२. नियतबस फल गरे सिधै बाहिर
अहिलेसम्मको नियम अनुसार कुनै पनि खेलाडीले आफ्नो ‘डि बक्स’ एसियामा फल गरेमा विपक्षी टीमलाई पेनाल्टी दिने तथा अवस्था हेरेर फल गर्ने खेलाडीलाई पहेँलो वा रातो कार्ड दिने नियम थियो । तर, अबबाट नियतवश फल गरेमा खेलाडीलाई सिधै मैदान बाहिर पठाइनेछ । बल नियन्त्रणमा लिनेक्रममा भएको फलका लागि भने खेलाडीले पहेँलो कार्ड पाउनेछन् ।

३. खेल शुरु हुन अगावै पनि रेडकार्ड
अहिलेसम्म खेल सुरु भइसकेपछि मात्रै रेफ्रीले खेलाडीलाई रातो कार्ड दिनसक्ने नियम थयो । तर, अब खेल सुरु हुनुअगावै पनि रेडकार्ड दिन सकिने छ । यदि कुनै खेलाडीले खेल सुरु हुनुअगावै आफ्नो व्यवहारका कारण रेडकार्ड पाएमा उसको ठाँउमा बेन्चमा रहेको अर्को साथीले खेल्न पाउनेछ । खेल सुरु हुनुअगावै पाउने रेडकार्डले टिमलाई १० खेलाडीमा भने सिमित गर्ने छैन ।

४. चोटको समय
पुरानो नियममा खेलाडीलाई चोटपटक लागेमा तुरुन्तै मैदानबाहिर लगेर उपचार गरिन्छ । उपचारपछि ठिक भएमा रेफ्रीले मैदानमा आउने इशारा गर्दछन् । तर, अबबाट घाइते खेलाडीको उपचार २० सेकण्डसम्म मैदानमा नै गर्न सकिनेछ ।

५. खेल शुरु गर्ने
अहिलेसम्मको नियममा खेल शुरु गर्दा बललाई अगाडि लैजानुपर्दछ । तर नयाँ नियममा बललाई साइड पास वा ब्याक पास गर्न पनि सकिनेछ ।
६. आक्रामक पंक्ति
अहिलेसम्मको नियम अनुसार फ्रि किक हान्ने टीमका खेलाडी गोलकिपर नजिक उभिन्छन् । फ्रि किक मिस भएमा भीडको फाइदा उठाएर कुनै पनि खेलाडीले गोल गर्न सक्दछ । तर नयाँ नियमअनुसार फ्रि किक हान्ने बेलामा सो टिमका खेलाडीहरु गोल किपरको अगाडि उभिन पाउने छैनन् । गोलकिपरहरुका लागि यो निकै राहतको खबर हो ।

७. ड्रिंक्स ब्रेक
पुरानो नियमअनुसार गर्मी वा तिर्खा लागेको बेलामा रेफ्रीले पानी पिउने ब्रेकलाई बढाउने स्वतन्त्रता छ । नयाँ नियममा पनि ब्रेक दिने स्वतन्त्रता त छ तर, रेफ्रीले हरेक सेकण्डको हिसाब राख्नु पर्नेछ । यो ब्रेकलाई पछि अतिरिक्त समयमा सामेल गर्नुपर्नेछ ।
८. थ्रो
पुरानो नियममा पनि थ्रो फाल्ने तरिका छ । तर व्यवसायिक फुटबलमा खेलाडीले गलत थ्रो फालेमा रेफ्रीले सिटी खासै बजाएको देखिँदैन । तर अबबाट गलत थ्रो फाल्ने वित्तिकै तुरुन्त सिटी बजाउनुपर्नेछ । खेलाडीले दुवै हातले टाउको पडाडिबाट बल ल्याएर थ्रो गर्नुपर्छ र बल फाल्दा टाउको माथिबाट नै फाल्नुपर्दछ । यस्तो गरेको भेटिएमा रेफ्रीले तुरन्तै सिटी बजाउन सक्नेछन् ।

९. बिना जुत्ता खेल्न पाउने
खेल चलिरहेका बेला जुत्ता फुस्किएमा खेलाडीले खेल जारी राख्न खेल रोकिने बेलासम्म पर्खनुपर्दछ । तर अबबाट जुत्ताबिना वा शिन गार्डबिना पनि खेललाई जारी राख्न सक्दछन् ।

१०. अण्डरवेयरको रंग
अहिलेसम्मको नियम अनुसार टीमको जर्सी वा निकरभित्र आफ्नो इच्छा अनुसारको अण्डरवेयर लगाउन पाउँछन् । तर नयाँ नियम लागू भएपछि जर्सी वा निकर जस्तो छ, त्यस्तै रंगको अण्डरवेयर लगाउनुपर्नेछ ।
साथै जर्सी अनुसारको अण्डरवेयर नभएमा रेफ्रीले खेलाडीलाई अण्डरवेयर परिवर्तन गर्न आदेश दिन पनि सक्दछन् ।

हाइटीमाथि ब्राजिलको गोल वर्षा, काउटिन्होको हृयाट्रिक

२७ जेठ, काठमाडौं । फिलिप काउटिन्होले हृयाट्रिक गरेपछि कोपा अमेरिका फुटबलमा ब्राजिलले हाइटीमाथि गोलको वर्षा नै गरेको छ ।

बिहीबार विहान भएको खेलमा ब्राजिलले हाइटीलाई ७-१ गोल अन्तरले हराएको हो । कोपा अमेरिकामा यो ब्राजिलको पहिलो जित हो । यसअघि पहिलो खेलमा उसले बराबरी खेलेको थियो ।
फ्लोरिडाको क्याम्पिङ वल्र्ड स्टेडियममा भएको खेलमा ब्राजिलले १४ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो ।
२९ औं मिनेटमा काउटिन्होले नै अग्रता दोब्बर पारे । खेलको ३५ औं मिनेटमा अगस्टोले गोल परेपछि पहिलो हाफ्रमा ब्राजिलले ३-० को अग्रता लियो ।
५९ औं मिनेटमा गाब्रिअल र ६७ औं मिनेटटमा लुकास लिमाले  गोल गरे ।
७० औं मिनेटमा हाइटीका  मार्सेलिनले गोल गरे । तर, ८६ औं मिनेटमा अगस्टोले व्यक्तिगत दोस्रो गोल गरे भने अन्तिमा काउटिन्होले हृयाटि्रक पुरा गरेपछि ब्राजिल ७-१ ले विजयी भयो ।

एस्टोनियामाथि पोर्चुगलको शानदार जित, रोनाल्डाले गरे दुई गोल

२७ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले १० मिनेटमा दुई गोल गरेको खेलमा पोर्चुगलले एस्टोनियामाथि ७-० को शानदार जित हात पारेको छ ।

विहाबार विहान भएको युरो कप २०१६ को अभ्यास खेलका रुपमा भएको मैत्रिपूर्ण फुटबलमा पोर्चुगलले एस्टानियामाथि गोलको वर्षा नै गरेको हो ।
रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताएपछि रोनाल्डोले पहिलो अन्तराष्ट्रिय खेल खेलेका हुन् । जसमा उनले दुई गोल गरेका छन् ।
पोर्चुगलका लागि रिकार्डो करिज्माले पनि दुई गोल गरे भने डानिलो, इडर र कारोल मेटले पनि एक-एक गोल गरेका छन् ।
खेलमा पोर्चुगलका कप्तान रोनाल्डो पहिलो हाफमा नै मैदानबाट बाहिरिएका थिए । तर, उनीमा चोटका कुनै संकेत भने देखिएको छैन ।
युरो कपमा समूह एफमा रहेको पोर्चुगलले पहिलो खेल आइसल्याण्डविरुद्ध मंगलबार खेल्नेछ । यो समूहमा अष्ट्रिया र हंगेरी पनि छ ।

Tuesday, June 7, 2016

कोपा अमेरिकामा अमेरिकाको पहिलो जित

२६ जेठ, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा अमेरिकाले पहिलो जित हात पारेको छ ।

बुधबार विहान भएको खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई ४-० गोल अन्तरले पराजित
 गरेको हो । यसअघि प्रतियोगिताकै उद्घाटन खेलमा अमेरिका कोलम्बियासँग पराजित भएको थियो ।
खेलमा अमेरिकाले नवौं मिनेटमा डेम्पसी पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।  खेलको ३७ औं मिनेटमा जोन्सले गोल गरे भने ४२ औं मिनेटमा वुडले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ३-० को अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा भने कोष्टारिकाले सम्हालिएर खेल्यो । तर, गोल फर्काउन सकेन । बरु ८७ औं मिनेटमा गोल खानपुग्यो । जुसीले गोल गर्दै अमेरिकालाई ४-० को जित दिलाए ।