Tuesday, June 7, 2016

कोपा अमेरिकामा अमेरिकाको पहिलो जित


२६ जेठ, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा अमेरिकाले पहिलो जित हात पारेको छ ।

बुधबार विहान भएको खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई ४-० गोल अन्तरले पराजित
 गरेको हो । यसअघि प्रतियोगिताकै उद्घाटन खेलमा अमेरिका कोलम्बियासँग पराजित भएको थियो ।
खेलमा अमेरिकाले नवौं मिनेटमा डेम्पसी पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।  खेलको ३७ औं मिनेटमा जोन्सले गोल गरे भने ४२ औं मिनेटमा वुडले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ३-० को अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा भने कोष्टारिकाले सम्हालिएर खेल्यो । तर, गोल फर्काउन सकेन । बरु ८७ औं मिनेटमा गोल खानपुग्यो । जुसीले गोल गर्दै अमेरिकालाई ४-० को जित दिलाए ।

0 comments:

Post a Comment