काठमाडौँ १५ असार । न्यूरोड ताहा गल्लीमा राजेन्द्र पौडेलको नाममा रहेको सिटी लाइट पसलको गोदामबाट बिजुलीका सामान चोरी भएको छ । आज बिहान ७.३० बजे अज्ञात समूह बिजुली पसलको गोदाममा छिरेर बिजुलीका सामान र इन्भर्टर चोरेर भागेको महानगरीय प्रहरी वृत्त न्यूरोडका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
प्रनाउ घिमिरेले कति मात्रामा चोरी भयो भन्नेबारे अहिलेसम्म यकिन भइनसकेको बताउनुभयो । रासस






0 comments:
Post a Comment