Monday, September 14, 2015

‘लव सब’को कमाई तीन दिनमा ५८ लाख


काठमाण्डौ। गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लव सब’ले प्रदर्शनमा आएको तीन दिनमा ५८ लाख भन्दा माथीको व्यापार गरेको चलचित्रका निर्माता शुशिल पोखरेलले जानकारी दिएका छन् ।

बैशाख १२ गतेको भूकम्पपछि चलचित्रको व्यापार कमजोर भइरहेको खबर बाहिर आएपनि चलचित्र लव सबको यो व्यापारले भने भूकम्पको असर नदेखिएको अनुमान लगाउन सकिन्छ । निर्माता पोखरेलका अनुसार चलचित्र लव सबले प्रदर्शनमा आएको तीन दिनमा ५८ लाख ग्रस आम्दानी गरेको छ । चलचित्रको कथा वस्तु र कलाकारहरुको अभिनयलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । चलचित्रले आक्रमक व्यापार गरेपनि लव सबका दुई निर्माता शुशिल पोखरेल र नरेन्द्र महर्जनले ‘लव सब-२’ समेत बनाउँने निर्णय गरेका छन । सुशीलको घोषणा अनुसार ‘लबसब २’ अब २०७३ सालको दशैंमा चल्नेछ ।

कमेडी लभस्टोरी चलचित्र ‘लव सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लव सबमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

0 comments:

Post a Comment