Monday, September 14, 2015

झापाको सुरुङ्गा प्रहरी चौकीमा बम विस्फोट तीन प्रहरी घाइते


झापा, २९ भदौ । झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट हुँदा तीन प्रहरी घाइते भएका छन् ।

कन्काई नगरपालिका वडा नम्बर(३ मा रहेको बत्तीसा चर्चमा बम भएको जानकारी स्थानीयले दिएपछि चर्चमा प्रहरी पुगेको थियो । चर्चमा राखिएको बम प्रहरी कार्यालयमा ल्याएर राखेको अवस्थामा विस्फोट हुँदा प्रहरी सहायक निरीक्षक देवनारायण यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाइते भएका छन् ।

चर्चमा मंगलबार बिहान सकेट बम राखेको सूचना पाएपछि पुगेका प्रहरीले बिहान ६ बजे इलाका प्रहरी कार्यालय सुरुङ्गामा पुर्याएका थिए ।
प्रहरी कार्यालयको हातामा राखेको बम पड्किदा प्रहरी घाइते भएका हुन् । घाइते तीनै जनाको बीएन्डबी अस्पताल विर्तामोर्डमा उपचार भइरहेको छ ।

सोमबार राती  झापाका विभिन्न स्थानका दुई चर्चमा बम विस्फोट भएको थियो ।

बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको भए पनि बम राखिएको र विस्फोट भएका चर्चका छेउमा हिन्दूवादीका प्रचा भेटिएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment