Wednesday, June 8, 2016

एस्टोनियामाथि पोर्चुगलको शानदार जित, रोनाल्डाले गरे दुई गोल


२७ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले १० मिनेटमा दुई गोल गरेको खेलमा पोर्चुगलले एस्टोनियामाथि ७-० को शानदार जित हात पारेको छ ।

विहाबार विहान भएको युरो कप २०१६ को अभ्यास खेलका रुपमा भएको मैत्रिपूर्ण फुटबलमा पोर्चुगलले एस्टानियामाथि गोलको वर्षा नै गरेको हो ।
रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताएपछि रोनाल्डोले पहिलो अन्तराष्ट्रिय खेल खेलेका हुन् । जसमा उनले दुई गोल गरेका छन् ।
पोर्चुगलका लागि रिकार्डो करिज्माले पनि दुई गोल गरे भने डानिलो, इडर र कारोल मेटले पनि एक-एक गोल गरेका छन् ।
खेलमा पोर्चुगलका कप्तान रोनाल्डो पहिलो हाफमा नै मैदानबाट बाहिरिएका थिए । तर, उनीमा चोटका कुनै संकेत भने देखिएको छैन ।
युरो कपमा समूह एफमा रहेको पोर्चुगलले पहिलो खेल आइसल्याण्डविरुद्ध मंगलबार खेल्नेछ । यो समूहमा अष्ट्रिया र हंगेरी पनि छ ।

0 comments:

Post a Comment