Wednesday, June 8, 2016

हाइटीमाथि ब्राजिलको गोल वर्षा, काउटिन्होको हृयाट्रिक


२७ जेठ, काठमाडौं । फिलिप काउटिन्होले हृयाट्रिक गरेपछि कोपा अमेरिका फुटबलमा ब्राजिलले हाइटीमाथि गोलको वर्षा नै गरेको छ ।

बिहीबार विहान भएको खेलमा ब्राजिलले हाइटीलाई ७-१ गोल अन्तरले हराएको हो । कोपा अमेरिकामा यो ब्राजिलको पहिलो जित हो । यसअघि पहिलो खेलमा उसले बराबरी खेलेको थियो ।
फ्लोरिडाको क्याम्पिङ वल्र्ड स्टेडियममा भएको खेलमा ब्राजिलले १४ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो ।
२९ औं मिनेटमा काउटिन्होले नै अग्रता दोब्बर पारे । खेलको ३५ औं मिनेटमा अगस्टोले गोल परेपछि पहिलो हाफ्रमा ब्राजिलले ३-० को अग्रता लियो ।
५९ औं मिनेटमा गाब्रिअल र ६७ औं मिनेटटमा लुकास लिमाले  गोल गरे ।
७० औं मिनेटमा हाइटीका  मार्सेलिनले गोल गरे । तर, ८६ औं मिनेटमा अगस्टोले व्यक्तिगत दोस्रो गोल गरे भने अन्तिमा काउटिन्होले हृयाटि्रक पुरा गरेपछि ब्राजिल ७-१ ले विजयी भयो ।

0 comments:

Post a Comment