Wednesday, June 8, 2016

विप्लव माओवादीले तीनकुनेमा ट्याक्सी जलायो


जेठ २७, काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीको तिनकुनेमा एउटा ट्याक्सी जलाएको छ । आज गरिएको बन्दको अवज्ञा गरेको भन्दै माओवादीका कार्यक्रमहरुले बिहानै बा १ ज ६२०६ नम्बरको ट्याक्सी जलाएका हुन् ।
कोटेश्वरबाट कलंकीतर्फ जाँदै जाँदै गरेको ट्याक्सीलाई विप्लवका कार्यकर्ताहरुले यात्रु बनेर ‘कलंकी जानु छ ’ भन्दै तिनकुनेमा रोकेका थिए । लगत्तै ट्याक्सीभित्र पसेर पेट्रोल छर्किँदै उनीहरु भागेका थिए । महानगरीय प्रहरी बृत्त बानेश्वरका इन्सपेक्टर माधव जोशीले उनीहरुले ट्याक्सी चालक मकवानपुरका सुवास परियारलाई बाहिर समेत निस्कन नदिई आगजनी गरेर भागेका थिए ।
यसैबीच राजधानीका कालीमाटीबाट विप्लव माओवादीका ५ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका कार्यकर्ताको रिहाई गरिनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्नेलगायतका माग राख्दै विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो ।

0 comments:

Post a Comment