Friday, June 10, 2016

कोपा अमेरिकामा चिलीको पहिलो जित


२९ जेठ, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा साविकको विजेता चिलीले पहिलो जित हात पारेको छ ।
शनिबार विहान भएको खेलमा चिलीले बोलिभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । चिली पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

जिलेट स्टेडियममा भएको खेलमा चिलीले दोस्रो हाफको सुरुमा नै अग्रता लिएको थियो । उसका लागि भिडालले गोल गरे । तर, ६१ औं मिनेटमा बोलिभियाका कम्बोसले बराबरी गोल गरे ।
खेलको अन्तिममा चिलीले पेनाल्टी पायो र भिडालले गोल गर्दै २-१ गोल अन्तरको जित दिलाएका छन् ।  यो समूहमा अर्जेन्टिना, पानामा र चिलीको ३/३ अंक भएको छ भने बोलिभिया अंकबिहीन छ ।

0 comments:

Post a Comment