Friday, June 10, 2016

थापालाई स्वराजको प्रश्न : राष्ट्रपतिको भ्रमण किन रोकेको ?


  जेठ २९,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको अकास्मात भारत भ्रमण रद्द गरेकोमा भारत असन्तुष्ट रहेको आजको कान्तिपुर दैनिकमा खबर छ ।
kamal susma
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापसँग दिल्लीमा शुक्रबार भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भ्रमण रद्द हुनुको कारण सोध्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
थापाले कान्तिपुरसँग कुरा गर्दै तत्कालिन राजनीतिक अवस्थामा भ्रमण गर्न उचित नभएको र राष्ट्रपतिले छिट्टै भारत भ्रमण गर्ने जवाफ दिएको समाचारमा उल्लेख छ ।
भेटमा समसामायिक राजनीतिको बारेमा छलफल भएपनि स्वराजले मधेशवादी दलको मागको बारेमा धेरै कुरा नगरेको बताइएको छ ।

0 comments:

Post a Comment