Friday, June 10, 2016

अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै लाखौं ठगी


जेष्ठ २९, काठमाडौँ: अमेरिकी दूतावासको कर्मचारी हुँ भनी ठगी गर्ने ललितपुर ठेचो गाविस-९ का सिद्धार्थ कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। 
 
कार्कीले रुपन्देही घर भएका प्रकाश कार्कीलगायत छजना विद्यार्थीलाई भूकम्प पीडित कोटामा अमेरिका जान प्रतिव्यक्ति रु चार लाखभन्दा बढी खर्च नलाग्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। 
 
प्रहरीका अनुसार कार्कीले प्रवेषाज्ञा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिने भन्दै प्रकाश कार्कीबाट ७६ हजार ५००, मदन पोख्रेलबाट एक लाख ५० हजार गरी छ जनाबाट रु दुई दुई लाख ७८ हजार लिई सम्पर्कविहीन भएका थिए। 
 
पीडितले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि महाशाखाबाट खटिएको टोलीले कार्कीलाई काठमाडौँ मूलपानीबाट पक्राउ गरी आज सर्वजनिक गरेको हो। रासस

0 comments:

Post a Comment