सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात,हुन्डी कारोबार अवैध बसोबास गर्नेहरुलाई फर्काइएको हो । सहकर्मीलाई छुरा हानी घाइते बनाएको एक नेपालीलाई उपचार खर्चवापत करिव १ करोड वन तिराई नेपाल पठाइएको छ । कारोबार दैनिकमा समाचार छ ।
सिन्धुलीका एक युवक महिलामाथि यौन दुब्र्यवहार गरेको आरोपमा नेपाल फर्किएका छन् । खाने खाने समयमा ती युवकले कोरियन महिलाको संवेदनशिल अंग छोएको आरोप छ । त्यस्तै १६महिनाअघि आएका नवलपरासीका अर्का नेपाली कोरियन युवतीको फोटो खिच्दा नेपाल फिर्ता हुनुपरेको छ । उनले व्यस्त बजारमा मिनिस्कट लगाएकी युवतीको फोटो खिचेका थिए ।







0 comments:
Post a Comment