काठमाडौं , भदौ १७ । दस दिनदेखि आमरण अनशन गरिरहेका प्रा।डा। गोविन्द केसीले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म अनशन जारी रहने अडान दोहोर्याएका छन् । उनको उपचारमा संलग्न चिकित्सकहरूले कुनै पनि बेला भेन्टिलेटरसहितको सघन उपचार चाहिन सक्ने भएकाले अनशन स्थलसँगैको अर्को कोठामा भेन्टिलेटरलगायत अत्यावश्यक उपकरण र औषधि तम्तयार राखेका छन्। कान्तिपुर दैनिकमा समाचार छ ।
शिक्षण अस्पतालमा अनशनरत डा। केसीले गैरजिम्मेवार र असंवेदनशील सरकारु जनताको आवाज सुन्न बाध्य हुने बताएका छन् । हाल सरकारले माफियाको हितमा जुन काम गरिरहेको छ, यही आन्दोलनले जनताको हितमा काम गर्न बाध्य हुनेछ, उनले भने, जनदबाबका अगाडि तानशाहहरू ध्वस्त भएका छन् भने नेपालीको स्वास्थ्य शिक्षा र सेवासम्बन्धी नैसर्गिक अधिकारको हितविपरीत काम गर्नेहरू कति दिन टिक्न सक्छन्
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment