Wednesday, September 2, 2015

संघीयताले लियो २४ जनाको ज्यान



काठमाडौं , भदौ १७ । सीमाकंनसहितको ६ र ७ प्रदेश घोषणा भए यताका आन्दोलनमा २४ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, आन्दोलनकारी र १ नाबालक गरी २४ जनाको मृत्यु भएको हो ।

साउन २४ गतेदेखि यता आन्दोलनमा प्रहरी र सशस्त्र प्रहरी बलका १ सय ९० र आन्दोलनकारीतर्फ १ सय ९५ जना घाइते भएका छन् । गृहमन्त्रालय मा अनुसार अहिलेसम्म प्रहरी र आन्दोलनकारी गरी २४ जनाको मृत्यु भएको छ ।

जुम्लामा १, सुर्खेतमा ३, सप्तरीमा १, रुपन्देहीमा १, कैलालीमा ९, नवलपरासीमा २, पर्सामा ५, बारामा १ र रौतहटमा १ जनामो मृत्यु भएको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।



0 comments:

Post a Comment