Thursday, June 9, 2016

जव तारामण्डलमा यस्तो आवाज सुनियो


काठमाडौं, २७ जेठ । वैज्ञानिकहरुले सौर्यमण्डलमा रहेको ‘एम४’ तारामण्डलमा रहेको ताराले निकालेको अनौठो आवाजलाई डिटेक्ट गरेका छन् ।
बेलायतको बर्मिङघम विश्वविद्यालयका वैज्ञानिकले सबैभन्दा पुरानो तारमण्डल ‘एम४’ मा रहेको एउटा ताराले निकालेको ध्वनीलाई डिटेक्ट गरेका हुन् । कम्युटरमा समस्या आउँदा निस्कने जस्तो उक्त आवाजलाई डिटेक्ट गरेपछि तारामण्डलको अध्ययन गर्न सजिलो हुने उनीहरुले बताएका छन् ।

प्राध्यापक बिल च्यापलिनले भने, ‘ पुरातत्वविद्ले जमिन खनेर विगतको मानव इतिहासलाई बुझ्न सके झैं उक्त आवाजको मद्दतले हामीले पनि तारामण्डलको इतिहास बुझ्न सक्दछौं ।’
त्यस्तै अर्का वैज्ञानिक एन्ड्रयु मिगलियोले अध्ययन गरिएको तारामा हाम्रो तारामण्डल उत्पत्ति भएदेखिका अवशेष रहेको बताएका छन् । उनले भने, ‘ हामीले अध्ययन गरेको तारामा तारामण्डल बनेदेखिका अवशेष रहेका हुनाले अन्य तारामण्डलको रहस्य खोल्न सफल हुने आशा लिएका छौ ।’

0 comments:

Post a Comment