Monday, June 13, 2016

सांकेतिक भाषामा बलात्कृत महिलाले भनिन्, ‘१० जना सशस्त्र पालैपालो ममाथि चढे’


३२ जेठ, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार भएको छ । भैंसी चराउँदै करिब ७ बजे साँझ जबई खोलामा पानी खुवाउन गएकी ३५ वर्षीया चौधरी महिला आइतबार बलात्कृत भएकी हुन् ।
उनको अवस्था गम्भिर छ । सोमबार साँझसम्म पनि उनी अर्धचेत अवस्थामा छिन् । टाउकामा गम्भीर चोट लागेको छ । शरीरभरी दाँतले टोकेका डाम छन् ।हातखुट्टामा रसीले बानेको जस्ता देखिने छाप छन् । रक्तस्राव रोकिएको छैन । आइतबार साँझ नै आफन्तले उपचारको लागि लुम्बिनी अस्पताल ल्याएका थिए । कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार भएको छ । भैंसी चराउँदै करिब ७ बजे साँझ जबई खोलामा पानी खुवाउन गएकी ३५ वर्षीया चौधरी महिला आइतबार बलात्कृत भएकी हुन् ।

उनको अवस्था गम्भिर छ । सोमबार साँझसम्म पनि उनी अर्धचेत अवस्थामा छिन् । टाउकामा गम्भीर चोट लागेको छ । शरीरभरी दाँतले टोकेका डाम छन् ।हातखुट्टामा रसीले बानेको जस्ता देखिने छाप छन् । रक्तस्राव रोकिएको छैन । आइतबार साँझ नै आफन्तले उपचारको लागि लुम्बिनी अस्पताल ल्याएका थिए ।बलात्कारमा चन्द्रौटामा रहेका विन्दावासिनी गणका १० जना सशस्त्र प्रहरी संलग्न भएको महिलाले सांकेतिक भाषामार्फत आफन्तलाई बताएकी छिन् ।‘हातखुट्टा बाँधेर १० जनाले पालैपालो बलात्कार गरे,’ उनको बोली उद्वृत गर्दै भाउजू रामदुलारी चौधरीले भनिन्, ‘नमानेपछि टोक्ने, ढुंगामा ठोक्ने र कुट्ने पनि गरेका थिए रे ।’ महिला राति घिस्रिदैँ नजिकैको न्यौपाने थरका छिमेकीको घरमा आएर गुहार मागेकी थिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments:

Post a Comment