Monday, June 13, 2016

निर्देशक बन्न क्यामेरा ,इडिट र एंगल को ज्ञान हुन जरुरी छ- निर्देशक तथा कलाकार युबराज खत्री


३२ जेठ, काठमाडैं । नाम सुन्ने बितिकै कतै सुने जस्तो र कतै देखे जस्तो लाग्ने नाम हो युबराज खत्री। सिन्धुपाल्चोक जिल्ला धुस्कुन -२ मा जन्मनु भएका युबराज २०६५ साल देखि यो क्षेत्रमा मरी मेटेर लाग्नु भएको छ । २०६५ सालमा थामी भाषाको चलचित्र आफै निर्माण गरी। यो क्षेत्रमा प्रबेश गर्नुभएको हो। अहिले उहा निर्देशन /छायांकन / सम्पादन र एक कुसल कलाकार पनि हुन। बहु प्रतिभाको धनि खत्रीले अहिले सम्म ५०० जति म्यूजिक भिडियो,५ चलचित्र ,सर्ट मुभि ४५० जतिमा सम्पादन गरी सक्नु भएको छ भने

उहाले निर्देशन गर्नु भएको चलचित्र टेण्डर हाल पोस्टमा रहेको छ। सूरज चापागाईं "बांद्रे " ले निर्देशन गर्नु भएको चलचित्र "मेरो स्कूल " लगायत एक दर्जन जति चलचित्रमा मुख्य सह -निर्देशन गर्नु भएको छ भने थुप्रै सर्ट मुभि ,सीरियल,चलचित्रमा अभिनय समेत गर्न भ्याउनु भएका उहाले धेरै जसो म्यूजिक भिडियो आफै निर्देशन / छायांकन र सम्पादन आफै गर्नुहुन्छ। एक्सन फिल्मस प्रा लि का संचालक समेत रहेका खत्री हाइलाइट खबर डट कम का संपादक समेत हुन।

यति धेरै बिधा किन अपनाउनु भयो भन्ने हाम्रो प्रस्नमा खत्री भन्छन यी सबै एक अर्कामा परिपूरक छन। निर्देशक बन्न क्यामेरा ,इडिट र एंगल को ज्ञान हुन जरुरी छ तेस्तै छायांकन गर्दा सम्पादन र एंगल को ज्ञान हुन जरुरी छ। यी सबै एक अर्कामा परिपूरक छन तेसैले म सबै काम गर्छु रत मलाई हरेक काम गर्न सजिलो भएको छ। हाल चलचित्र र म्यूजिक भिडियो छायांकन तथा सम्पादनमा ब्यस्त रहनु भएको छ। बहु प्रतिभाको धनि युबराज खत्रीको हरेक काममा सफलता मिलोस हाम्रो पनि शुभकामना।

0 comments:

Post a Comment