Sunday, June 12, 2016

इन हाउस क्रियशनले मौलिक सम्पदा, संस्कार र संस्कृति जोगाउन गर्ने भयो वृहत सांस्कृतिक कार्यक्रम


३१ जेठ, काभ्रे  । जिल्लाको ऐतिहासीक नगरी पनौतीमा प्रत्येक बर्ष लाग्ने पनौती जात्रा ज्यापुन्ही, हिले जात्रा रथ जुधाउने जात्रा जेष्ठ शुक्ल पुर्णीमा सम्म चल्दछ  । उन्मत भैरब, भद्रकाली र इन्द्रेश्वर महादेवको रथ एक आपसमा ३, ३ पटक जुधाएर एक आपसमा अविर छर्केर मनाइने पनौती जात्राको छुट्टै महत्व छ। 
आज जताततै सांस्कृतिक अतिक्रमण बढेको बेला युवा पुस्तामा आफ्नै मौलिक सम्पदा, संस्कार, संस्कृति जोगाउन र यसको महत्व बढाउने कार्यमा टेवा पुर्याउने उद्देश्यले इन हाउस क्रियशनले एक दिने वृहत सांस्कृतिक कार्यक्रम गर्ने जानकारी सांस्कृतिक कार्यक्रम संयोजक दिनेश लामाले जानकारी गराएका छन् ।

 जहाँ सरकारी विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण  कार्यक्रम  पनि रहेको छ । चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति पस्कने पनि जानकारी प्राप्त भएको छ ।   ऐतिहासिक, प्राचिन कथन रहेको पनौती जात्राको अवलोकन यसपाली चर्चित कलाकारहरुले पनि गर्ने भएका छन् ।

0 comments:

Post a Comment