Sunday, June 12, 2016

अनमोल केसी बने सबैभन्दा महंगा नायक (भिडियो)


३१ जेठ, काठमाडौं । नेपाली नायक अनमोल केसीले २० लाखमा चलचित्र हस्ताक्षर गर्दै नेपालका सबैभन्दा महंगा नायक बनेका छन् । आईतवार उनले सुवास इन्टरटेनमेन्ट र सुपर काजोल फिल्मसले
बनाउने चलचित्र ‘कृ’को लागि हस्ताक्षर गर्दै नेपाली चलचित्रको इतिहासमा नै महंगो पारिश्रमिक लिने नायक बनेका हुन् । लण्डनमा छायांकन हुने यो चलचित्रको लगानी करिव डेढ करोडको हुनेछ । सुरेन्द्र पौडेलले चलचित्र ‘कृ’को निर्देशन गर्नेछन् । ‘कृ’को पटकथा सुरेन्द्र पौडेल र आशिष रेग्मीले लेखेका छन् । यो चलचित्रमा सुवास इन्टरटेनमेन्टको तर्फबाट सुवास गिरी र सुपर काजोल फिल्मसबाट भुवन केसीले लगानी गर्नेछन् भने श्री पराजुली सह-निर्माता तथा कमल गिरी कार्यकारी निर्माता रहनेछन् । भिडियो:

0 comments:

Post a Comment