Monday, June 13, 2016

६ लाखमा बेचिएकी किशोरीको दर्दनाक कथाः बच्चै छु, ‘यस्तो काम नगर्नुस् भन्दा पनि छोडेनन्…’


काठमाडौं–१८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन् ।
‘प्लस टु अध्ययन गर्दागर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्,’ बेचिएकी ती युवतीले भनिन् । काभ्रे पाँचखाल नगरपालिका–११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल वैशाख २० गते घरबाटै फकाएर दिल्ली पुर्याएका थिए ।
‘आफू बेरोजगार रहेकाले आफन्तहरुलाई जागिर खोजिदिन भनेको थिएँ, जागिर राम्रो छ, कमाई राम्रो छ विदेश जानुपर्छ भन्दै उनीहरुले नै निशुल्क पासपोर्ट बनाइदिए । पीडितले भनिन्, ‘पासपोर्ट बनाएको कुरा घरमा बुबा आमालाई समेत थाहा दिएको थिइनँ ।’ कक्षा ११ को अध्ययन गर्दैगर्दा आफन्त नाता पर्नेले उनलाई ललाईफकाई गरी भारतसम्म पुर्याई बिक्री गरेर फर्किएका थिए ।
भारत हुँदै अबुधावी पुर्याएकी उनलाई घरेलु कामदारको रुपमा एक अरबीको घरमा राखिएको थियो । घरेलु कामदारका रुपमा राखिएकी बालिकालाई घरका मालिकले अभद्र व्यवहारमात्रै गरेनन् दैनिक शारीरिक शोषण गर्न थाले ।
‘बच्चै छु, यस्तो काममा मलाई नलगाउनुस्, म सक्दिँन भन्दा पनि उसले मानेन, युवतीले भनिन्, ‘तँलाई ६ लाख रुपैयाँमा किनेर ल्याएको पूजा गर्न होर ?’ खान लगाउन समेत नदिइकन एकोहोरो शोषण मात्रै गरेपछि बालिकाले भाग्ने प्रयास गरिन तर सफल भइनन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
करिब एक महिनापछि राति घरमा कोही नभएको मौका छोपी उनी अरबीको घरबाट त भागिन् तर जाने ठाउँ कहीँ भएन । २०७१ असोजमा नेपाली दूतावासको शरणमा पुगेकी उनलाई सिन्धुपाल्चोक समाजले सहयोग रकम संकलन गरेर पठाएपछि २०१४ डिसेम्बर १९ मा उनी बल्ल नेपाल फर्कन सफल भइन् ।

0 comments:

Post a Comment