Monday, June 13, 2016

संसदमा सशक्तरुपमा प्रस्तुत हुने कांग्रेसको तयारी


३२ जेठ, काठमाडौं । सरकारले पुनर्निर्माणको काममा ढिलाई गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा सशक्तरुपमा आवाज उठाउने तयारी गरेको छ  संसदमा कसरी प्रस्तुत हुने भनेर छलफल गर्न कांग्रेसले मंगलबार भूकम्प प्रभावित जिल्लाका सांसद र जिल्ला सभापतिहरुको संयुक्त बैठक आह्वान गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार विहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठक आह्वान गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
भूकम्प प्रभावित क्षेत्रमा सरकार तथा पुनर्निर्माण प्राधिकरणले हालसम्म गरेका वा नगरेका कामकाजका बारेमा छलफल गरी संसदमा प्रभावकारी रुपमा आवाज उठाउने उद्देश्यले बैठक आह्वान गरिएको जोशीको भनाइ छ ।

0 comments:

Post a Comment