Monday, June 13, 2016

भाइरसको खतरामा नेपाली कम्युटर : एसियामा चौंथो स्थानमा


नेपालका कम्युटरहरु भारइसको खतरामा रहेको माइक्रोसफ्ट एसियाले गरेको अध्ययनले देखाएको छ । मालवेयर इन्फेक्सन इन्डेक्स २०१६ का अनुसार नेपाल भाइरसको खतराको दृष्टिले एसियामा चौंथो स्थानमा रहेको छ ।

पहिलो स्थानमा पाकिस्तान पहिलो स्थानमा रहेको छ भने इन्डोनेसिया, बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यी देशहरुमा औसतामा ४० प्रतिशतभन्दा बढी कम्प्युटरहरु भाइरसको चपेटमा रहेका छन् । विश्वको औसत भने २०.८ प्रतिशत रहेको छ । सन् २०१५ मा यो १७.६ प्रतिशत रहेको थियो ।
भारत आठौं स्थानमा रहेको छ भने चीन चौधौं स्थानमा रहेको छ ।
माइक्रोसफ्ट प्रोटेक्सन सेन्टर (एमएमपीसी) र माइक्रोसफ्ट सेक्युरिटी इन्टिलिजेन्स रिपोर्टको आधारमा उक्त तथ्याङ्क गत जुन ७ मा सार्वजनिक गरिएको हो ।
कम्प्युटरमा सबैभन्दा बढी देखिएका भाइरसमा गामाउरे, सिकेया र पल्स रहेका छन् ।

0 comments:

Post a Comment