Monday, June 13, 2016

के तपाईलाई थाहा छ कलमकाे बिर्काेकाे टुप्पाेमा ‘प्वाल’ हुने कारण ?


काठमाडौं,  ३१ जेठ । जुनकुनै यूगमा पनि पेनको भूमिका एकदमै महत्वपुर्ण हुने गरेको पाइन्छ । तर, अहिले कम्प्युटरले यसको प्रयोग बिस्तारै कम हुँदै गएको छ । तर तपाईले कहिल्यै सोच्नुभएको छ, प्रायःपेनको बिर्कोमा अर्थात टुप्पोमा एउटा प्वाल किन हुन्छ ?

एक अवधारणा अनुसार, कलमको रिफिलको मसी नसुकोस् भन्नाको लागि पेनको टुप्पोमा प्वाल राखिने प्रचलन रहेको छ । तर यो भनाइलाई नमान्न पनि सकिन्छ, किनकी यो तथ्य मसी सुुक्ने र नसुक्नेसँग मात्र सम्बन्धित छ ।

यस सम्बन्धित अर्को अवधारणा पनि रहिआएको छ, प्वालले पेन बन्द हुँदा र खुल्दा हावा सञ्चालन गराउँदछ र मसीलाई सामान्य अवस्थामा ल्याउँछ । यो सब बिर्को खुल्ने र बन्द हुने पेनका लागि मान्य हुन्छ । घुमाएर बन्द हुने पेनका लागि भने यो मान्य हुँदैन ।
पेनको टुप्पोमा प्वाल किन राखिएको भन्ने विषयमा अनेकन धारणाहरु प्रस्तुत हुने गरेको भएपनि यसको खास कारण भने अर्कै छ ।
यो हो मुख्य कारणः
खासगरी बच्चा तथा अरु मानिसहरु पेन मुखमा हाल्ने बानीका कारण त्यसले मुखमा घोचेर असर गर्छ अथवा घातक हुनसक्छ । यदि मुखमा हाल्ने बानीका कारण झुक्किएर निलेमा त्यसमा हुने प्वालका कारण हावा बहन राम्रोसँग हुन्छ र भारी असर गर्दैन अन्यथा मानिसको ज्यान पनि जान सक्छ । त्यसका साथै त्यसमा हुने मसी बाहिर नआओस् भन्नका लागि पेनको ढकनीमा प्वाल राख्ने प्रचलन छ ।

यसैकारण पेन बनाउने कम्पनीहरुले पेनको बिर्कोको टुप्पोमा प्वाल राख्दै आएका छन् । जसकारण कोही बच्चाले भुलेर निलेमा केहीहदसम्म भएपनि खतरा कम हुनेछ । अहिले भने पेनको दुबै भागमा प्वाल राख्ने गरिएको छ ।

0 comments:

Post a Comment