Monday, June 13, 2016

केविका र प्रताप ले जिते बेग्लै दुनिया मा अवार्ड


काठमाडौँ, ३१ जेठ । यु एस खबर अनलाइन को प्रस्तुती र Expert Education & Visa Services को प्रायोजन मा Apsaraaz Event ले व्यवस्थापन गरेको दुनिया बेग्लै छ अब नेपाल नाच्दै छ all Nepal Cover Dance Competition 2016 को GRAND FINALE हिजो आइतवार बागबजार को होटेल हार्दिक मा सम्पन्न भएको छ। जसमा वरिष्ठ नृत्य निर्देशक एवं चलचित्र निर्देशक राजु शाह प्रमुख अतिथि को रूपमा उपस्थित हुनुभएको थियो भने यस प्रतियोगिता मा स्पेसल आइकन जज चर्चित नायक गजित बिस्ट र चर्चित नायिका निश्मा घिमिरे रहेका थिए भने अन्य निर्णायकहरुमा चर्चित नृत्य निर्देशक राम के सी, चर्चित कोरिओग्राफर दिपेन्द्र शाही ठकुरी र गम्भीर बिस्ट रहेका थिए।
आइतबार राजधानीमा आयोजित ग्राण्ड फिनालेमा केबिका खत्री र प्रताप सुनुवार ले पहिलो अवार्डका साथै नगद ५० हजारमा प्राप्त गरे । ‘युएस खबर अनलाइन’ मिडियाले देशभरको प्रतियोगीलाई समेटर आयोजना गरेको ‘दुनियाँ बेग्लै छ’ मा अन्तिम स्पर्धामा पुगेका १२ जोडीमध्ये उत्कृष्ट चार छनोट गरिएको थियो । प्रतियोगितामा लक्ष्मी श्रेष्ठ र रीना तामाङ दोस्रो भए भने अजय चौधरी र रविना तामाङ तेस्रो भएका छन् । उनीहरुले क्रमशः अवार्डसहित नगद २५ हजार र १० हजार पाए ।त्यस्तै यस्तो आधुनिक गीत मा भारत नात्त्यम नृत्य प्रस्तुत गरेर मन्दिरा श्रेष्ठ र नेहा तामाङ्ग ले आउट स्टान्दिंग अवार्ड हात पार्न सफल भए।
अस्ट्रेलिया मा रहेका गायक समिर आचार्य र अमेरिका मा रहेकी गायिका निक्की कार्की गाएको गीत दुनिया बेग्लै छ अहिले अत्यधिक चर्चा मा रहेको छ।यस गीतमा धेरै कामहरु अनलाइन बाटै भएको छ संगै गीत गाए पनि गायक गायिका अहिले सम्म प्रत्यक्ष भेटेका छैनन्। निर्देशक प्रशन्न पौडयाल ले स्काइप बाटै निर्देशन गरे भने यो प्रतियोगिता पनि फेसबुक बाट भएको हो साथै उक्त कार्यक्रममा गायक समिर स्काइप बाट पुरै कार्यक्रम अवधिभर अनलाइन उपस्थित रहेका थिए।

0 comments:

Post a Comment