शुभसाइत कार्यक्रममा चलचित्रका कलाकार आर्यन अधिकारी, मरिष्का पोख्रेल र गौरी मल्लले सर्ट दिएर चलचित्रको औपचारिक सुरुवात गरिएको थियो । यस चलचित्रमा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसी लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहनेछ । शुभमुहुर्त कार्यक्रमको पूर्व राज्य मन्त्री देवेन्द्रराज कँडेल क्ल्याप ठोकेर, वितरक प्रदिप कुमार उदयले क्यामेराबमे स्विच अन गरेरे, नायक शिव श्रेष्ठले नरिबल फोडेर र मुहुर्त सटको नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठले निर्देशन गर्दै शुभारम्भ गरेका थिए ।
यस चलचित्रमा सुरज आचार्यको प्रोडक्शन डिजाइन, नवराज कृष्ण थापाको छायांकन, दिनेश वान्तवा मुख्य सहायक छायांकार, हिमाल केसी द्वन्द्व निर्देशक, रेनशा वान्तवा राईले नृत्य निर्देशकको जिम्मा लिएका छन् ।
त्यस्तै चलचित्रका गीतमा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको स्वर रहनेछ । सुरेश अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्रलाई अधिकारी ब्रदर्शको ब्यानरले द स्काई मुभिजसँगको सहकार्यमा निर्माण गर्न लागेको हो । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्नेछन् भने सत्यराज चौलागाई र प्रभात बाँस्कोटा सह-निर्देशनम रहनेछन् । चलचित्रको शुभमुहुर्त कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले चलचित्र ‘के म तिम्रो होइन र’ लभस्टोरी रहने जानकारी दिए ।







0 comments:
Post a Comment