Monday, September 14, 2015

कांग्रेस नेता बादलको हत्यामा संलग्न नौजना जेल चलान,



पोखरा, २९ भदौ । नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल बादल हत्याकाण्डमा संलग्न नौ जनालाई जिल्ला अदालत कास्कीको आदेशमा पुर्पक्षको लागि जेल चलान भएका छन् ।

लेखनाथ नगरपालिका–१ गगनगौडा निवासी बादलको गत साउन २८ गते राति पृथ्वीराजमार्गमा सांघातिक आक्रमण गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

बादल काग्रेसको संस्थापन र देउवापक्षधरवीचको बिबादबारे बार्ता गरेर फर्कँदै थिए । देउवापक्षधर उनलाई संस्थापन पक्षधरका कार्यकर्ताले बाटो ढुकेर आक्रमण गरेका थिए ।

प्रहरीले हत्यामा लेखनाथ–१६ घर भई गगनगौडा बस्ने ३१ वर्षीय राजु रानाभाट, खुदीका २५ वर्षीय विश्वास गौतम, तनहुँ थप्रेक–८ घर भइ लेखनाथ–१३ बस्ने ३० वर्षीय प्रकाश गुरुङ र कास्की सातमुहाने–८ घर भइ लेखनाथ १३ का बले भन्ने अशोक गुरुङ प्रत्यक्ष संलग्न रहेको जनाएको छ ।

कांग्रेसका स्थानीय नेता रामजी पौडेलको शव। तस्बिरस् प्रेम नेपाली
यसैगरी हत्याराहरुलाई लुकाउन र भगाउन सहयोग गरेको अभियोगमा नवलपरासी सुनवल–१ का ३१ वर्षीय भरत पौडेल, रुपन्देही सिद्वार्थ नगरपालिका–१ वेलहिया घर भइ वसन्तपुर बस्ने ३४ वर्षीय वीरेन्द्रकुमार रानामगरलाई पक्राउ गरेको थियो ।

त्यसैगरी स्याङजा बिचारी चौतारा घर भइ नवलपरासी गैँडाकोट–२ बस्ने २३ वर्षीय रविन क्षेत्री, नवलपरासी पिठौली–६ घर भइ गैंडाकोट–२ बस्ने ३४ वर्षीय मिनबहादुर घले र तनहुँ दुलेगौडाका ३५ वर्षीय चन्द्रबहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको अन्नपूर्णपोष्टले छापेको छ ।

0 comments:

Post a Comment