‘भेट साढे ७ बजेलाई तोकिएको थियो । तर, सन्चो नभएकाले प्रधानमन्त्री सिटामोल खाएर सुत्नुभएको छ, आउन सकिएन भन्ने जानकारी प्राप्त भयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘संविधान जारी हुने भएपछि राष्ट्रपतिले केही परिस्थतिमा प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्छ । प्रधानमन्त्री सल्लाहकार भएपछि निर्णय दिनुपर्छ ।
सोही विषयमा छलफल गर्नुपर्छ अनि सभामुखसँग भेट्दा सहज हुने थियो भन्ने हो ।’ राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट तय भएको तर नगएको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको छ । ‘संविधानका केही विषयमा राष्ट्रपतिको कन्सर्न छ । त्यसैले केही विषयमा कुराकानी गर्न खोज्नुभएको होला । उहाँहरूबीच टेलिफोन संवाद भने भयो,’ स्रोतले भन्यो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
संविधान जारी गर्ने निम्तो दिन सभामुख सुवास नेम्वाङले सोमबार राष्ट्रपतिलाई भेट्ने योजना बनाएका थिए । तर, राष्ट्रपतिले पहिले प्रधानमन्त्रीसँग भेट्ने चाहना राखेपछि सभामुखसँगको भेट मंगलबार बिहानलाई सारिएको छ । सभामुखको भेट शीतलनिवासले मंगलबार बिहान ९ बजेलाई तय गरेको छ ।







0 comments:
Post a Comment