Monday, June 6, 2016

सुत्नु अगाडी हरेक जोडीले गर्नुहोस् यी ५ काम जसले…


विहेको केहीसमयसम्म त सबै सामान्य नै रहन्छ । तर अचानक केही त्यस्ता समस्याहरु आउँछन्, जसले वैबाहिक जीवनमा नकारात्मक असर पुर्याउछन् । कतिपयले सुत्नु अगाडी जीवनसाथीलाई समय नदिने बानीका कारण पनि पति–पत्नीको बीच डिभोर्स हुने अवस्था आउँछ । सबै ठाँउको आ–आफ्नो नियम हुन्छ । त्यस्तै बेडरुममा पनि केही कुराको विषेश ध्यान दिनुपर्छ । कतिपय अन्जानमा भएको गल्तीले सम्बन्धमाथि ठूलै धक्का पर्न जान्छ । यी नियम को पालना गरेमा तपाईको वैबाहिक जीवनमा एक नयाँ आयाम दिनसक्छ ।

१.यदि दुवै जनाको सुत्ने समय अलग–अलग भएमा सबैभन्दा पहिले यो बानी सुर्धानुहोस् । तपाईहरु दुवैजना सँगै सुत्न कोशिस गर्नुहोस् । यस्तो नहोस् कि एउटा निदाउने अर्को काममा व्यस्त हुने ।
२.सुत्नुभन्दा अगाडी हातमा मोबाइल लिने बानी हटाउनुहोस् । अझ सकेसम्म बेडरुममा टिभी नराख्दा राम्रो । सक्नुहुन्छ भने म्युजिक प्लेयर राख्नुहोस् र मधुर आवाजका साथ मजा लिनुहोस् । सुत्नुभन्दा पहिलेको समय ल्यापटप, टिभी र मोबाइलमा बिताउनुभन्दा आफ्नो जीवनसाथीसँग बिताएमा सम्बन्ध सुमधुर हुन्छ ।
३.एकले अर्कालाई पुरै ध्यान दिनुहोस् र तारिफ गर्नुहोस् । सानो–सानो प्रशंसा नै तपाईको जीवनसाथीलाई एकदम खुसी बनाउने छ । सुत्नु अगाडी आफू उनको लागि महत्वपूर्ण भएको महशुस गराउनुहोस् । यस्ता कुराहरु सकेसम्म दिनहुँ गरेमा एक–अर्काप्रति विश्वास बढ्नेछ ।
४. धेरै बेरसम्म एक–आपसमा कुराकानी गर्नुहोस् । फरक–फरक तरिकाले माया दर्साउनुहोस् । छोएर, तारिफ गरेर अथवा मनका भावना साटेर प्रेम अभिव्यक्त गर्नुहोस् ।
५.तपाई आफ्नो जीवनसाथीलाई सुत्नुपूर्व गुडनाइट किस दिन नभुल्नुहोला । यी कुराहरुले तपाईको जीवनलाई सकारात्मक बाटोतर्फ डोर्याउन बल पुर्याउँछ ।

0 comments:

Post a Comment