Monday, June 6, 2016

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन


२५ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ ।
राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ ।

ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल  भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।
खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो । र, आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो ।
गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जीलिङमा भएको थियो । उनले १९६१ मा नौलाख तारा नामक गीत रेकर्ड गराए ।

0 comments:

Post a Comment