यसअघि थरुहट र थारुवान बन्द आजसम्मका लागि तय गरिएको थियो । उता कैलालीको दङ्गाग्रस्त क्षेत्रमा स्थानीय प्रशासनले विगत १० दिनदेखि लगाउँदै आएको अनिश्चितकालीन कफ्र्यु खुकुलो पार्दै लगेको छ । आज दङ्गाग्रस्त क्षेत्रमा ४ घण्टाका लागि कफ्र्यु हटाइयोे ।
विहान ७ बजेदेखि ११ बजेसम्म कफ्र्यु हटाइएपछि त्यो समयभित्र अधिकाँश पसलहरू खुलेका थिए भने किनमेल गर्नेको भीडभाड लागेको थियो । यसैबीच आन्दोलनका क्रममा आगजनी र तोडफोड भएकाहरुलाई आफ्नो क्षतीको विवरण सहित इलाका प्रशासन कार्यालय टीकापुरमा निवेदन दिन प्रशासनले पीडितहरुलाई आग्रह गरेको छ ।







0 comments:
Post a Comment