Wednesday, June 8, 2016

व्यापारीको मृत्युको शोकमा ताप्लेजुङ बजार बन्द


२६ जेठ, ताप्लेजुङ । मंगलबार घरमै मृत फेला परेका व्यापारीको शोकमा उद्योग बाणिज्य संघले आज ताप्लेजुङ बजार बन्द गराएको छ । संघले उनको हत्या भएको दावी गर्दै निश्पक्ष छानविनको मागसमेत गरेको छ ।
उद्योग वाणिज्य संघ ताप्लेजुङले फुरुम्बु १ निवासी ४२ वर्षीय व्यापारी लालबहादुर खड्काको शोकमा आज एक दिन ताप्लेजुङ बजार बन्द गर्ने निर्णय गरेको संघका सचिव राम कुमार कार्कीले जानकारी दिए ।
व्यापारी खड्का मंगलबार विहान फुरुम्बु स्थित आफ्नै घरमा मृत फेला परेका थिए । उनको घाँटीसहित शरिरका विभिन्न भागमा छुरीको चोट र निल डाम देखिएकाले प्रहरीले हत्या भएको हुनसक्ने अनुमान गरेको छ । उद्योग बाणिज्य संघ ताप्लेजुङले पनि बिज्ञप्ति जारी गर्दै उनको हत्या भएकोले संगलग्नको खोजी गरी कार्बाहीको माग गरेको छ ।

यता मृतक खड्काको शव पोस्टमारु्टम पछि आज विहान परिवारलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ । घटना र शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने र हत्यामा संलग्नको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख इन्स्पेक्टर शैलेन्ऽकुमार यादवले बताए ।
व्यापारी खड्का अलैँची तथा किराना पसल सञ्चालक थिए । उनी सदरमुकाममा परिवारसहित बस्दै आएका थिए भने फुरुम्बुमा पनि उनको पसल थियो । अलैचि गोड्न साथै पसलको सामान लिएर सोमबार फुरुम्बा गएका खड्का मंगलबार घरमै मृत फेला परेका थिए ।
घर भित्रबाट चुकुल लगाई खड्काको हत्या गरी हत्यारा भ\mयालबाट फरार भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थल सदरमुकामदेखि करीव पाँच घण्टाको पैदल दुरीमा पर्छ । घटनाको अनुसन्धानका लागि प्रहरीले अहिलेसम्म कसैलाई पक्रेको छैन ।

0 comments:

Post a Comment