Wednesday, June 8, 2016

वर्षाले रु दुई करोडको क्षति


बनेपा, २६ जेठ । एक साताअघि बनेपामा परेको वर्षाका कारण विभिन्न बालीमा रु दुई करोडभन्दा बढीको क्षति भएको छ । 

कृषि सेवा केन्द्र बनेपाका अनुसार धान, मकै, तरकारी बालीमा ठूलो क्षति भएको छ । वर्षाले बनेपा नगरपालिकाको दुई हजार १५० रोपनी क्षेत्रफलको मकै, धान, मूला, काउली, बन्दागोभी, रायो, सागलगायतमा क्षति पु¥याएको छ । 

यस्तै उग्रचण्डी गाविसको एक हजार २७५ रोपनी क्षेत्रफलको धान, मकै, तरकारी बालीमा समेत क्षति पुगेको कृषि सेवा केन्द्रका प्रमुख सूर्यदेव यादवले जानकारी दिनुभयो । “बाली पुरिएको छ, कतिपय ठाउँमा जमिन कटान भएको छ,” उहाँले भन्नुभयो । 

त्यस्तै बनेपास्थित तरकारी बजारमा वर्षाले ठूलो क्षति पु¥याएको छ । बाढीले बिक्री गर्नका लागि राखिएका करेला, रामतोरिया, खुर्सानी, काउली, बन्दागोभी, बोडी, घिउसिमी, मूला, सागपात, फर्सीलगायतका तरकारी बगाएको बताइएको छ ।

0 comments:

Post a Comment