Wednesday, June 8, 2016

पोखरामा अर्धनग्न अवस्थामा बेहोस भेटिएकी युवतीको मृत्यु


जेठ २६ गते- पोखराको रत्नचोक नजिकै बेहोस अवस्थामा अर्धनग्न अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ ।

पोखरा ७ रत्नचोकको जनप्रिय बहुमुखी क्याम्स नजिकै मंगलबार बिहान बेहोस अवस्थामा भेटिएकी अर्धनग्न युवतीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले बेहोस युवतीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगेपनि उपचार हुन नसेकेपछि मणिपाल लगिएको थियो । मंगलबार बिहान बेहोस भइ युवती लडेको देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले युवतीको घर गोरखा भएको र उनलाई उनको बलात्कारपछि पिटेर बेहोस पारिएको हुनसक्ने आशंका गरेको छ । 
पोखरामा यसअघि पनि पटक पटक युवतीहरुमाथि हत्यापछि बलात्कार घटना हुँदै आएका छन् । – तस्विरः यसअघि मृत भेटिएकी खिमा पुन

0 comments:

Post a Comment