Wednesday, June 8, 2016

बन्दमा नेपाल प्रहरीको निःशुल्क बस


२७ जेठ, काठमाडौं । नेपाल प्रहरीले यात्रुहरुको सुविधाका लागि बिहीबार निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

बन्दमा सार्बजनिक सवारीका साधन कम मात्र चलेपछि यात्रुहरुले दुःख पाएका बेला प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
दुई वटा रुटहरुमा साँझ ५ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको प्रहरीले जनाएको छ । उक्त सेवाको सदुपयोग गर्न प्रहरीले सबैलाई अनुरोध पनि गरेको छ ।

0 comments:

Post a Comment