Wednesday, June 8, 2016

विद्यालय निर्वाचनमा गोली चल्यो, ४ घाइते


जेष्ठ २७, रौतहटको धरहरी गाविस–८ मा विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयमा दुई पक्षबीच विवाद भई बुधवार राति भएको झडपमा गोली चल्दा चार जना घाइते घएका छन । जसमध्ये २ जनाको अवस्था गम्भीर छ ।
स्थानीय जयकिशन उच्च माविको व्यवस्थापन समितिको निर्वाचनपश्चात भएको मतगणना प्रक्रियाको क्रममा झडप भएको हो ।
झडपको क्रममा चलेको गोलीको छर्रा लागि धरहरी–५ का ४० वर्षीय रामबाबुप्रसाद चौधरी र सोही गाविस वडा–४ का ५५ वर्षीय टईट पण्डित घाइते छन् । अन्य २ जना घाइतेको नाम खुल्न नसकेको रौतहटका प्रहरी नायक उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
विद्यालयको अध्यक्ष पदका प्रत्यासी उम्मेदवार हृदयनारायण साह र रामबाबु चौधरी(कलवार) पक्षबीच मतपत्र थपघटको विषयलाई लिएर विवाद भएको स्थानीयले बताए । साह एमाले पक्षधर उम्मेदवार हुन भने चौधरी कांग्रेस पक्षधर उम्मेदवार हुन । घाइतेमध्ये गोलीको छर्रा लागेकाहरु साह पक्षधर हुन भने नाम उल्लेख नभएका २ जना घाइते चौधरी पक्षको भएको प्रहरीले जनाएको छ ।
मतपेटिकाबाट खसेको मतभन्दा २१ वटा मतपत्र बढी निस्केको भन्दै दुबै पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ । राति नै मतपेटिकालाई प्रहरीले सदरमुकाम गौर पुर्‍याएको थियो ।
स्थानीयका अनुसार झडपमा ५ राउण्ड भन्दा बढी गोली चलेको थियो ।

0 comments:

Post a Comment