Wednesday, June 8, 2016

डोजर पल्टिँदा चालकको मृत्यु


गौँडा (लमजुङ), २६ जेठ । पूर्वी लमजुङको गौंँडा–५ बूढीकोटमा डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ । 

गौँंडा–दूधपोखरी सडकखण्ड निर्माणको क्रममा बिहान १० बजे डोजर पल्टिँदा चालक इलाम जिल्ला ट्याङ–५ का ३४ वर्षीय सर्वेन्द्र थेवेको मृत्यु भएको हो । 


दुर्घटनामा डोजरका सहचालक सकुन लिम्बु थेवे घाइते भएका छन् । उनलाई उपचारका लागि बेंसीसहर ल्याउँदै गरिएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो । 

सडक निर्माणको क्रममा डोजर सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । रासस 

0 comments:

Post a Comment