Wednesday, June 8, 2016

कान्ति बाल अस्पतालको दुरावस्था


जेठ २६,काठमाडौँ– नेपालको जेठो अस्पताल कान्ति बाल अस्पतालमा आइसियु (सघन उपचार कक्ष) मा श्यया कम हुँदा थुप्रै बिरामी अन्य निजी अस्पतालमा जान बाध्य छन् ।
केही दिनअघि आफ्नो, छोरीको उपचर गर्न त्यहाँ पुगेकी मञ्जु शर्माले आइसियुमा श्यया नपाएपछि निजी अस्पतालमा गएर बच्चाको उपचार गरेको बताइन् ।kanti-bal
उनले भनिन्– “बच्चाको यहाँ जस्तो उपचार अन्त हुँदैन भनेर यहाँ ल्याएको तर आएसियुमा बेड नपाएर बाहिरका अस्पतालमा उपचारका लागि लानुप¥यो । बाहिर लग्दा उपचार चाहेजस्तेहुँ, त्यसमाथि महँगो पनि उत्तिकै हुन्छ ।”
कान्ति बाल अस्पतालमा १८ वटामा सघन उपचार कक्ष छन् । देशका विभिन्न स्थानबाट आकस्मिक कक्ष र बहिरङ्ग कक्षमा गरी झन्डै ७०० बिरामी बच्चा लिएर अभिभावक आउने गरेको बताउँछन् अस्पतलाका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेल ।
तीमध्ये १० प्रतिशत अर्थात् ७० जनालाई आइसियुको आवश्यकता पर्ने उनको अनुभव छ ।
उनका अनुसार आइसियुमा श्यया नपाएर दैनिक १० जना बिरामी अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । हाल अस्पतालमा नवजात शिशु अर्थात् २८ दिनसम्मको शिशु राख्नका लागि आठ वटा श्यया २८ दिनदेखि १४ वर्षसम्मका बच्चा राख्नका लागि छ वटा श्यया र शल्यक्रिया पछि राख्नका लागि चार वटा श्यया सघन उपचार कक्षमा छन् ।
अस्पतालका प्रशासकीय अधिकृत तथा व्यवस्था खरिद एकाइ प्रमुख टीकाराम ढकाल केही महिलाभित्रै सघन उपचार कक्षलाई ५२ श्ययाको बनाउन लागिएको बताउँछन् ।
उनले अहिले टेन्डर प्रक्रिया भई सामम्री खरिद प्रक्रियामा अगाडि बढेको जानकारी दिए । उनले भने– “अहिले सघन उपचार कक्षको पूर्वाधार र अस्पताल उपचार उपकरण समेत खरिद गर्ने कार्य भइरहेको छ । हामी पुनः महिनाबाट सेवा सञ्चालनमा ल्याउने गरी कार्य अगाडि बढाइरहेका छौँ ।”
अस्पतालका आर्थिक प्रशासन प्रमुख रामकृष्ण पन्थी त्यसका लागि चाहिने अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) पनि खरिदको अन्तिम चरणमा पुगेको बताए । उनले अस्पतालमा दैनिक ४० देखि ५० वटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको त्यसका लागि वार्षिक रु ६० लाखभन्दा बढी रकम खर्च भइरहेको जानकारी दिए ।
५२ श्ययाको सघन कक्ष सञ्चालनमा आएपछि भने १०० सिलिन्डर प्रयोग हुने भएकाले अस्पतालले अक्सिजन जेनेरेटर प्लान्ट खरिद गर्न लागेको अस्पतालले जनाएको छ ।
सो मेसिन ल्याएपछि अस्पतालमै १७० सिलिन्डर अक्सिजन उत्पादन हुने भएकाले बढी भएमा अन्य अस्पताललाई सुपथ मूल्यमा बिक्री गर्न सकिने छ ।

0 comments:

Post a Comment