Wednesday, June 8, 2016

सरकारद्वारा उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत


जेठ २६, काठमाडौं– सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको चीन भ्रमणलाई स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुनको चीन प्रमण स्वीकृत गरेको हो । पुन यही जेठ २८ गतेदेखि असार २ गतेसम्म चीनको औपचारिकमा जाँदैछन् ।

बैठकले दोस्रो जनआन्दोलमा घाइते भएकी झापाकी सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाई मन्त्रालय र सिंचाई मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा समेत गरेको छ ।

0 comments:

Post a Comment